Sunday, August 1जापानबारे सबै कुरा

यस्तो हुन्छ जापानमा गर्भपतनको बैधानिक प्रकृया

विश्वको जुनसकै कुनामा रहेका मानिस भएपनि गर्भपतन कसैका लागि पनि सुखद कुरा होइन । तर जापान जस्तो राष्ट्रमा त यो एक्दमै डरलाग्दो विषय हो । केही मानिसका लागि जापानमा गर्भवति हुनु राम्रो कुरा हो । कसैका लागि यो जापानमा आफ्नो नयाँ अध्यायको शुरुआत र अत्यधिक खुशीको स्रोत पनि हुन सक्छ । तर केहीका लागि भने अनिच्छित गर्भधारण आर्थिक कमजोरी, सामाजिक दबाब, स्वास्थ्य वा अन्य व्यक्तिगत कारणले त्यति सुखदायि नहुन पनि सक्छ । यस्तो समयमा तपाइका लागि विकल्पका उपाय पनि छन् । अनपेक्षित गर्भ रहेको समयमा के गर्ने भनेर सोधिएका म्यासेजहरु हामीलाई बेलाबेला आउँछन्, कतिपयले नेपालबाट ल्याइएका औषधीहरु खानेगरेको समेत भेटिएको छ । भाषाकै कारण समस्यामा परेका तथा कानूनी प्रकृया थाहा नभएका कारण अबैधानिक गर्भपतन गर्ने क्रियाकलापलाई रोक्नका लागि यो जानकारी तयार पारिएको हो । यो लेख तयार पार्नका लागि स्वास्थ्यसम्बन्धि जानकारी दिने विभिन्न अनलाइनहरु तथा जापानमा रहेका नेपाली डाक्टरहरुको सहयोग लिइएको छ । यो लेखलाई अगाडि पढ्नुभन्दा पहिले नै तपाई प्रष्ट हुनुपर्ने कुरा के भने हाम्रो उद्देश्य गर्भपतनलाई प्रसय दिनु नभई गर्नै परेको खण्डमा कानूनी तवरले, स्वास्थ्यलाई समस्या नहुनेगरि गर्भपतन गर्न चाहानेहरुका लागि सहज रुपमा सूचना पुर्याउनु मात्र हो ।

जापानमा स्वास्थ्यसम्बन्धी कुरा, बलात्कार वा शोषणबाट बसेको गर्भ र आर्थिक र सामाजिक दबाबका कारण गराउन चाहेको गर्भपतनलाई कानूनी मान्यता छ । एक बर्ष भित्रमा जापानमा १ लाख ६८ भन्दा बढि गर्भपतन भएको स्वास्थ्य मन्त्रालयको अभिलेख छ । कुनै कारणवश तपाइलाई पनि यो डरलाग्दो अवस्थाबाट गुज्रिनुप¥यो भने के के कुराको आधारभूत जानकारी राख्नुपर्ला र यसका लागि कसरी तयारी गर्ने भन्ने विषयमा आजको लेखमा जानकारी प्रस्तुृत गरिएको छ ।

पहिल्यै बुझ्न पर्ने कुरा

यदि तपाइ गर्भवति हो र तपाइलाई हाल त्यो बच्चा राख्नु छैन र गर्भपतन गराउनु छ भने ढीलो नगरी यसबारे कदम चालिहाल्नुपर्छ । जापानमा मेडिकल गर्भपतन (गर्भपतन गराउने पिल) उपलब्ध छैन । यहाँ सर्जरीबाट मात्रै गर्भपतन गर्न सकिन्छ । र यो ओब–जिन क्लिनिक्सहरुमा गरिन्छ । जापानमा तेस्रो त्रैमासिक अवधिसम्मको गर्भपतनलाई मात्रै काूननी मान्यता छ । त्यसपछि भने यदि आमाको स्वास्थ्यलाई खतरा छ भने मात्रै गर्भपतन गर्न दिइन्छ ।

प्राय जसो राष्ट्रमा गर्भपतनका लागि श्रीमान्को मन्जुरीको आवश्यकता पर्छ । तर सुन्दा अचम्म लाग्न सक्छ जापानमा भने यसका लागि पिताको अनुमति चाहिन्छ । पिताको मृत्यु भएको, वेपत्ता भएको बलात्कारका कारण गर्भ बसेको भए मात्रै पिताको विकल्प खोज्न सकिन्छ । यद्यपि क्लिनिकले वास्तविक पिताको पं्रमाणिकरण नगर्ने भएकाले आफ्नो वास्तविक पितालाई यसमा संलग्न गर्ने मन नभए आफ्ना पुरुष साथीलाई अनुमति पत्रमा हस्ताक्षर गर्नका लागि पनि भन्न सकिन्छ । क्लिनिकमा गर्भपतनको लागि अपोइण्टमेण्ट लिने बेलामा त्यहाँका कर्मचारीले त्यो अनुमति फाराम कहाँ पाइन्छ र अपोण्टमेण्टको दिनमा के के कुरा आफ्नो साथमा ल्याउनुपर्छ भन्ने बारे जानकारी दिन्छन् । यो फाराम अस्पतालको वेवसाइटबाट पनि डाउनलोड गर्न सकिन्छ ।

शुल्क

गर्भपतनमा लाग्ने खर्च जापानको राष्ट्रिय स्वास्थ्य बीमाले भरपाइ गर्दैन । त्यसैले यसमा लागेको सम्पूर्ण खर्च आफैंले बेहोर्नु पर्छ । पहिलो त्रैमासिक (जापानी प्रणाली अन्तर्गत १२ हप्ता सम्मको गर्भ) गर्भपतनका लागि करीब १ लाख येन खर्च लाग्छ । दोस्रो त्रैमासिक गर्भपतनको खर्च २ लाख येन वा अवस्थाको जटिलता हेरेर थप बढी पनि लाग्न सक्छ । यसबाहेक अस्पतालले आफ्नो सेवा शुल्क पनि यसमा जोड्छ ।

वास्तविक प्रकृया

पहिलो त्रैमासिक गर्भपतन आधा दिनमा नै सकिन्छ । तर क्लिनिक र तपाइको व्यक्तिगत अवस्थामा पनि यो निर्भर हुन्छ । एपोण्टमेण्टको दिन क्लिनिकमा गएपछि तपाइलाई एउटा छुट्टै कोठामा लगेर नर्सले तपाइका सम्पूर्ण कागजपत्र सहि भए÷नभएको निश्चित गर्छन र तपाइलाई सामान्य स्वास्न्यसम्बन्धी केही प्रश्नहरु सोधिन्छ । त्यसपछि प्रकृयाका लागि आवश्यक शुल्क लिएर तपाइलाई लुगा फेराएर डाक्टरसँगको भेटका लागि तयार गरिन्छ ।

डाक्टरको कोठामा पुगेपछि तपाइलाई आइभीमा राखिन्छ र औषधि दिएर एक देखि दुई घण्टा कुराएर राखिन्छ । त्यसपछि तपाइलाई एनेस्थेटिकमा राखिन्छ । प्रकृया पुरा भए्पछि केही समय छुट्टै कोठामा आराम गर्न लगाइन्छ । सर्जरी तपाइको रगत जान पनि सक्ने भएकाले आफ्नै स्यानिटरी प्याडहरु ल्याउन क्लिनिकले आग्रह गर्ने भएकाले यसको पूर्वतयारी गर्नु नै राम्रो हुन्छ । आगामी केही दिनसम्म खानका लागि अस्पतालले नै केही औषधी दिन्छन् र संक्रमणबाट बच्न गर्नु पर्ने उपायबारे पनि सल्लाह दिइन्छ । एक हप्तापछि पुनः एकपटक जाँचका लागि आउन पनि भनिन्छ । सर्जरी लगत्तै तपाइले सवारी साधन भने नहाँकेकै राम्रो । दोस्रो त्रैमासिकको गर्भपतन भने केही जटिल हुनुका साथै महङ्गो पनि पर्छ । यसमा अस्पतालमा धेरै समय बस्नुपर्ने र नवजातको मृत्यु प्रमाणत्र निकाल्ने र यदि आफूले चाहेको खण्डमा अन्तिम संस्कार पनि गर्न पाउने भएकाले यो सेवा महङ्गो पर्न गएको हो ।

क्लिनिक

टोकियोमा ओब–जिन क्लिनिकहरु छन् जहाँ गर्भपतनका सेवा उपलब्ध हुन्छ । केही क्लिनिकमा अंग्रेजी भाषा केही हदसम्म बोलिने भएपनि सबै कर्मचारी अंग्रेजी भाषा बोल्ने खालका हुँदैनन् ।
यदि अंग्रेजी भाषी ओब जिन फेला पार्न सकिएन भने मेडिकल अनुवादलाई पनि वैकल्पिक उपायका रुपमा लिन सकिन्छ जापान हेल्थ इन्फोले यससम्न्धी सेवा दिन्छ ।

मनोवैज्ञानिक सल्लाह

ओब जिनले गर्भपतनपछि हुने प्रभावलाई कम गर्न औषधीहरु त दिन्छ नै कतिपय अवस्थामा मनोवैज्ञानिक सल्लाह र सहयोगको पनि आवश्यकता पर्छ । गर्भपतनपछिका आफ्ना अनुभवहरु परिवारका विश्वसनीय सदस्य वा आफ्नो मन मिल्ने साथीलाई बाँड्दा पनि यसबाट राहत पाउन सकिन्छ ।

व्यक्तिगत अनुभव (टोकियो सेभ्भीमा प्रकाशित अनुभवको अनुवाद)

नाम नबताउने शर्तमा दुई महिलाहरुले जापानमा गर्भपतनसम्बन्धी आफ्नो अनुभव सुनाए । यहाँको गुणस्तरीय सेवाबाट दुवै महिलाले आफू सन्तुष्ट भएको बताए । उनीहरु अहिले आफू भौतिक र मानसिक रुपमै सो अनुभवबाट बाहिरिसकेको बताए ।

दुई मध्ये एक महिला गर्भपतन गरेकै दिन घर फर्केकि थिइन् । ‘त्यो एकदमै छिटो पुरा भयो, र मलाई एनेस्थेसिया दिएका कारण मैले पीडाको कुनै अनुभव त गरिँन, तर म बेहोश चाहिँ थिइँन । मैले गाडी चलाउन नमिल्ने भएकाले मलाई लिन मेरा मित्र आएका थिए । मलाई तीन दिन सम्म औषधी खान दिइएको थियो । रक्तश्राव रोक्नका लागि यो औषधी दिइएको थियो र संक्रमण हुने डरका कारण मलाई टयाम्पोन प्रयोग गर्न दिइएको थिएन । यो प्रकृया केही मङ्गो भएपनि यो एकदमै सफा र व्यावसायिक रुपमा सम्पन्न भएको थियो ।’ उनले आफ्नो अनुभव सुनाइन् ।


अर्की महिलाले आफू परिवार यति छिटो शुरु गर्न तयार नरहेको र उनको स्वास्थ्य अवस्थाले बच्चालाई असर पार्न सक्ने भएकाले उनले गर्भपतनको निर्णय गरेकी थिइन् । उनले सामान्य एनेस्थेटिकमा प्रकृया पुरा भयो । मलाइ क्लिनिक,अस्पताल वा कुनै पनि डाक्टरले गर्भपतन नगर्न भनेनन् । उनीहरु एकदमै सहयोगी र बुझने खालका थिए र मेरा पार्टनरले पनि मेरो निर्णयमा जे भएपनि त्यसमा आफ्नो साथ रहने वाचा दिएका थिए । यो प्रकृयामा करीब १ लाख ८० हजार येन खर्च लाग्यो । आर्थिक रुपमा त यो बोझ नै थियो तर अस्पतालले किस्ताबन्दीमा खर्च तिर्ने अनुमति दिएको थियो ।

अहिले पनि मैले मेरा स्वास्थ्यअवस्थाका लागि औषधी खाइरहेकी छु र मलाई मैले गरेको गर्भपतनको निर्णयप्रति कुनै पछुतो छैन । मेरो स्वतन्त्र विचार धारा भएको पारिवारिक पृष्ठभूमि र मेरी आमा पनि मेडिकल प्रोफेशनल नै भएका कारण मैले सानैदेखि आफ्नो स्वास्थ्यका लागि सहि हुने कुरा गर्ने अधिकार आफूलाई मात्रै रहेको भन्ने बुझ्दै आएको छु । कुनै कुनै बेला मलाई नराम्रो त लाग्छ, तर आफू तयार भएपछि सहि निर्णय गर्न सकिन्छ जस्तो मलाई लाग्छ ।’

गर्भपतनले आफूसँगै थुप्रै जटिल भावनाहरु पनि लिएर आउँछ । विदेशमा बसेर अनिइच्छित गर्भको सामना गर्नु थोरै डरलाग्दो छैन । तर सुरक्षित र कानूनी तरिकाले गर्भपतन गरिने विकल्पहरु पनि जापानमा छन् । सचेत रहनुपर्ने कुरा के भने यससँग जोडिएका थुपै्र सुखदायी घटनाहरु पनि छन् ।

यो पनि पढ्नुहोस्

जापानमा कण्डमको खरिदबारे थाहा पाइराख्नुस् यि कुराहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *