Wednesday, September 22जापानबारे सबै कुरा

सुन्दर छालाका लागि खानैपर्ने जापानी खानाहरु

प्राय जापानीहरु स्वास्थ्यको हेरचाहमा निकै ध्यान दिन्छन् । स्वास्थ्यबद्र्धक खानेकुरा खान्छन् । त्यसैले उनीहरुको छाला पनि निकै स्वस्थ्य र सुन्दर हुन्छ र लामो समय पनि बाँच्दछन् । आजको लेखमा जापानी परिकारमा पाइने सुन्दर छालाका लागि आवश्यक तत्वका बारेमा केही जानकारी दिने प्रयास गरिएको छ । जापानी महिलाको सुन्दरताप्रति माृेहित नहुने शायदै कोही होलान् । जापानी महिलाहरु सुन्दर र जवान छालाका लागि विश्वभर प्रख्यात छन् ।

हुन त जोसुकैको स्वास्थ्य र छालाको उचित स्याहारका लागि खानपानको भूमिका महत्वपूर्ण हुन्छ । जापानी महिलाको हकमा पनि सोही कुरा लागू हुन्छ । भनाइ नै छ तपाइले खाएको चिज अनुहार र छालामा झल्किन्छ । जापानीहरु क्यालोरी बढी भएका चिल्ला पिरो खानेकुरा खाँदैनन् । उनीहरु बढी मात्रामा भिटामिन र एण्टिअक्सिडेण्ट बढी ुहुने फलफुल धेरै खान्छन् । बर्गर र पिज्जा जस्ता बढी क्यालोरी हुने खानेकुरा उनीहरु खाँदैनन् । छाला सुन्दर राख्ने पाँच जापानी खानाका बारेमा यहाँ जानकारी प्रस्तुत छ ।

तोफू

तोफूमा प्रचुर मात्रामा प्रोटिन पाइन्छ । यसले छालामा डण्डिफोर लगायत अन्य समस्या आउन दिँदैन । तोफू थकित छालाका लागि पनि अचुक उपाय हो । यो सोय मिल्क र दहीबाट बनाइन्छ । यो स्वादिष्ट हुनुका साथै पौष्टिक पनि छ । यसलाई विभिन्न तरिकाले पनि खान सकिन्छ ।

ग्रीन टि

जापानीहरु सोडाजन्य पेय पदार्थ भन्दा पनि ग्रीन टी धेरै मनपराउँछन् । उनीहरु यसलाई केक, चकलेट, पेष्ट्रि जेमा पनि मिसाएर खान्छन् । ग्रीन टिमा पाइने एण्टिअक्सिडेण्ट, एण्टिइन्फ्लेमेटरी र एण्टिब्याक्टेरियल तत्वले जापानी छालाको सुन्दरता बढाउन महत्वपूर्ण योगदान दिइरहेको हुन्छ । यसमा एण्टिएजिङ पनि हुन्छ र ग्रिन टिको नियमित सेवनले छालालाई नोक्सानीबाट बचाउन सकिन्छ ।

सालमन

जापान माछाका परिकारका लागि पनि प्रख्यात छ । सालमन यहाँ विशेष रुचाइने माछामध्येको एक हो । माछा एक स्वास्थ्यबद्र्धक खाना हो । यसमा ओमेगा ३ हुन्छ जुन हाम्रो छाला र मुटुका लागि राम्रो हुन्छ । यसका साथै यसमा पाइने इण्टि इन्फ्लेमेटरी तत्वले छालाई घामको किरणबाट जोगाएर छालाको उपचारमा पनि सहयोग गर्छ । माछालाई काँचो वा पकाएर जुनसुकै तरिकाले खाएपनि यसले तपाइको छाला स्वस्थ्य राख्न सहयोग गर्छ । यसमा पाइने एण्टिअक्सिडेण्ट तत्वले छालालाई वातवरणीय प्रदुषणबाट पुग्ने हानीबाट बचाउँछ । सालमनमा पाइने ओमेगा ३–फ्याटी एसिडले छालामा चमक ल्याउन सहयोग गर्छ ।

एलो

एलो भन्ने शब्द सुन्नेवित्तिकै छालामा लगाउने तीतो एलोभेरा जेलको सम्झना आउँछ होला । यो छालाका लागि चामत्कारिक तत्व हो । तर जापानमा भने यसलाई बाहिरी रुपमा लगाउने मात्र नभई यसलाई खानेकुरा र पेय पदार्थमा पनि प्रयोग गरिन्छ । दही र डेजर्टमा एलो एकदमै प्रयोग गरिन्छ । एलोमा ९९ दशमलव ५ प्रतिशत पानी, ५ प्रतिशत मल्टिपल भिटामिन, मिनरल र एन्जाइम्सहरु हुन्छ । यसमा पानीको मात्रा बढी हुने भएकाले यसले छालालाई सुख्खा हुन दिँदैन । यसमा भिटामिन ए, सी र इको मात्रा बढी पाइन्छ । यसले छालासम्बन्धी प्राय सम्पूर्ण समस्याको निवारण गर्न सहयोग गर्छ ।

सिविड

सिविड जापानका अधिकांश प्रख्यात परिकारमा सिविडको प्रयोग हुन्छ । यसमा विभिन्न प्रकारका पोषक तत्व पाइन्छ जुन छालाका लागि विभिन्न प्रकारले लाभदायक हुन्छ ।

जापानी परिकारमा ताजा र सरल खानेकुरालाई बढी जोड दिइएको हुन्छ । माछा, तरकारी, सुप र भात यसमा पर्छन् । यी सबै सन्तुलनका कुरा हुन् । कुनै पनि परिकार धेरै नखाने र चीनी र नूनको मात्रा घटाएर छाला स्वस्थ्य र सुन्दर राख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *