Sunday, August 1जापानबारे सबै कुरा

जापानका हस्पिटलमा कुन रोगको उपचार कुन विभागमा हुन्छ ?

जापानी क्लिनिकहरु अर्थोपेडिक, सर्जरी र डम्र्याटोलोजी लगायतका विशिष्ट विभागमा विभाजित छन् । आफ्नो लक्षणअनुसार विरामीले कुुन विभागमा जाने भन्ने निर्णय विरामी आफैंले गर्नुपर्छ । प्राय हरेकको एउटा विशिष्ट उपचार विभाग हुन्छ । जापानका हस्पिटलहरुमा उपलव्ध हुने विभागहरुका बारेमा थाहा पाइराख्नुभयो भने पक्कै पनि आफ्नो रोगको उपचार कुन विभागमा जाँदा सही ढंगले हुन्छ वा कुन हस्पिटलमा सो विभाग उपलव्ध छ सोही छानेर जान सकिन्छ । त्यसैले आजको लेखमा जापानी हस्पिटलहरुका विशिष्ट विभागबारे केही जानकारी दिने तयारी गरिएको छ ।

इन्टरनल मेडिशिन (Naika)

यहाँ वयस्कहरुको विमारीको खोजी, रोकथाम र उपचारबारे विशिष्टता हुन्छ । यहाँ विमारीको उपचार र नियमित उपचारका लागि इण्टरनल मेडिशिनलाई प्राथमिक चिकित्सकका रुपमा लिने गरेका छन् । यहाँ अपरेशन लगायतका सेवा भने पाउन सकिँदैन ।

रेष्पिरेटरी मेडिशिन (Kokyuki)

यहाँ आस्थमा लगायतका श्वास प्रश्वाससम्बन्धी साधारणदेखि बढी चिन्ताजनक समस्याको पहिचान र उपचार गरिन्छ । यहाँ निद्रा नलाग्ने जस्ता समस्याको पनि उपचार हुन्छ ।

ग्यास्ट्रोइण्ट्रोलोजी (Syoukaki)

यहाँ पाचन प्रणालीसम्बन्धी रोगहरुको पहिचान र उपचार गरिन्छ । यहाँ इण्डोस्कोपी लगायतका विशेष किसिमका परिक्षणहरु पनि गरिन्छ ।

नेफ्रोलोजी (Jinzounakia)

यहाँ किड्नी युरिनरी सिष्टमसँग सम्बन्धित रोगको पहिचान र उपचार हुन्छ ।

अंकोलोजी (Shuyouka)

यस विभागलस्ले क्यान्सर रोगको मेडिकेशन, रेडियशन, केमोथेरापी, सर्जरी लगायतका उपचारहरु प्रेस्क्राइब गर्छन् ।

एलर्जी र रेउम्याटोलोजी (Arerugi Ryumachika)

यहाँ रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित रोगको पहिचान र उपचार गरिन्छ । यहाँ आस्थ्मा, एक्जेमा लगायतका अवस्थासँग पनि एलर्जिष्टले डिल गर्छन् ।

जेनरल सर्जरी (Geka)

उनीहरुले सम्भावित सर्जिकल समस्या भएका व्यक्तिको मूल्यांकन र सर्जिकल अपरेशन र प्रविधिको मूल्यांकनमा विशिष्टता हासिल गरेका हुन्छन् ।

काडिर्याभास्कुलर सर्जरी (Shinnzoukekkanngeka)

उनीहरुले मुटु तथा रक्त धमनीको सर्जरीबारे विशिष्टता हासिल गरेका हुन्छन् । उनीहरुले प्राय मुटुको अपरेशन गर्छन् र रक्त धमनी बन्द भएका मानिसको उपचार गर्छन् ।

न्युरोसर्जरी (Noushinnkeigeka)

उनीहरुले नशा, मस्तिष्क र स्पाइनल कोलुमको सर्जरीमा विशिष्टता हासिल गरेका हुन्छन् ।

एनेस्थेसियोलोजी (Masuika)

उनीहरुले सर्जरी र अन्य मेडिकल प्रकृयामा दुखाइ कम गर्न प्रयोग गरिने एनेस्थेसियोलोजीमा विशिष्टता हासिल गरेका हुन्छन् ।

यूरोलोजी (Hinyoukika)

उनीहरुले महिला र पुरुषको पिशाबसम्बन्धी र पुरुषको प्रजनन स्वास्थ्य सम्बन्धी रोग पहिचान र त्यसको उपचारमा विशिष्टता हासिल गरेका हुन्छन् ।

डम्र्याटोलोजी (Hifuka)

उनीहरुले छाला, कपाल र नंगसम्बन्धी रोगको पहिचान र उपचार गर्छन् ।

अफथाल्मोलोजी (Ganka)

उनीहरुले आँखा सम्बन्धी रोग, चोट र समस्याको पहिचान र उपचार गर्छन् । उनीहरुले आँखाको समस्या हेरेर चस्मा दिने वा आँखाको सर्जरी समेत गर्छन् ।

ओटोलारिन्गोलोजी, कान, नाक र घाँटी (ENT) (Jibiinnkouka)

उनीहरुले कान, नाक र घाँटी सम्बन्धी रोगको उपचार गर्छन् । उनीहरुले साइनसको सर्जरी, टन्सिल र ट्युमर हटाउने , निद्रासम्बन्धी समस्या, कान नसुन्ने समस्या जस्ता रोगको पहिचानका साथै उपचार पनि गर्छन् ।

रिह्याबिलिटेशन मेडिशिन (Rihabiritesyonnka)

यो अपांगता भएका मानिसको उपचार र व्यवस्थापनमा केन्द्रित हुन्छ । अपांगता भएका व्यक्तिको दैनिक जीवनमा थप असर नपरोस् भन्नका लागि रिह्याबिलिटेशन मेडिशिन फिजिशियनले काम गर्छन् ।

प्लाष्टिक सर्जरी (Keiseigeka)

उनीहरुले व्यक्तिलाई नै परिवर्तन गर्ने, जन्मँदै भएको खराबी ठीक पार्ने सर्जरी, ब्रेष्ट इम्प्लाण्ट, क्यान्सर हटाउने सर्जरी जस्ता कुरामा विशिष्टता हासिल गरेका हुन्छन् ।

ओरल म्याक्सिलोफेशियल सर्जरी (Koukugeka)

उनीहरुले मुखको सर्जरीमा विशिष्टता हासिल गरेका हुन्छन् ।

पेडियाट्रिक्स (Syounika)

उनीहरुले १५ वर्षसम्मको बालबालिकाको स्वास्थ्य देखभालमा विशिष्टता हासिल गरेका हुन्छन् । उनीहरुले जस्तोसुकै समस्या भएका बालबालिकाको पनि उपचार गर्न सक्छन् ।

ओेब्स्टेट्रिक्स एण्ड गाइनेकोलोजी (Sanfujinka)

अब्सेट्रिक्सले गर्भवति महिला रोग तथा प्रसुती सेवाबारे विशिष्टता हासिल गरेका हुन्छन् । उनीहरुले गर्भ बसेको समयदेखि प्रसुती गराउने समयसम्मको विशिष्टता हासिल गरेका हुन्छन् ।

साइक्याट्रि (Seishinka)

उनीहरुले दिमागी अवस्थासम्बन्धी समस्याको पहिचान र उपचारमा विशिष्टता हासिल गरेका हुन्छन् ।

रेडियोलोजी (Housyasenka)

इमेजिंग परिक्षणसम्बन्धी विशिष्टता उनीहरुले हासिल गरेका हुन्छन् । एक्स रे, स्क्यान्स, अल्ट्रासाउण्ड र एमआरआई जस्ता क्षेत्रमा विशिष्टता हासिल गरेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *