Monday, May 16जापानबारे सबै कुरा

जापानमा पाइने एण्टि ड्याण्ड्रफ स्याप्पूबारे जानकारी

अधिकांश मानिसमा कपालमा चायाँ पर्ने समस्या आम हो । यदि तपाइ जापानमा एण्टि डयाण्ड्रफ स्याम्पू खोज्दै हुनुहुन्छ भने आजको लेख तपाइका लागि उपयोगी हुन सक्छ । औषधी पसललमा एण्टि डयाण्ड्रफ स्याम्पू फेला पार्नु कठिन कार्य हुन सक्छ । स्टोरका कर्मचारीलाई यसबारे सोधेर वा विभिन्न कपालसम्बन्धी उत्पादनहरु राखिएका एउटा ठूलो र्याकमा आफैं खोज्न सकिन्छ । कपालमा चाया पर्नुका विभिन्न कारणहरु हुन सक्छन् । यदि तपाइको कपालमा परेको चाया निकै खराब स्तरमा पुगिसकेको छ भने डम्र्याटोलोजिष्टलाई भेट्नु पर्छ । उनले तपाइको समस्याको सहि समाधान निकाल्न सक्छन् ।

चिकित्सका जाँदा यी शब्द उपयोगी हुन सक्छन् ।

かゆみ: चिलाउने

フケ: चायाँ

यदि तपाइ एण्टि ड्याण्ड्रफ स्याम्पुको खोजीमा हुनुहुन्छ भने पहिले आफने कपालको प्रकारका बारेमा थाहा पाउन आवश्यक छ ।

१.सुख्खा कपाल

कपाल सुख्खा हुनु पनि केही प्रकारका चायाँ पर्नुको मुख्य कारण हो । विशेषगरी यही कारणले गर्दा जाडो महिनामा धेरै चाया पर्ने गर्छ । यसकारण तपाइको लुगामा पनि सेता चाया झर्न सक्छन् र यसले गर्दा कपाल चिलाउने समस्या पनि हुन्छ ।

२.चिल्लो कपाल

चिल्लो कपालका कारण कपालमा जम्मा भएको फोहोरले गर्दा चाया पर्छ । यस्तो प्रकारको चाया कपालमा बाक्लो फोहोरको तत्वजस्तै देखिन्छ ।

जापानमा केही एण्टि ड्याण्ड्रफ स्याम्पूहरु दुई ओटा भिन्दा भिन्दै रंगमा उपलब्ध हुन्छन् । एउटा सुख्खा र अर्को चिल्लो कपालका लागि । जापानी औषधी पसलमा पाइने सस्तो एण्टी ड्याण्ड्रफ स्याम्पू निम्न छन्ः

अक्टो स्याम्पू

यो स्याम्पु जापानमा पाइने स्याम्पूमध्येको सबैभन्दा सस्तो उत्पादन हो । तपाइको चायाँ त्यति नराम्रो अवस्थामा छैन भने यो उत्पादन सहि छ । यसमा जिंक भएकाले चाया हटाउन यो उपयोगी छ ।

मेरिट

मेरिट बेबी स्याम्पुदेखि एण्टि ड्याण्ड्रफ सम्मका भेराइटीमा उपलब्ध छन् । यस्तो खालको स्याम्पु खोज्न फ्युक र कायुमि शब्दको आवश्यक पर्छ । यो स्याम्पु पनि निकै सस्तो मूल्यमा उपलध छ ।

कोलाज फूल नेक्स्ट

यसमा दुई रंगका स्याम्पु उपलब्ध छन् । रातो रंग सुख्खा कपाल हुने र नीलो रंगको बोतल चिल्लो कपाल हुनेका लागि उपयोगी हुन्छ । आफ्नो कपालको प्रकार बुझेर स्याम्पु खरिद गर्नुपर्छ । दुवै रंगका स्याम्पुमा कण्डिशनर पनि उपलब्ध छ । तर यो स्याम्पु अन्य भन्दा केही थोरै महंगो हुन्छ ।

मेडिक्विक एच

कपालमा धेरै नै चायाँ परेको र एकदमै कपाल चिलाउने समस्या भएकालाई यो स्याम्पु उपयोगी छ । यसमा स्टेराइड र केटाकोनाजोल हुन्छ जुन चायाका लागि प्रभावकारी मेडिकल समाधान हो ।

यति मात्र हैनन् जापानका ड्रगस्टोरहरुका धेरै किसिमा एण्टि ड्याण्ड्रफ स्याम्पूहरु पाइन्छन् । ड्रगस्टोरमा राखिएको र्याकमा चाँयासंग सम्बन्धित उत्पादनहरु कुन हुन भनेर चिन्नका लागि तलको तस्विर हेर्न पनि सक्नुहुन्छ । धेरै हेयर केयर उत्पादन गर्ने डोभका पनि एण्टि ड्याण्ड्रफ स्याम्पूहरु छन् यि केही सस्ता पनि हुन्छन् ।

घरेलु उपचार

१.थोरै तेल (ओलिभ,नरीवल वा बदाम) लाई हल्का मनतातो बनाउने ।

२.त्यसलाई कपालको जराजरामा पुग्ने गरि हल्का मसाज गर्ने । विशेषगरी धेरै चाया परेको ठाउँमा मसाज गर्ने ।

३.त्यसलाई १० मिनेट त्यसै छोडर स्याम्पुले कपाल धुने । हरेक तीन दिनमा यो प्रकृया गर्ने हो भने विस्तारै विस्तारै चाया हटेर जान्छ ।

चिल्लो कपालका लागि

चिल्लो कपालमा परेको चाया हटाउन हप्ताको कम्तिमा पनि तीनपटक कपाल सफा गर्न आवश्यक छ । कपाललाई नियमित सफा गरिरहनु नै चायाँबाट छुटकारा पाउने सबैभन्दा राम्रो उपाय हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *