Wednesday, September 22जापानबारे सबै कुरा

जापानमा तपाईलाई आवश्यक पर्न सक्छन् यि ४ औषधीहरु

विभिन्न पोष्टहरुमा हामीहरुले जापानी भाषाको राम्रो ज्ञान नभएपनि कसरी सजिलै हस्पिटलमा गई उपचार गराउन सकिन्छ भन्ने विषयमा लेखिसकेका छौं । जापानमा साधारण विरामी पर्दा पनि औषधीको नाम थाहा नभएमा जटिल परिस्थितिको पनि सामना गर्नुपर्ने हुन सक्छ । डाक्टरलाई नदेखाइकन पनि औषधी खान त सकिन्छ तर जापानको केसमा भने यहाँका फार्मेसीबारे पूर्व जानकारी नभइकन त्यतातिर दौडिने हो भने त्यो बेकार हुन्छ । पहिलो त उपलव्ध औषधीहरुमा अङ्ग्रेजी भाषामा केही पनि लेखिएको हुँदैन दोस्रो धेरै औषधी खरिदका लागि डाक्टरमो प्रेस्किप्सनको आवश्यकता पर्छ । त्यसैकारण आजको लेखमा जापानमा सजिलै उपलब्ध हुने र अत्यावश्यक औषधीका नामबारे केही बताउन प्रयास गरेका छौ ।

पाबुरोन

यो सबै प्रकारका रुघाखोकीमा अत्यावश्यक औषधी हो । यसलाई खाना खाएको ३० मिनेट भित्रै खाइसक्नुपर्छ । धूलोमा उपलब्ध यो औषधीको स्वाद एकदमै नमिठो हुने हुँदा यसलाई मुखमा हालेर पानीले निलिहाल्नुपर्छ नत्र यसको स्वादका कारण धेरैलाई वान्ता पनि हुन सक्छ । स्वाद नमिठो भएपनि यो धेरै नै प्रभावकारी छ । रुघा लागेको समयमा यसलाई दैनिक ३ पटक लिनुपर्छ ।

बफरिन

मांशपेशीको दुखाई कम गर्न र ज्वरो कम गर्न यो औषधीलाई पेनकिलरको रुपमा सेवन गर्न सकिन्छ । यस्ता प्रकारका अन्य औषधी बजारमा उपलब्ध भएपनि अधिकांशमा भने क्याफिनजस्तो ड्रगको प्रयोग गरिएको हुन्छ । पेनकिलरको बढी प्रयोग महिलाहरुको महिनावारीको दुखाई कम गर्दा गरिने हुँदा यो औषधी पसलको स्यानिटरी सेक्सनमा गएर खोज्दा सजिलै पाउन सकिन्छ ।

काइनेस्थिेटिक टेपिङ

घुँडा, गोलिगाठाँ र नारिमा हुने दुखाई कम गर्न यसको प्रयोग गरिन्छ । यसलाई टेप जसरी दुखेको ठाउँमा टाँसिन्छ । यसमा चिसो र तातो दुईओटा प्याच हुन्छन् । चिसो प्याच छालामा सजिलैसँग टाँसिन्छ र सजिलै निस्किन्छ पनि । यसलाई निकाल्दा पिडा पनि हुँदैन । यसलाई ताजा चोटमा प्रयोग गर्नुपर्छ । तातो प्याच चाहिँ सुन्निएको मांशपेशीमा बढी उपयोगी हुन्छ । एक दिनमा आफूलाई चाहिएको जति प्याचको प्रयोग गर्न सकिन्छ । चीसो प्याच नीलो रङ्गका हुन्छन् भने तातो चाहिँ रातो र सुन्तला रङ्गमा पाइन्छ ।

उकोन नो चिकारा

जापानमा काम सकिएपछि बाहिर रेष्टुराँ बा वारमा गएर रमाइलो गर्ने चलन धेरै ह७न्छ । त्यसकारण यहाँ ह्याङ्ओभरको समस्या पनि धेरै नै पर्छ । जापानमा ह्याङ.ओभर हटाउने विभिन्न उपायहरु पनि छन् । फार्मेसीबाहेक अन्य स्टोरहरुमा पनि सजिलै उपलब्ध हुने औषधी युकोन नो चिकारा यस्तो समयमा बढी उपयोगी हुन्छ ।

यी त जापानमा सामान्य विरामी पर्दा औषधी पसल खोज्ने वा भाषा नबुझेर अलमलमा नपरुन् भनेर केही साधारण दुखाई र पीडामा चाहिने औषधीबारे केही साधारण टिप्स मात्रै हुन् । धेरै नै विरामी भएका बेलामा भने डक्टरकोमा जानै पर्ने हुन्छ । अनि नियमित स्वास्थ्य जाँच गराइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *