Saturday, August 13जापानबारे सबै कुरा

Science

परमाणु ऊर्जाप्रति जापानीहरुको समर्थन बढ्दै
Science

परमाणु ऊर्जाप्रति जापानीहरुको समर्थन बढ्दै

टोकियो । पछिल्लो समय धेरै जापानीहरु परमाणु ऊर्जा प्रति सकारात्क हुन थालेका छन् । व्यवसायिक पत्रिका निक्केईले गरेको सर्वेक्षण अनुसार बहुमत जापानीहरुले परमाणु ऊर्जाको समर्थन गरेका छन् । परमाणु ऊर्जाको समर्थनमा बहुमत जापानीहरु देखिएको यो सन् २०११ मा फुकुशिमा घटनायता पहिलो पटक हो । जापानमा ऊर्जाको भाउ बढेको र टोकियोमा बिजुली कटौती हुने चेतावनीबीच जापानीहरुमाझ परमाणु ऊर्जाको समर्थन बढेको देखिएको छ । निक्केईको सर्वेक्षणमा सहभागी ५३ प्रतिशत सहभागीहरुले सुरक्षा सुनिश्चित गरेर परमाणु रियाक्टर पुनः सुचारु गर्नु पर्ने बताएका छ्न । यस अघि सेप्टेम्बरमा गरिएको सर्वेक्षणमा ४४ प्रतिशतले मात्रै यस्तो धारणा राखेका थिए । ३८ प्रतिशतको चाहाना भने यी रियाक्टरहरु बन्द नै होस् भन्ने छ । निक्केईले एक दशकभन्दा लामो समययता बेला बेलामा यस्तो सर्वेक्षण गर्दै आएको छ । सन् २०११ मा गएको महाविनाशकारी भुकम्प र सुन...