Monday, May 17जापानबारे सबै कुरा

सल्लाह

जापानमा नेपाली रेष्टुरेन्ट, कुक र डिपेन्डेन्टका लागी अबको बैकल्पिक बाटो
जापान अनुभव, सल्लाह

जापानमा नेपाली रेष्टुरेन्ट, कुक र डिपेन्डेन्टका लागी अबको बैकल्पिक बाटो

- जिज्ञान कुमार थापा सुरुवातमा नै भनिहालौं, यो लेखको उदेश्य रेष्टुरेन्ट व्यवसायीहरुलाई बचाउ गर्नु वा कुक पेशाका नेपालीहरुलाई उस्काउनु हैन । कोरोनाको प्रभाव, बदलिंदो कानुनी र प्रशासनिक अवस्था आदिले गर्दा पहिलेकै मोडेलमा जापानमा इन्दो-नेपारु रेष्टुरेन्टको व्यवसाय अब चल्न गार्हो हुने बिषयलाई यहाँ उजागर गर्न मात्र खोजिएको छ। बिभिन्न समचार र लेखहरुबाट पनि अधिकांश नेपाली रेष्टुरेन्टमा काम गर्ने कुक पेशाका कामदारहरु ठूलो रकम तिरेर जापान आएको हुन्छन भन्ने कुरा त सर्व बिधितै छ। सूचनाको यति पहुँच हुदापनि किन सबैकुरा बुझेर पनि यति धेरै समय र पैसाको लागानी गरेर आउनु भयो त ? भन्ने प्रश्नको जवाफमा प्राय सुनिने भनेको "डिपेन्डेन्ट भिषा पाउने भएकोले" भन्ने हो। एकथरी मानिसहरु १० बर्ष साच्चै कुक पेसामा अनुभवि दक्ष सेफ भए पैसा तिरेर आउनै पर्दैन, पैसा तिरेर आउनेहरु त हातमा इलम नभएकाहरु हुन भन्ने तर्क ...
गरिरहेको काम छाड्नुपर्यो ? यसो गर्नुस्
जानकारी, सल्लाह

गरिरहेको काम छाड्नुपर्यो ? यसो गर्नुस्

प्राय हरेक जागिरको निश्चित अवधि हुन्छ । तर कसैले करार अवधि समाप्त हुनु अघि नै जागिर छाड्न चाह्यो भने के हुन्छ ? कामको सिलसिलामा आइपर्ने अनपेक्षित कार्यभार, निजी जीवनसँग बेमेल, हिंसा, सहकर्मीसँगको समस्या आदिका कारण बीचमै जागिर छोड्नुपर्ने अवस्था आउन सक्छ । कतिपय अवस्थामा त जागिर नछाडि नहुने स्थिति उत्पन्न हुन्छ । त्यसैले यस्तो बेलामा आफूलाई अप्ठ्यारो स्थितिमा राख्नु भन्दा पार्ट-टाइम कामदारको रुपमा आफ्नो हक के के छ भनेर पत्ता लगाउनुहोस् । तपाईको रोजगारदाताले तपाईलाई जागिर छाड्न दिएन भने के हुन्छ ? आदिबारे बुझ्नुहोस् । जापानमा जागिर बीचमै छाड्नु अघि थाहा पाउनु पर्ने कुराहरुः तपाईसँग जति बेला पनि जागिर छाड्ने कानूनी अधिकार हुन्छ यौनहिंसा लगायत आकस्मिक अवस्थामा करारको कुनै पनि समयमा जागिर छाड्न सकिन्छ, त्यो पनि कानूनी रुपमै । करारमा सहमति जनाइएको समय अगावै जागिर छोड्नु पर्यो भने पनि तपाईको...
काम गर्ने कम्पनी छान्दा ध्यान दिनुस यि कुराहरुमा
सल्लाह

काम गर्ने कम्पनी छान्दा ध्यान दिनुस यि कुराहरुमा

जापानमा पछिल्लो समय विदेशी कामदारको माग निकै बढेको छ । इञ्जिनियर विशेषगरी कृत्रिम बौद्धिकताको क्षेत्रमा काम गरिरहेका इञ्जिनियरहरुको माग त झनै उच्च छ । के तपाइ पनि यस्तै इञ्जिनियर हुनु हुन्छ ? कि जापानमै आएर काम गर्ने योजना बनाइरहनु भएको छ ? जापानमा पढाई सकेर जागिर खानका लागि कम्पनी पो खोज्दै हुनुहुन्छ कि ? आफूलाई सुहाउँदो कम्पनी कसरी छान्ने भन्ने दोधारमा तपाइ हुनु हुन्छ ? आजको यो लेखमा हामीहरुले सुहाउँदो कम्पनी छान्ने तरिका बताउन गइरहेका छौं । तपाइको शैक्षिक योग्यता जति धेरै छ, अनुभव जति लामो छ रोजगारीका विकल्पहरु र अवसरहरु पनि त्यति नै धेरै हुनेछन् । तपाइ जापानमा विदेशीका रुपमा हुनु हुन्छ भने तलब सुविधा मात्रै सबै कुरा होइन । तलबबाहेक पनि कम्पनीमा तपाइले बुझ्नु पर्ने अनेक कुराहरु छन् । यो कुरा प्राविधिक क्षेत्रका कम्पनीमात्र नभई अन्य कम्पनी खोज्दा पनि लागू हुन्छ । अन्तराष्ट्रिय वातावर...
जापानमा रहँदा विपत्तिको समयमा प्रयोग गर्नैपर्ने मोवाइल एपहरु
सल्लाह

जापानमा रहँदा विपत्तिको समयमा प्रयोग गर्नैपर्ने मोवाइल एपहरु

जापान प्राकृतिक विपद् धेरै आउने देशमा विश्वमै अग्रणी देश हो । यहाँ ताइफु, सुनामी लगायत प्राकृतिक विपद्हरु बारम्बार आइरहन्छ । ‘सेफ्टी टिप्स’ एप अन्तरराष्ट्रिय आगन्तुकहरुलाई प्राकृतिक विपद्बारे जानकारी दिन तयार पारिएको एउटा एप हो । यो एपले प्राकृतिक विपद्हरुको बारेमा सूचना उपलब्ध गराउँछ । सुर*क्षाको अनुभूति गर्दै पयर्टकहरुले जापानको भ्रमण गर्न सकुन् अनि अप-टू-डेट जानकारीहरु प्राप्त गर्न सकुन् भनेर जापानको टुरिजम एजेन्सीले सन् २०१४ को अक्टोबरमा यो एप लञ्च गरेको हो । यहाँ प्राकृतिक विपद्हरु धेरै आउने भएकोले यस्तो उपाय अपनाइएको हो । यो एप नेपाली, अंग्रेजी, कोरियन, सरलिकृत चाइनिज, परम्परागत चाइनिज, भियतनामिज, स्पेनिस, पोर्तुगाली, थाई, इन्डोनेसियन र टगालोग भाषामा उपलव्ध छ । यसले भुकम्पसम्बन्धी शुरुआती चेतावनी, सुनामी सम्बन्धी चेतावनी, मौसमसम्बन्धी चेतावनी र खतरायुक्त ठाउँ छाडेर अन्यत्र जाने...
जापानमा ड्राइभिङ लाइसेन्स कसरी लिने ?
सल्लाह

जापानमा ड्राइभिङ लाइसेन्स कसरी लिने ?

अधिकांश टोकियोबासीलाई दैनिक जीवनका लागि कारको आवश्यकता छैन । तर यदि टोकियो लगायतका ठूला सहरहरुभन्दा भित्री भागहरुमा बस्दा भने कार चाहिन्छ । बच्चाहरुलाई कतै घुमाउन लिएर जानु पर्यो वा काममा पनि गाडी चलाएरै जानु पर्यो भने कार र सो कार चलाउनका लागि अनुमति पत्र अर्थात ड्राइभिङ लाइसेन्सको आवश्यकता पर्दछ । आजको लेखमा जापानमा ड्राइभिङसम्बन्धी के कस्ता व्यवस्था छन् त्यसका बारेमा जानकारी दिने प्रयास गरिएको छ । अन्तरराष्ट्रिय ड्राइभिङ पर्मिट आफ्नै राष्ट्रबाट अन्तरराष्ट्रिय ड्राइभिङ पर्मिट (आइडीपी) लिएर आउनु राम्रो हुन्छ । यसले १ वर्ष सम्म जापानमा गाडि चलाउन पाउने अनुमति दिन्छ । यदि लामो समय गाडी चलाउने हो र जापानमा कार ने खरिद गर्ने हो भने चाहिँ जापानी लाइसेन्स लिनु राम्रो हुन्छ । तर नेपालीहरुको हकमा नेपालमा जारी भएको अन्तराष्ट्रिय ड्राइभिङ मान्यता भएको लाइसेन्स नै भएपनि त्यसले जापानमा काम गर्दैन ।...
जापानमा कपडा किन्दा ध्यान दिनुपर्ने ५ कुराहरु
सल्लाह

जापानमा कपडा किन्दा ध्यान दिनुपर्ने ५ कुराहरु

सपिङ आफैमा एक राम्रो अनभव हो । जापानका ठूला शहरहरु अनग्न्तिी पसल, डिपार्टमेण्ट स्टोहरुले भरिएका छन् । त्यसैले यहाँ सपिङ गर्दा कहिल्यै बोरिङ हुँदैन । आजको लेखमा जापानमा कपडा किन्दा ध्यान दिनुपर्ने यस्तै केही विषयहरुमा जानकारी दिने प्रयास गरिएको छ । यो जानकारी जापानमा लामो समय बसिसकेकाहरुका लागि भन्दा पनि भर्खरै आएका र जापानका बारेमा बुझ्दै गर्नुभएका साथीहरुलाई सजिलो होस् भनेर लेखिएको हो । १. साइज चेक गर्ने हुन त कपडा किन्ने बेला साइज चेकजाँच गर्नुपर्छ भन्ने कुरा भनिरहन आवश्यक कुरा नै हैन तर पश्चिमी राष्ट्र वा हाम्रो देश नेपालका व्यक्तिभन्दा जापानीहरु केही छोटा कदका हुन्छन् । यहाँ बन्ने वा आयात हुने कपडा यहीका व्यक्तिहरुका लागि फिट हुन भन्ने हेतुले तयार पारिएको हुन्छ त्यसैले यहाँ पाइने लुगाका साइज तपाइको राष्ट्रमा भन्दा फरक हुन सक्छ, त्यसैले यसबारे विचार पु¥याउनु पर्छ । उदाहरणका लागि अ...
जापानमा तपाइको ढोका ढकढकाउन आउने ६ प्रकारका मान्छेहरु
सल्लाह

जापानमा तपाइको ढोका ढकढकाउन आउने ६ प्रकारका मान्छेहरु

कुनै विशेष कारणबाहेक अधिकांश जापानीहरु आफ्नो घरमा कसैलाई बोलाउन वा आफू कसैको घरमा जान त्यति मनपराउँदैनन् । केही लामो समय जापान बसिसक्नुभएको हो भने तपाईलाई यि कुरा सामान्य लाग्नसक्छन् तर हालसालै जापान आएका साथीहरुलाई यस विषयमा जानकारी दिइराखे राम्रो हुन्छ कि भन्ने लागेर यो पोष्ट लेख्दैछौं । जापानमा विशेषगरि अप्रिल महीना पछि यस्ता व्यक्तिहरुको आगमन तपाईको घरमा बढि हुनसक्छ । तपाइको ढोकामा आएकाहरुसँग डिल गर्ने साधारण नियम यदि तपाइको ढोकामा तपाइले नचाहेका व्यक्ति वा डेलिभरी कम्पनी वा हुलाक कार्यालयको युनिफर्म नलगाएका व्यक्ति आए भने तिनलाई ढोका खोलिरहन आवश्यक छैन । यसको मतलब तपाइ जापानमा असुरक्षित हुनुहुन्छ भन्ने होइन । कोही आउनै पर्ने व्यक्ति आएमा तीनले तपाइको मेलबक्समा डकुमेण्टहरु छोड्ने भएकाले यसमा चिन्ता गर्नुपर्ने कुनै कारण नै छैन । आजको लेखमा यस्तै ६ व्यक्तिका बारेमा केही जानकारी दिने प्...
कस्तो कोठा भाडामा लिनु राम्रो ? 1R, 1K, 1DK, 1LDK भनेको के हो ?
जानकारी, सल्लाह

कस्तो कोठा भाडामा लिनु राम्रो ? 1R, 1K, 1DK, 1LDK भनेको के हो ?

जापानमा अपार्टमेण्टबारेको सूची हेर्ने हेर्न फुदोसानकोमा जाने हो भने अपार्टमेण्टमा कतिओटा बेडरुम र कोठाहरु छ भन्ने भन्दा पनि 1R, 1K, 1DK, 1LDK जस्ता शब्दहरुको प्रयोग गर्छन । पहिलो पटक कोठा खोज्नेबेला "यो भनेको चै के रैछ!" भनेर अचम्म मान्नुभएको पनि होला । अलिक ध्यान दिएर कोठाको नक्सा हेर्ने हो भने यो ठाउँमा यो कुरा रहेछ भनेर सामान्यतया अनुमान लगाउन सकिन्छ । आजको लेखमा जापानका अपार्टमेण्ट कस्ता हुन्छन् त भन्ने बारे केही जानकारी दिने प्रयास गरिएको छ । 'जापानमा बसोबास' सिरिजमा यो हाम्रो चौथो पोष्ट हो पहिले प्रकाशन भैसकेका जानकारीहरु पढ्नुभएको छैन भने पहिले पढ्नुहोला । १. जापानमा कोठा सर्दा ध्यान दिनुपर्ने कुराहरु २. जापानमा कोठा भाडामा लिंदा लाग्ने १० थरी शुल्क ३. यस्तो छ जापानमा घर किन्ने प्रकृया अब लागौं आजको विषयतर्फ नै । 1R अपार्टमेण्ट यसमा ‘R’ ले ‘रुम’ लाई बुझाउँछ । यो एक कोठे...
जापानमा डिएसएलआर क्यामरा किन्दा ध्यान दिनुपर्ने ७ कुरा
सल्लाह

जापानमा डिएसएलआर क्यामरा किन्दा ध्यान दिनुपर्ने ७ कुरा

जापान तस्वीर खिच्नेहरुका लागि सुन्दर राष्ट्र हो । यसका साथसाथै जापान क्यानोन, निकोन, ओलम्पस फुजीफिल्म लगायतका उत्कृष्ट क्यामरा उत्पादक कम्पनीको घर पनि हो । त्यसैले पनि यहाँ क्यामरा खरिद गर्नु एउटा लाभदायक पक्ष हुनसक्छ । आफ्नै प्रयोगका लागि वा नेपालमा आफन्त वा साथीभाईहरुलाई दिन उपहारका रुपमा क्यामरा किन्ने सोचमा हुनुहुन्छ भने जापानमा क्यामरा खरिद गर्ने केही टिप्सहरु आजको लेखमा दिने प्रयास गरिएको छ । आशा छ यो जानकारी तपाईका लागि उपयोगी हुनेछ । १.क्यामरा स्टोर जतापनि सजिलै भेटिन्छ क्यामरा खरिद गर्न चाहनेहरुका लागि जापान स्वर्ग नै हो । विभिन्न ब्राण्ड, मोडल र मूल्यका क्यामरा पाइने यहाँ थुपै्र स्टोरहरु छन् । योदोबाशि क्यामरा र बिक क्यामरा सबैभन्दा लोकप्रिय स्टोर हुन् । अधिकांश स्टोरका गाइडहरु अंग्रेजीमा उपलब्ध हुने भएकाले कुन फ्लोरमा क्यामरा उपलब्ध हुन्छ भन्ने कुरा सजिलै फेला पार्न सकिन्छ । ...
चपस्टिक (हासी) को प्रयोग गर्दा यि गल्ती गर्दै नगर्नुस्
सल्लाह

चपस्टिक (हासी) को प्रयोग गर्दा यि गल्ती गर्दै नगर्नुस्

जापानमा आएर लामो समय विताइसक्नुभएको हो भने चपस्टिक (हासी) कसरी प्रयोग गर्ने भन्नेवारे पक्कै जानकार हुनुहुन्छ होला । नयाँ हुनुहुन्छ भने पक्कै पनि जापानी चपस्टिक (जापानी भाषामा हासी भनिने) प्रयोग गर्न सिक्दै हुनुहुन्छ होला । नेपालमा प्रायगरि हात वा चम्चाको बढि प्रयोग हुन्छ तर चपस्टिक केही रेष्टुरेन्टहरु जहाँ जापानी, चाइनिज खानाहरु पाइन्छ त्यहाँ प्रयोगका लागि दिइने गरिन्छ । जापानमा आएपनि चपस्टिकको प्रयोग नौलो र केही अफ्ठ्यारो लागे पनि बानी पर्दै जाँदा सजिलो हुन्छ । भनिन्छ हासी चलाउन जान्नेले कोदोको गेडा पनि टिप्न सक्छ । तपाईले जापानमा चपस्टिकको प्रयोग कसरी गर्ने भन्ने कुराको राम्रो जानकारी लिइसक्नुभएको भए पनि यसको प्रयोगमा भएका निषेधित पक्षबारे भने थाहा नहुन सक्छ ।चपस्टिक्सको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी बारे राम्रो ज्ञान नहुँदा जानी नजानी हामी सो काम गरिरहेका हुन्छौं ।  आज हामी यसै विष...
जापानमा हुनुहुन्छ ? मोवाइलमा अनिवार्य राख्नुस् यि एपहरु
जानकारी, सल्लाह

जापानमा हुनुहुन्छ ? मोवाइलमा अनिवार्य राख्नुस् यि एपहरु

स्मार्टफोन सार्वजनिक भएपछि मानिसको दैनिक जीवनमा दिनानुदिन परिवर्तन आइ नै रहेको छ । आजको समयमा स्मार्टफोन मानव जीवनको पर्याय बनेको कुरामा कुनै शंका छैन । वर्तमान समयमा स्मार्टफोन र यसमा हालिने एप्लिकेशनको उपस्थिती र महत्व वेग्लै छ । तर एप्सको महत्व र उपयोगीता स्थानैपिच्छे फरक पनि हुन सक्छ । यहाँ जापानमा रहँदा जीवजशैली सहज बनाउन उपयोगी हुने पाँच स्र्माटफोन एप्लिकेशनबारे बताउन खोजिएको छ । यि एप्लिकेशनहरु तपाईको मोवाइलमा पहिलेदेखिनै छन् भने अति उत्तम, छैनन् भने राख्नुहोला । १. गुरुनाभीः रेष्टुराँ समिक्षा गुरुनाभीको वेवसाइट र एप्लिकेशनले जापानका विभिन्न स्थानमा रहेका रेष्टुराँको समिक्षा, रेष्टुराँ सिफारिश गर्ने र रेष्टुराँ बुक गर्न सहयोग गर्छ । यसको सहयोगले प्रयोगकर्ताले प्रकार, मूल्य, स्थान र समिक्षा अङ्कका आधारमा रेष्टुराँ र बारको खोजी गर्न र छान्न सक्छन् । यति मात्र नभई एप्लिकेशनबाटै रेष्...
बुझेर मात्र आउनुस् जापान
सल्लाह

बुझेर मात्र आउनुस् जापान

आजको ब्लगमा हामीले विद्यार्थी भिसामा जापान आउन चाहाने र भर्खरै आएका नयाँ साथीहरुलाई यहाँ आएर मेहेनत गरिरहेका अग्रजहरुका सुझावहरु समेट्ने प्रयत्न गरेका छौं । विभिन्न समयमा हामीले गरेका पोष्टहरुमा गरिएका कमेन्ट र हामीलाई म्यासेजमा प्राप्त सुझावहरु यहाँ राखिएका छन् । यहाँ राखिएका विचारहरु वहाँहरुका भोगाइका आधारमा राखिएका नितान्त व्यक्तिगत विचारहरु हुन् । अर्जुन के सी जापानमा विधार्थी भिषामा रहेर १ हप्ता नै रातीको काम गरेको मान्छेको केही दैनिकी र जापान आउन चाहनेलाई सुझाव लेखेको छु, केहि गल्ती भए क्षमाप्राथी छु । जापान आएको केहि महिना काम पाउन गार्हो हुन्छ । यदि काम पाएपनी ४–५ महिना एक वटा काम गर्यो त्यो कामको पैसा खाना बस्न ठिक्क हुन्छ घर पैसा पठाउने कुरानै छोडौ। अब ल काम पायो २ वटा भने त्यस पछिको जिन्दगी यसरी बितारहेको हुन्छ । मानौ पहिलो दिन आइतबार बेलुका राती ९ बजे कामको लागी भनेर को...
जापानमा काम गरेको तलब नपाएमा के गर्ने ? समस्या परे कहाँ सम्पर्क गर्ने ?
सल्लाह

जापानमा काम गरेको तलब नपाएमा के गर्ने ? समस्या परे कहाँ सम्पर्क गर्ने ?

जापानमा रहेर तपाईले काम गर्दा कयौं नराम्रा र असजिला अवस्थाहरु सिर्जना हुनसक्छन र यस्ता अवस्थाहरुको सामना गर्न धेरै कुरा हरुमा ध्यान पुर्याउनुपर्दछ । जापानमा लागू श्रम सम्बन्धी नियम तथा कानुनका विषयमा यहाँ काम गर्ने अधिकांश नेपालीहरुलाई जानकारी नै छैन यही कारणले पनि धेरैजनाले अनावश्यक दुख पाइरहेको कुरा सत्य हो । ओभर टाइम काम गरेको पैसा, विदामा बस्दा पाइने भत्ताका साथसाथै नियमित तलब नै नदिने जस्ता समस्याहरु धेरै छन् । हुन त यस्ता समस्याहरु जुनकुनै पनि कम्पनीमा पनि हुनसक्छन र यस्तो अवस्थामा तपाईलाई यहाँको कानुन र जापानी भाषाको ज्ञान नहुँदा ति समस्याहरुसंग लड्न अफ्ठ्यारो हुनसक्छ । तलब नपाउने, सम्झौता अनुरुपको कामकुरा कार्यान्वयन नहुने जस्ता समस्यामा हुनुहुन्छ भने नआत्तिनुस् । जापान सरकारले पनि यस्ता नियम उल्लङ्घन गर्ने कम्पनीहरु प्रति कडा कानुनको व्यवस्था गरेको छ र आज हामी त्यही विषयमा जानक...