Wednesday, September 22जापानबारे सबै कुरा

साहित्य

मायदा
साहित्य

मायदा

‘वुड अल द प्यासेन्जर्स ट्राभलिङ टु हङकङ अन फ्लाइट एफ.आर. ३४२१ प्लिज ह्याभ योर बोर्डिङ पास एन्ड पासपोर्ट रेडी फर बोर्डिङ फ्लाइट एफ.आर. ३४२१ नाउ बोर्डिङ एट द गेट २१’ अनुप हतार हतार गेट २१ मा पुग्छ । दुई महिनाको बिदा सकाएर नेपालबाट जापान फर्कंदै थियो । उसको अनुहारमा कुनै चमक नै थिएन । उसको ध्यान त केबल एयरपोर्ट बाहिरसम्म छोड्न आएका आमा र दिदीहरूका मात्र थियो । एयरपोर्टभित्र पस्न लाग्दा धेरै रोएको पनि थियो अनुप आमाहरूको अगाडि तर के गर्नु जानु त उसलाई थियो नै । नेपालबाट हङकङ र हङकङबाट टोकियो उसको फ्लाइट सेडुअल थियो । अनुप चाँडोचाँडो गरेर आफू चढ्ने प्लेन नजिकै पुग्छ र अन्तिम पटक धर्ती मातालाई प्रमाण गरेर प्लेनभित्र छिर्छ । बोर्डिङ पासमा लेखिए अनुसारको सिटमा गएर बस्छ । ऊ बस्नु अगाडि नै उसको ‘रो’मा तीन जना प्यासेन्जर बसिराखेका हुन्छन् । अर्जुन थापा झट्ट...