Sunday, December 4जापानबारे सबै कुरा

कानुनी कुरा

यस्तो हुन्छ नेपालबाट डिपेन्डेन्ट ल्याउनका लागि पूरा गर्नुपर्ने प्रक्रिया
कानुनी कुरा

यस्तो हुन्छ नेपालबाट डिपेन्डेन्ट ल्याउनका लागि पूरा गर्नुपर्ने प्रक्रिया

हामीलाई म्यासेजमा धेरै सोधिने प्रश्नहरु मध्येको एक हो 'नेपालबाट डिपेन्डेन्ट भिसामा ल्याउन के गर्नुपर्छ ?' सबैलाई एक-एक गरेर सबै जानकारी दिन सम्भव नभएकाले नै यो विषयलाई व्लगकै रुपमा लेख्दैछौं । आशा छ यसले तपाईको जिज्ञासालाई केही हदसम्म कम गर्न मद्दत गर्नेछ । जापानमै रहेका दुईजना वीच विवाह भएर एकजना डिपेण्डेन्टका रुपमा कसरी बस्न सकिन्छ भन्ने विषयको जानकारी भने यो लिंकमा क्लिक गरि पढ्न सक्नुहुन्छ । तपार्इ जापान हुनुहुछ भने पक्कै पनि आफ्नो परिवारलाइ पनि यही ल्याउन चाहानुहुन्छ । आफ्नो परिवार वा बालबच्चासंग संगै बस्ने मन सबैलाई हुन्छ । डिपेन्डेन्ट भिसामा ल्याउनका लागि आवेदन दिंदैमा अनुमति पाइहालिन्छ भन्ने हुँदैन । अनुमति दिने नदिने भन्ने कुरा तपाई कुन तरिकाले जापानमा बस्दै हुनुहुन्छ भन्ने कुराले निर्धारण गर्छ । सामान्यतया कुनै कम्पनीको कर्मचारीका रुपमा जापान आएका नेपालीहरुले सजिलैसंग डिपेन्डे...
जापानमा विवाह दर्ता गर्न के–के डकुमेन्ट चाहिन्छ ? विवाहको प्रकृया कस्तो हुन्छ ?
कानुनी कुरा

जापानमा विवाह दर्ता गर्न के–के डकुमेन्ट चाहिन्छ ? विवाहको प्रकृया कस्तो हुन्छ ?

विभिन्न कारणले नेपाल छाडेर विदेशमा बसोबास गर्दै आइरहेका नेपालीहरुले विदेशमा नै विवाह गर्ने चलन नयाँ होइन । विदेशमै 'सेटल' भइसकेका हुन या 'करियर बनाउदै गरेका' प्रेमी प्रेमिकावीच होस् या बुवा आमाले नै जुराइदिएका जोडीहरु वीच विवाह जापानमा पनि हुनेगरेको पाइन्छ । हरेक देशमा विदेशीहरुको विवाह दर्ताका लागि आ-आफ्नै नियमहरु हुने गर्दछन् । आजको पोष्टमा हामी जापानमा रहेका २ नेपाली युवा युवतीवीच हुने विवाह र सोपश्चात गर्नुपर्ने कागजी कामका प्रकृयाका वारेमा बताउँदैछौं । जापानमा रहेको नेपाली समुदायमा २ किसिमले विवाह भएको देख्न पाइन्छ पहिलो नेपालमा गरिनेजस्तै गरि परम्परागत रुपमा विहे गर्ने, दोस्रो कानुनी रुपमा विहे गर्ने । विवाह जुन तरिकाले गरेपछि जापानमा विहे गरेको हो भन्ने आधिकारिकताका लागि विवाह दर्ता गर्नु अनिवार्य छ । सो कार्यका लागि आवश्यक प्रक्रियाहरुका वारेमा आज हामी चर्चा गर्नेछौं । विवाह...
जापानमा पार्ट टाइम काम गर्दा यि कुरामा ध्यान दिनुहोस्
कानुनी कुरा

जापानमा पार्ट टाइम काम गर्दा यि कुरामा ध्यान दिनुहोस्

अन्य कुरा लेख्नुभन्दा पहिले नै भनिहाँलौं, यो जानकारी जापानमा आउने तयारी गरिरहेका र हालसालै जापानमा आएका व्यक्तिहरुका लागि सहज होस् भनेर लेखिएको हो, तपाई लामो समयदेखि जापानमा हुनुहुन्छ र पार्ट टाइम कामदारका रुपमा विभिन्न कम्पनीहरुमा काम गर्दै आइरहनुभएको छ भने यहाँ लेखिनेमध्येका धेरै कुरा तपाईलाई पहिल्यै थाहा भइसकेका हुन सक्छन् । केही नयाँ जानकारी पनि हुनसक्छन्, यहाँसम्म आइसक्नुभयो, अब पूरै पढेर जानुहोला है त । :) कुनै ठाउँमा केही घण्टा काम गर्नुलाई नै सामान्य अर्थमा पार्ट टाइम काम (आरुबाइतो) भनेर बुझ्नुपर्छ । जापानमा पार्ट टाईम काम खोज्दैगर्दा वा काम गर्दै गर्दा निम्न कुरामा ध्यान दिनु आवश्यक छ : १. पार्ट टाइम काम गर्नुपूर्व पार्ट टाइम काम गर्नका लागि अनुमति (Part Time Job Permit) लिनु आवश्यक हुन्छ । यस्तो अनुमती नेपालबाट आउने बेला एयरपोर्टमै वा अध्यागमन विभागमा गएर लिनुपर्ने हुन्छ । ...
जापानमा कसरी सुरक्षित रुपमा साइकल चलाउने ? के छन् नियमहरु ?
कानुनी कुरा, जानकारी

जापानमा कसरी सुरक्षित रुपमा साइकल चलाउने ? के छन् नियमहरु ?

साइकल जापानीहरुको दैनिक जिवनको एउटा अभिन्न अंगजस्तै बनिरहेको छ । जापानीहरु यति धेरै साइकलको प्रयोग गर्छन कि, जुन कुराले जापान आउने वित्तिकै तपाईलाई अचम्म पार्नसक्छ । नेपालमा यहाँजस्तो सबै हैसियतका व्यक्तिहरु साइकल चढ्ने चलनको सुरुवात भैसकेको छैन त्यसैले पनि कोट पाइन्ट लगाएर साइकल दौडाइरहेका जापानीहरु देख्दा अचम्म मान्नु स्वभाविकै हो । जापान आएपनि नेपालीहरुको दैनिकीसंग पनि साइकल जोडिएरै आएको हुन्छ, विशेषगरि मुख्य सहरहरु भन्दा भित्री भागमा रहेका क्षेत्रहरुमा बसोबास गर्ने नेपालीहरुका लागि साइकलको महत्व अझ बढि देखिन्छ, काममा जान, किनमेल गर्न, साथीभाइहरुसंग घुमघाम गर्न लगाएतका विभिन्न कार्यहरुमा साइकल दौडाइरहेका नेपालीहरु देख्नु यहाँ नौलो कुरा होईन । अन्य सवारी साधनहरुजस्तै जापानमा साइकल चलाउँदा पनि पालना गर्नुपर्ने विभिन्न नियमहरु छन् र ति नियमहरुको पालना नगरेमा जरिवाना लाग्छ । आज हामी ज...
जापानको ‘पीआर भिषा’ बारे थाहा पाइराख्नुस् यि कुरा
कानुनी कुरा

जापानको ‘पीआर भिषा’ बारे थाहा पाइराख्नुस् यि कुरा

जापानमा स्थायी रुपमा बस्न र जुनसुकै काम गर्न पाउन 'स्थायी आवास अनुमति' (पीआर) लिनुपर्ने हुन्छ । अन्य देशको तुलनामा जापानको पीआर पाउन केही बढि बर्ष लागेपनि एकपटक यो भिषा लिइसकेपछि असीमित समयसम्म जापानमा बस्न सकिन्छ । पीआरको नवीकरण पनि ७ वर्षमा एकपटक गरे पुग्छ । सामान्यतया जापानमा निरन्तर १० वर्षसम्म बसेपछि पीआर भिसाका लागि आवेदन दिन पाइन्छ । यो समयलाई केही घटाउने भन्ने विषयमा पनि समाचारहरु आएका थिए । यदि तपाई कुनै दक्ष पेशासँग सम्बद्ध हुनुहुन्छ भने एक वर्ष जापान बसेपछि पीआर भिसामा आवेदन दिन सकिन्छ । तर तपाइको पेशा जापानको अद्यागमन विभागमा दक्ष पेशाभित्र सूचीकृत हुनु आवश्यक छ । यस्तै जापानी नागरिकसँग विवाह गरेका वा धर्म पुत्र पुत्रीहरुले पनि तीन वर्षपछि पीआर भिसा पाउँछन् । तर यसबीचमा ट्याक्स नबुझाएमा अथवा ट्याक्स सर्टिफिकेट नभएमा,सामाजिक जीवन विमा नगराएमा वा कुनै गम्भीर ट्राफिक नियम उल...
जापानमा बच्चा जन्मियो ? पूरा गर्नुपर्छ यस्ता कानूनी प्रकृयाहरु
कानुनी कुरा, जानकारी

जापानमा बच्चा जन्मियो ? पूरा गर्नुपर्छ यस्ता कानूनी प्रकृयाहरु

केहिदिन अघि पेजमा एकजना बहिनीको म्यासेज आयो, "दाई बच्चाको भिषा जन्मेको कति दिनभित्र एप्लाई गर्नपर्ने हो ?कुयाक्सोमा गएर दर्ता गरेपछि पनि भिषा चाहिन्न होला भन्ने सोचेर बच्चाको भिषा नै एप्लाई नगरि बसेको पछि पो थाहा भयो, भिषा चाहिने रैछ भन्ने । भिषा एप्लाई गरेको १ महिना भयो के–के कागज लिएर आइजा भनेर एक पाना चिठी पठाएको छ इमिग्रेसनले, यि कागज पठायो भने भिषा त दिन्छ होला नि है ?"  भाषाको समस्याका कारण नै बच्चाले भिषा नपाउने स्थितीसम्म उहाँहरु पुगेको आँकलन गर्न मलाई समय लागेन । बच्चा जन्मेपछि हस्पिटलमै अथवा दर्ता गर्न जाँदा सिटी अफिसमा पक्कै वहाँहरुलाई अब के गर्ने भन्नेबारे बताइएकै थियो, तर वहाँहरुले बुझ्नुभएन र समस्यामा पर्नुभयो । तपाइलाई झट्ट सुन्दा यस्तो पनि हुन्छ र ? भन्ने लाग्नसक्छ तर आवश्यक जानकारीहरुको अभावमा विभिन्न समस्याबाट गुज्रिरहेका नेपालीहरुको जमात ठूलै छ जापानमा, यो हामीले नेपा...