Monday, May 17जापानबारे सबै कुरा

कानुनी कुरा

यस्तो हुन्छ जापानको भिसा एक्सटेन्सन गर्ने प्रकृया र आवश्यक कागजातहरु
कानुनी कुरा, जानकारी

यस्तो हुन्छ जापानको भिसा एक्सटेन्सन गर्ने प्रकृया र आवश्यक कागजातहरु

जापानमा भिसामा उल्लेख गरिएको समय भन्दा धेरै रहन चाहने जो कोहीले पनि भिसाको म्याद थप गर्नु पर्दछ । यसलाई प्राविधिक रुपमा बसाई अवधि थप पनि भनिन्छ । तपाई पनि जापानमा विद्यार्थी भिसा, वर्क भिसा वा अन्य प्रकारको कुनै दीर्घकालीन भिसामा हुनु हुन्छ र यसमा उल्लेख गरिएको म्याद सकिएपछि पनि बसिरहन चाहनु हुन्छ भने तपाईले स्थानीय अध्यागमन कार्यालयमा भिसाको म्याद थप गर्न आवेदन दिनु पर्दछ । जापानी भिसाको म्याद थपका लागि क–कसले आवेदन दिन सक्छ ? तपाईले भिसाको म्याद थपसम्बन्धी आवेदन आफैले बुझाउन सक्नु हुन्छ । तपाईसँग कुनै प्रायोजक छन् भने उनीहरुले पनि तपाईको तर्फबाट आवेदन पेश गर्न सक्छन् । जस्तैः - अन्तरराष्ट्रिय विद्यार्थीको तर्फबाट विद्यालयका प्रतिनिधिले आवेदन दिन सक्छन् । - कुनै जापानी कम्पनीमा कार्यरत व्यक्तिको तर्फबाट उसको रोजगारदाता वा कम्पनीका प्रतिनिधिले आवेदन दिन सक्छन् । - तपाई जापानी ना...
यि हुन जापानमा आय कर तिर्न ढिलो भयो लाग्ने जरिवाना
कानुनी कुरा

यि हुन जापानमा आय कर तिर्न ढिलो भयो लाग्ने जरिवाना

आय कर विवरण पेश भनेको तपाईले पाउनु भएको तलबमा तिर्नु पर्ने करको हिसाब गर्ने प्रक्रिया हो । तपाईले यस वर्षको आय कर विवरण आगामी वर्षको फेब्रुअरी १६ देखि मार्च १५ को बीचमा पेश गर्नु पर्दछ । यो समयसीमा भित्र तपाईले विवरण बुझाउन सक्नु भएन भने जरिवाना तिर्नु पर्दछ । आजको यस लेखमा तपाईले विवरण र आय कर समयमा बुझाउन सक्नु भएन भने सामना गर्नु पर्ने दण्ड जरिवानामा केन्द्रीत छ । दुई खालको जरिवाना भुक्तानी आय करको विवरण बुझाउन ढिला भएमा दुई खालको जरिवाना छः अतिरिक्त कर र बक्यौतामा कर । अतिरिक्त कर तपाईले समयमै आय कर विवरण बुझाउन सक्नु भएन वा कर बापत तिर्नु पर्ने रकमको गलत हिसाब गर्नु भयो भने यस्तो जरिवाना लाग्छ । अपराधजन्य कर तपाईले समयमै कर बुझाउन सक्नु भएन भने यस्तो जरिवाना लाग्छ । कर विवरण पेश गर्ने र कर भुक्तानीको समयसीमा गुज्रियो भने दुबै अवस्थामा अतिरिक्त कर र बक्यौता कर लाग्दछ । समयमै कर व...
जापानमा आफ्नो भिसा आँफैले कसरी स्पोन्सर गर्ने ?
कानुनी कुरा, जानकारी

जापानमा आफ्नो भिसा आँफैले कसरी स्पोन्सर गर्ने ?

जापानमा भिसा सम्बन्धित धेरै जानकारीहरु हामीहरुले लेखिसकेका छौं । सायद तपाईले ति पढ्नुपनि भएको छ । छैन भने हाम्रो वेवसाइट हेर्न सक्नुहुन्छ । आजको यस लेखमा हामीहरुले इमिग्रेशन अफिसले कसैले थाहा नपाउने गरी लुकाएर राखेको कुरा बताउन गइरहेका छौं । वर्किङ भिसा हासिल गर्ने प्रक्रिया झट्ट हेर्दा अलि सरल हो कि भन्ने लाग्न सक्छ । व्यवहारिक रुपमा यो भिसा पाउन सरल नभएपनि सिद्धान्तगत दृष्टिकोणमा भने यो सजिलो छ । यसका लागि तपाईले केही कामहरु गर्नु पर्छ । जस्तैः एउटा फुलटाइम जागिर खोज्ने । आवश्यक कागजपत्रहरु पेश गर्ने अनि अन्तिम निर्णय कहिले होला भनेर कुर्ने आदि । तर तपाई फ्रिलान्सरको रुपमा काम गर्न थाल्नु भयो । तपाईले गरिरहेको फूल टाइम काम छाडेर विभिन्न रोजगारदाताका लागि पार्ट टाइम काम गर्न थाल्नु भयो भने के हुन्छ ? यसको अर्थ तपाईले वर्किङ भिसा लिनै पाउनु हुन्न भन्ने हो त ? तपाईका मनमा यस्तै खाल...
जापानमा विद्यार्थीले नेन्किन तिर्नु पर्छ कि पर्दैन ?
कानुनी कुरा, जानकारी

जापानमा विद्यार्थीले नेन्किन तिर्नु पर्छ कि पर्दैन ?

जापानमा पहिलो पटक आउनु भएको हो भने यहाँ तपाईले गर्नु पर्ने कयौं चिज छन् । यिनै मध्ये तपाईले गर्नु पर्ने एउटा काम हो पेन्सनमा आबद्ध हुने । पेन्सनका स्लिपहरु स्वास्थ्य बीमा जस्तै हुन्छन्, यो बाक्लो खाममा आउँछन् अनि यसलाई हयाण्डल गर्ने उपयुक्त तरिकाबारे सबैमा एकमत पाइदैंन । आजको यस लेखमा जापानी राष्ट्रिय पेन्सनसँग सम्बन्धित धेरैजसो प्रश्नहरुको उत्तर दिने प्रयास गरिएको छ । तपाईले याद गर्नु पर्ने कुरा के हो भने तपाई बस्ने ठाउँ अनुसार पेन्सनसँग सम्बन्धित नियम र निर्देशिकाहरु फरक फरक हुन सक्छ । आजको यस लेख सामान्य जानकारी उपलब्ध गराउने उद्देश्यले तयार पारिएको छ ताकि तपाईलाई पेन्सन लिन सजिलो होस् । तर अझ विशिष्ट जानकारीका लागि भने तपाईहरुले आफ्नो विद्यालय वा मुख्य वडा / सिटी अफिसमा सम्पर्क गर्नुहोस् । विद्यार्थी बाहेक अन्य भिसामा जापानमा रहनुहुन्छ भने पेन्सनसम्बन्धि जानकारी पहिलेनै प्रकाशन भ...
जापानमा एइज्युकेन कसरी लिने ? आवश्यक डकुमेन्टहरु के–के हुन् ?
कानुनी कुरा, जानकारी

जापानमा एइज्युकेन कसरी लिने ? आवश्यक डकुमेन्टहरु के–के हुन् ?

जापानको पर्मानेन्ट रेसिडेन्सि (एइज्युकेन -永住権) अन्य देशहरुको भन्दा केही बढि समय लाग्ने तथा गाह्रो प्रकृया भएको त हामीले यसअघिका केही लेखहरुमा जानकारी लेखिसकेका छौं । आजको पोष्टमा स्थायि भिसा पाउन पूरा गर्नुपर्ने आवश्यक प्रकृया, आवश्यक कागजातहरु, भिसा एप्लाईको प्रकृया तथा पर्मानेन्ट रेसिडेन्सी पाइसकेपछि के गर्ने भन्ने विषयमा जानकारी दिंदैछौं । यो जानकारी हाम्रो अनुभव, स्थायि आवास भिसा लिइसकेकाहरुको अनुभव, इमिग्रेसन ब्यूरोको वेवसाइट तथा अन्य केही वेवसाइटमा प्राप्त सूचनाहरुका आधारमा तयार पारिएको हो । हामीलाई म्यासेजमा धेरै जनाले यस विषयका प्रश्नहरु सोधिरहनु हुने भएकाले हाम्रो आफ्नै सहजताका लागि पनि यो जानकारी एकत्रित गरिएको हो । स्थायि रेसिडेण्ट भिसा पाउन कत्तिको कठिन छ? जापानमा लामो समयसम्म बस्ने सोचमा हुनुहुन्छ भने स्थायि आवास भिसाका लागि आवेदन दिनुपर्छ । भिसा पाउन १० वर्षसम्म लगातार जापा...
यस्तो हुन्छ जापानी नागरिक बन्ने प्रकृया
कानुनी कुरा

यस्तो हुन्छ जापानी नागरिक बन्ने प्रकृया

जापानी नागरिक बन्नका लागि वा जापानको पासपोर्ट लिनका लागि के कस्ता प्रकृयाहरु पूरा गर्नुुपर्छ भन्ने धेरै जनाको म्यासेज आएपछि यो जानकारी लेखिएको हो । हाम्रो उदेश्य  नेपाली नागरिकता त्यागेर जापानी नागरिक बन्नका लागि  तपाईलाई प्रेरित गर्नु नभई आवश्यक प्रकृयाका बारेमा बुझिने हिसावले जानाकारी दिनु मात्र हो । धेरै जनालाई एक एक गरेर जानकारी दिइरहन झन्झट भएकाले पनि यो ब्लग लेखिएको हो ।  जापानी पासपोर्ट लिने वा जापानमै स्थायी रुपमा बस्ने सोच सोच राख्ने पक्कै पनि तपाइ एक्लो र पहिलो व्यक्ति होइन । विश्वभरीका अधिकांश मानिसका लागि जापान उपयुक्त बासस्थान बनेको छ । विश्वमा जताततै अस्थिरता फैलिरहेको अहिलेको अवस्थामा आर्थिक र सांस्कृतिक दुवै रुपमा जापान राम्रो विकल्प बनेको छ । अर्थतन्त्र त्यति विस्तार नभएपनि अर्थतन्त्रप्रति विश्वसनीयता र यो तुलनात्मक रुपमा स्थिर छ । यहाँँ आपराधिक गतिविधि पनि नगण्य रुपमा ...
जागिर गुम्यो ? अब वर्किङ भिसा के हुन्छ त ?
कानुनी कुरा

जागिर गुम्यो ? अब वर्किङ भिसा के हुन्छ त ?

पछिल्ला केही वर्षहरुमा जापानमा विदेशी कामदारको सङ्ख्यामा वृद्घि भइरहेको छ । त्यो संख्या नेपालीहरुको हकमा पनि बढेको छ । जापानमा आउने धेरै नेपालीहरुमध्ये कामदारको स्टाटसमा जापानमा बसोबास गर्नेहरुको संख्या धेरै छ । यदि तपाईले गर्दै गरेको जागिर स्थायी हो भने यो जानकारी तपाईका लागि होइन । अस्थायी वा सिमीत समयावधिका लागि तोकिएको जागिर गर्दै हुनुहुन्छ र कुनै बेला तपाइ वेरोजगार हुनु भयो भने तपाइको भिसाको स्तर के हन्छ भन्ने कुराको जानकारी आज यहाँ दिन लागिएको छ । वर्किङ भिसा के हो ? जापानमा विदेशी नागरिकहरुलाई बस्नका लागि जापानी सरकारले २७ ओटा भिन्दा भिन्दा भिसा दिने गरेको छ । २७ ओटा भिसा मध्ये प्रोफेशर, कलाकालार, कानून/एकाउण्टिङ सेवा र मेडिकल सेवाजस्ता १७ ओटा भिसालाई वर्किङ भिसा भनिन्छ । वर्किङ भिसा भएका विदेशी नागरिकलाई विशिष्ट क्षेत्रमा काम गर्न र जापानी तलव प्रकृयामा रहेर आम्दानी गर्ने अनुमति ...
यस्तो हुन्छ नेपालबाट डिपेन्डेन्ट ल्याउनका लागि पूरा गर्नुपर्ने प्रक्रिया
कानुनी कुरा

यस्तो हुन्छ नेपालबाट डिपेन्डेन्ट ल्याउनका लागि पूरा गर्नुपर्ने प्रक्रिया

हामीलाई म्यासेजमा धेरै सोधिने प्रश्नहरु मध्येको एक हो 'नेपालबाट डिपेन्डेन्ट भिसामा ल्याउन के गर्नुपर्छ ?' सबैलाई एक-एक गरेर सबै जानकारी दिन सम्भव नभएकाले नै यो विषयलाई व्लगकै रुपमा लेख्दैछौं । आशा छ यसले तपाईको जिज्ञासालाई केही हदसम्म कम गर्न मद्दत गर्नेछ । जापानमै रहेका दुईजना वीच विवाह भएर एकजना डिपेण्डेन्टका रुपमा कसरी बस्न सकिन्छ भन्ने विषयको जानकारी भने यो लिंकमा क्लिक गरि पढ्न सक्नुहुन्छ । तपार्इ जापान हुनुहुछ भने पक्कै पनि आफ्नो परिवारलाइ पनि यही ल्याउन चाहानुहुन्छ । आफ्नो परिवार वा बालबच्चासंग संगै बस्ने मन सबैलाई हुन्छ । डिपेन्डेन्ट भिसामा ल्याउनका लागि आवेदन दिंदैमा अनुमति पाइहालिन्छ भन्ने हुँदैन । अनुमति दिने नदिने भन्ने कुरा तपाई कुन तरिकाले जापानमा बस्दै हुनुहुन्छ भन्ने कुराले निर्धारण गर्छ । सामान्यतया कुनै कम्पनीको कर्मचारीका रुपमा जापान आएका नेपालीहरुले सजिलैसंग डिपेन्डे...
जापानमा विवाह दर्ता गर्न के–के डकुमेन्ट चाहिन्छ ? विवाहको प्रकृया कस्तो हुन्छ ?
कानुनी कुरा

जापानमा विवाह दर्ता गर्न के–के डकुमेन्ट चाहिन्छ ? विवाहको प्रकृया कस्तो हुन्छ ?

विभिन्न कारणले नेपाल छाडेर विदेशमा बसोबास गर्दै आइरहेका नेपालीहरुले विदेशमा नै विवाह गर्ने चलन नयाँ होइन । विदेशमै 'सेटल' भइसकेका हुन या 'करियर बनाउदै गरेका' प्रेमी प्रेमिकावीच होस् या बुवा आमाले नै जुराइदिएका जोडीहरु वीच विवाह जापानमा पनि हुनेगरेको पाइन्छ । हरेक देशमा विदेशीहरुको विवाह दर्ताका लागि आ-आफ्नै नियमहरु हुने गर्दछन् । आजको पोष्टमा हामी जापानमा रहेका २ नेपाली युवा युवतीवीच हुने विवाह र सोपश्चात गर्नुपर्ने कागजी कामका प्रकृयाका वारेमा बताउँदैछौं । जापानमा रहेको नेपाली समुदायमा २ किसिमले विवाह भएको देख्न पाइन्छ पहिलो नेपालमा गरिनेजस्तै गरि परम्परागत रुपमा विहे गर्ने, दोस्रो कानुनी रुपमा विहे गर्ने । विवाह जुन तरिकाले गरेपछि जापानमा विहे गरेको हो भन्ने आधिकारिकताका लागि विवाह दर्ता गर्नु अनिवार्य छ । सो कार्यका लागि आवश्यक प्रक्रियाहरुका वारेमा आज हामी चर्चा गर्नेछौं । विवाह...
जापानमा पार्ट टाइम काम गर्दा यि कुरामा ध्यान दिनुहोस्
कानुनी कुरा

जापानमा पार्ट टाइम काम गर्दा यि कुरामा ध्यान दिनुहोस्

अन्य कुरा लेख्नुभन्दा पहिले नै भनिहाँलौं, यो जानकारी जापानमा आउने तयारी गरिरहेका र हालसालै जापानमा आएका व्यक्तिहरुका लागि सहज होस् भनेर लेखिएको हो, तपाई लामो समयदेखि जापानमा हुनुहुन्छ र पार्ट टाइम कामदारका रुपमा विभिन्न कम्पनीहरुमा काम गर्दै आइरहनुभएको छ भने यहाँ लेखिनेमध्येका धेरै कुरा तपाईलाई पहिल्यै थाहा भइसकेका हुन सक्छन् । केही नयाँ जानकारी पनि हुनसक्छन्, यहाँसम्म आइसक्नुभयो, अब पूरै पढेर जानुहोला है त । :) कुनै ठाउँमा केही घण्टा काम गर्नुलाई नै सामान्य अर्थमा पार्ट टाइम काम (आरुबाइतो) भनेर बुझ्नुपर्छ । जापानमा पार्ट टाईम काम खोज्दैगर्दा वा काम गर्दै गर्दा निम्न कुरामा ध्यान दिनु आवश्यक छ : १. पार्ट टाइम काम गर्नुपूर्व पार्ट टाइम काम गर्नका लागि अनुमति (Part Time Job Permit) लिनु आवश्यक हुन्छ । यस्तो अनुमती नेपालबाट आउने बेला एयरपोर्टमै वा अध्यागमन विभागमा गएर लिनुपर्ने हुन्छ । ...
जापानमा कसरी सुरक्षित रुपमा साइकल चलाउने ? के छन् नियमहरु ?
कानुनी कुरा, जानकारी

जापानमा कसरी सुरक्षित रुपमा साइकल चलाउने ? के छन् नियमहरु ?

साइकल जापानीहरुको दैनिक जिवनको एउटा अभिन्न अंगजस्तै बनिरहेको छ । जापानीहरु यति धेरै साइकलको प्रयोग गर्छन कि, जुन कुराले जापान आउने वित्तिकै तपाईलाई अचम्म पार्नसक्छ । नेपालमा यहाँजस्तो सबै हैसियतका व्यक्तिहरु साइकल चढ्ने चलनको सुरुवात भैसकेको छैन त्यसैले पनि कोट पाइन्ट लगाएर साइकल दौडाइरहेका जापानीहरु देख्दा अचम्म मान्नु स्वभाविकै हो । जापान आएपनि नेपालीहरुको दैनिकीसंग पनि साइकल जोडिएरै आएको हुन्छ, विशेषगरि मुख्य सहरहरु भन्दा भित्री भागमा रहेका क्षेत्रहरुमा बसोबास गर्ने नेपालीहरुका लागि साइकलको महत्व अझ बढि देखिन्छ, काममा जान, किनमेल गर्न, साथीभाइहरुसंग घुमघाम गर्न लगाएतका विभिन्न कार्यहरुमा साइकल दौडाइरहेका नेपालीहरु देख्नु यहाँ नौलो कुरा होईन । अन्य सवारी साधनहरुजस्तै जापानमा साइकल चलाउँदा पनि पालना गर्नुपर्ने विभिन्न नियमहरु छन् र ति नियमहरुको पालना नगरेमा जरिवाना लाग्छ । आज हामी ज...
जापानमा बच्चा जन्मियो ? पूरा गर्नुपर्छ यस्ता कानूनी प्रकृयाहरु
कानुनी कुरा, जानकारी

जापानमा बच्चा जन्मियो ? पूरा गर्नुपर्छ यस्ता कानूनी प्रकृयाहरु

केहिदिन अघि पेजमा एकजना बहिनीको म्यासेज आयो, "दाई बच्चाको भिषा जन्मेको कति दिनभित्र एप्लाई गर्नपर्ने हो ?कुयाक्सोमा गएर दर्ता गरेपछि पनि भिषा चाहिन्न होला भन्ने सोचेर बच्चाको भिषा नै एप्लाई नगरि बसेको पछि पो थाहा भयो, भिषा चाहिने रैछ भन्ने । भिषा एप्लाई गरेको १ महिना भयो के–के कागज लिएर आइजा भनेर एक पाना चिठी पठाएको छ इमिग्रेसनले, यि कागज पठायो भने भिषा त दिन्छ होला नि है ?"  भाषाको समस्याका कारण नै बच्चाले भिषा नपाउने स्थितीसम्म उहाँहरु पुगेको आँकलन गर्न मलाई समय लागेन । बच्चा जन्मेपछि हस्पिटलमै अथवा दर्ता गर्न जाँदा सिटी अफिसमा पक्कै वहाँहरुलाई अब के गर्ने भन्नेबारे बताइएकै थियो, तर वहाँहरुले बुझ्नुभएन र समस्यामा पर्नुभयो । तपाइलाई झट्ट सुन्दा यस्तो पनि हुन्छ र ? भन्ने लाग्नसक्छ तर आवश्यक जानकारीहरुको अभावमा विभिन्न समस्याबाट गुज्रिरहेका नेपालीहरुको जमात ठूलै छ जापानमा, यो हामीले नेपा...