Sunday, June 13जापानबारे सबै कुरा

भाषा

जापानी साथी कसरी बनाउने ? भेट्दा कसरी बोल्ने ?
भाषा

जापानी साथी कसरी बनाउने ? भेट्दा कसरी बोल्ने ?

जापानमा रहँदा सबैभन्दा ठूलो आवश्यकता जापानी भाषाको हुन्छ । जापानमा विद्यार्थी भिषामै आएर नियमित स्कुल, कलेज जानेहरुले भाषा राम्रो जान्ने भएपनि अन्य भिषामा रहेका र जापानी भाषा बोल्नेहरुको संगतमा कम रहनेहरुका लागि भने जापानी भाषा सिक्न गाह्रो हुन्छ । केही समय अघिनै हामीले जापानी भाषा सजिलैसंग कसरी सिक्ने भन्ने बारेमा लेखेका थियौं । जापानी भाषा छिटो सिक्ने तरिकामध्येको एक जापानी साथीहरु बनाउनु र उनीहरुसंग नियमित कुराकानी गर्नु पनि हो । आजको पोष्टमा सोही बारेमा चर्चा गर्दैछौं । सामाजीक सर्कल वा क्लबहरुमा जोडिनुस् यदि तपाई विद्यार्थी हुनुहुन्छ भने कलेज तथा युनिभर्सिटीहरुमा हुने सामाजिक सर्कल तथा क्लब जस्तै फुटबल क्लब, म्यूजिक क्लब अदिमा संलग्न हुनुभयो भने जापानी साथीहरु बनाउन सजिलो हुन्छ, जापानी संस्कृति, रहनसहन तथा परम्परा बुझ्नका लागि सहज बन्छ । त्यस्तै बच्चाबच्ची पढ्ने स्कुलको अभिभावक ...
जापानमा हस्पिटल गएर कसरी कुरा गर्ने ?
भाषा

जापानमा हस्पिटल गएर कसरी कुरा गर्ने ?

नियमित स्वास्थ्य जाँचका लागि होस् या अकस्मात विरामी परेका कारण होस् जापानमा हुनुहुन्छ र जापानी भाषा राम्रोसंग आउँदैन भने हस्पिटल जान कि त भाषा जान्ने कसैको सहयोग लिनुपर्छ कि त अंग्रेजी भाषा बोल्ने डाक्टर नै खोज्नुपर्छ । दुवै कुरा नभेटिए रोग सहेरै घरमै बस्न पनि बाध्य हुनुपर्छ । यो जापानमा बस्ने धेरै नेपालीहरुले भोगेको समस्या हो । त्यही कुरालाई मध्यनजर गरेर केही समय पहिले नै हामीले जापानी भाषा नजानेपनि हस्पिटलमा गएर कसरी उपचार गराउन सकिन्छ भन्ने बारेमा जानकारी लेखेका थियौं जुन जानकारी यहाँ क्लिक गरि पढ्न सकिन्छ । आज भने बिरामी भएको बेला हस्पिटल जाँदा कसरी कुरा गर्ने भन्ने बारेमा जानकारी गराउँदैछौं । सर्बप्रथम बिरामी हस्पिटल वा क्लिनिकमा गएपछि रिसेप्सनमा हुने कुराकानीको नमूना हेरौं । बिरामी 'क' र रिसेप्सनिष्टलाई 'ख' मानौं । क. こんにちは。しんさつ を うけたいのですが。 (कोन्निचिवा, सिन्साचु ओ उकेताइ नोदेस...
जापानमा किनमेल गर्दा काम लाग्ने १० वाक्यहरु
भाषा

जापानमा किनमेल गर्दा काम लाग्ने १० वाक्यहरु

जापानी भाषा नजानेर सामान किनमेल गर्न समस्या भइरहेको अवस्थामा के गर्ने भन्ने जानकारी सहित केही समय अघिनै हामीले यो पोष्टमा लेखेका थियौ । आज भने किनमेलका लागि बजार निस्कँदा प्रयोग हुने जापानी भाषाका वाक्यांसहरुका वारेमा जानकारी दिंदैछौं । यि वाक्यहरु विशेषगरि कपडा तथा इलेक्ट्रिक सामानहरु किन्ने समयमा बढि प्रयोगमा आउँछन् । जापानमा नयाँ हुनुहुन्छ र जापानी भाषा सिक्दै हुनुहुन्छ भने यि कुरा अवश्यपनि तपाईलाई काम लाग्नेछ । 1. ちょっと見るだけです。 (च्योत्तो मिरु दाके देस) – म हेर्न मात्र चाहान्छु । 2. これはいくらですか? (कोरे वा इकुरा देस्का ?) – यसको मूल्य कति हो ? 3. セール商品はどこにありますか? (सेरु सो–हिन वा दोको नि आरिमास्का ?) – सेल लागेका सामानहरु कता छन् ? 4. ここは免税にできますか? (कोको वा मेन्जाइ नि देकिमास्का ?) – के तपाई यही भन्सार छुट दिन सक्नुहुन्छ ? 5. これをください。 (कोरे वो कुदासाइ) – कृपया, मलाई यो द...
पार्ट टाइम कामका लागि फोन गर्दा कुरा गर्ने तरिका
भाषा

पार्ट टाइम कामका लागि फोन गर्दा कुरा गर्ने तरिका

जापान आएको लामो समय होस् या भर्खरै आएको बेला होस्, विशेषगरि विद्यार्थी र डिपेन्डेन्ट भिषामा आउने र पार्ट टाइम काम गर्न चाहानेले काम पाउनका लगि सम्बन्धित कम्पनी वा म्यानेजरलाई एकपटक फोन गर्नैपर्ने हुनसक्छ । जापान आएको सुरुवाती समयमा भाषाको राम्रो ज्ञान नहुने र जानेपनि बोल्नका लागि आत्मविश्वासको कमी हुँदा राम्रा अवसरहरु पनि गुम्न सक्छन् । आजको पोष्टमा हामी जापानमा पार्ट टाइम काम गर्नका लागि फोन गर्दा हुने कुराकानीमा प्रयोग हुने भाषागत शव्दावलीहरु र संवादका वारेमा जानकारी दिंदैछौं । आशा छ यो जानकारीले जापान आउने तयारी गरिरहेका र जापानमा आएर पार्ट टाइम काम खोजिरहेका साथीहरुलाई केही न केही सहयोग पुग्नेछ । फोन गर्दा निम्न कुरामा ध्यान दिनुहोला :  -  तपाईले पार्ट टाइम जबको लागि फोन गर्नु अघि कुनै वेबसाइट अथवा किताब हेरेर फोन गर्न लाग्नु भएको हो भने किताब / वेबसाइटमा उल्लेखित कामको प्रकार, ...
रेष्टुरेन्टमा खाना खान जाँदै हुनुहुन्छ ? जानी राख्नुस् यि कुरा
भाषा

रेष्टुरेन्टमा खाना खान जाँदै हुनुहुन्छ ? जानी राख्नुस् यि कुरा

तपाइँ जापान घुम्न आउँदै हुनुहुन्छ ? अथवा भर्खरै जापान आउनु भएको हो र खाना खान जापानी रेष्टुरेण्टमा जान चाहनुहुन्छ भने रेष्टुरेण्टमा प्रयोग हुने केही शब्द/वाक्यहरु तपाइँले जानी राख्नुभयो भने तपाइँलाई धेरै सजिलो हुनेछ । हामी आज केही मुख्य शब्द तथा बाक्यहरु प्रस्तुत गर्दैछौं जसले जापानी रेष्टुरेण्टमा जाँदा तपाइँलाई धेरै सहयोग गर्नेछ । (क) पसलमा प्रवेश गर्ने बेलामाः सुमिमासेनः जापानको रेष्टुरेण्टमा साधारणतय प्रवेशद्वारमा वेटर उभिइरहेको हुन्छन् । तपाइँलाई प्रवेशद्वारबाट बस्ने सीटसम्म उनले नै गाइड गर्छन । पसलमा व्यस्तताले गर्दा प्रवेशद्वारमा कोही पनि नभएको अवस्था पनि रहनसक्छ । यदि प्रवेशद्वारमा कोही पनि नभएकाे खण्डमा तपाइँले 'सुमिमासेन' भनेर बोलाउन सक्नुहुनेछ । सुमिमासेनको ठाउँमा 'सुइमासेन' भन्ने पनि चलन छ । त्यसो त तपाइँले रेष्टुरेण्टमा बसेर खाना खाँदै हुनुहुन्छ र थप केही सेवा चाहिएमा तपाइँले...
यसो गर्नुस्, छिट्टै सिकिन्छ जापानी भाषा
भाषा, सल्लाह

यसो गर्नुस्, छिट्टै सिकिन्छ जापानी भाषा

अरुको भाषा सिक्नु आफैमा सजिलो काम होइन । आफ्नै मातृभाषाका त धेरै शब्द, तिनको अर्थ र उच्चारण प्रष्टसंग गर्न कठिन हुन्छ भने जन्मेको २–३ दशकपछि जापानी भाषा पढ्नु र सिक्नु आफैमा एउटा चुनौती हो । तर डराइहाल्नुपर्ने खालको चुनौती भने हैन है । :) जापानमा विभिन्न भिषामा नेपालीहरु आउनुहुन्छ, विद्यार्थी, कामदार, प्रशिक्षार्थी कामदार, डिपेन्डेन्ट र अन्य । भाषा विद्यार्थीका रुपमा जापान आउँदा आइसकेपछि नियमित भाषा नै पढ्नुपर्ने भएकाले जापानी भाषा सिक्ने काम अरुलाई भन्दा सहज हुन्छ, अन्य भिषामा आउने मध्ये धेरैका लागि भने जापानी भाषा 'फलामको चिउरा' सावित भैदिन्छ । यो तपाई हामीमध्ये धेरैले भोगेको सत्य हो । जापानी भाषा सिक्न र जान्नका लागि व्यक्तिपिच्छे फरक-फरक तरिका हुन सक्छन् । कतिले घोकेरै सिक्छन्, कसैले सुनेर, कसैले हेरेर त कसैले पढेर । आउनुस्, जापानी भाषा छिटो सिक्नका लागि के गर्न सकिन्छ, त्यसतर्फ ...