Sunday, October 24जापानबारे सबै कुरा

भाषा

यि हुन जापानमा अधिक प्रयोग हुने ‘वासेई एइगो’
जानकारी, भाषा

यि हुन जापानमा अधिक प्रयोग हुने ‘वासेई एइगो’

जापानमा विभिन्न प्रकारका 'वासेई एइगो' प्रयोग हुन्छ । वासेई एइगो अर्थात अंग्रेजीका साधारण शब्दलाई जोडेर वा परिवर्तन गरेर जापानी शब्दमा बनाउने प्रकृया । यसमा अंग्रेजी शब्द मात्र नभइ अन्य भाषाका शब्दहरु पनि समावेश गर्न सकिन्छ । यो त्यति प्रयोगमा नआउने र कहिलेकाहिँ विदेशीहरुले गलत अर्थ लगाउने पश्चिमी राष्टबाट लिइएकोे विभिन्न काताकाना शब्दहरु गाइराइ गो भन्दा फरक हो । तर यी दुवैलाई काताकाना वर्णमा लेखिन्छ र यीनलाई काताकाना अंग्रेजी भन्ने गरिन्छ । आजको लेखमा कार्यालयमा प्राय प्रयोगमा आउने केही वासेई एइगोका बारेमा जानकारी दिने प्रयास गरिएको छ । वास्तविक अंग्रेजी शब्दलाई भिन्दै अर्थ लगाएर प्रयोग गरिने वासेई एइगो एसएनएस अर्थ : सामजिक सञ्जाल वा सामाजिक नेटवकिं साइट सामाजिक नेटवर्किंङ साइट बुझाउने छोटो शब्द हो एसएनएस । शुरुमा यो शब्दले फेसबुक वा ट्विटरजस्ता सामाजिक नेटवर्किंङ साइट भन्ने अर...
अनलाइनमै जापानी भाषाको कोर्ष कसरी पढ्ने ?
भाषा

अनलाइनमै जापानी भाषाको कोर्ष कसरी पढ्ने ?

तपाई जापान बस्नु हुन्छ र यही काम पाउनु भयो भने अन्ततः तपाईले जापानी भाषा सिक्नै पर्छ । नयाँ भाषा सिक्न शुरुमा चुनौतीपूर्ण हुन सक्छ । तर कठोर मेहनत र लगनशिलताले यो चुनौती जित्न सकिन्छ । यसमा स्व–अध्ययन पनि निकै महत्वपूर्ण छ । सिकाईमा सफल हुन सही भाषा विद्यालय र शिक्षक उत्तिकै जरुरी हुन्छ । दुर्भाग्यबस कोरोना भाइरसको महामारीबीच भाषा सिकाईको प्रक्रिया सुस्त भएको छ । आजको यस लेखमा हामीहरुले अनलाइन जापानी कोर्सका लागि उपयोगी केही वेबसाइटबारे जानकारी दिन थालेका छौं । १. शोको जापानी विद्यालय यहाँ अनुभवी प्रशिक्षकहरु छन् । यिनीहरुले तपाईको प्राथमिकताअनुसार विविध खालका पाठ्यक्रम पढाइरहेका छन् । कसका लागिः जेएलपीटी उत्तिर्ण गर्न चाहने, जागिरका लागि अन्तर्वार्ताको तयारी गरिरहेका, बोली, पढाई र लेखन शैली सुधार्न चाहनेहरुका लागि मूल्यः शुरुआती कोर्स र मध्यम कोर्सका लागि मासिक ५ हजार येन । वेबसाइट...
डाक्टरलाई आफूलाई भइरहेको दुःखाईबारे कसरी बताउने ?
भाषा

डाक्टरलाई आफूलाई भइरहेको दुःखाईबारे कसरी बताउने ?

‘इताई’ शब्दको अर्थ पीडा भन्ने हुन्छ । जापानमा डाक्टरकहाँ जाँदा धेरै जसोले भन्ने पहिलो शब्द यही हो । यो एउटा शब्द धेरै थरी अवस्थामा प्रयोग गर्न सकिन्छ । तर डाक्टरकहाँ जचाँउन जाँदा यो एउटा शब्द बोलेर मात्रै हुँदैन । आफूलाई भइरहेको पीडाबारे स्पष्ट रुपमा बताउन अझै धेरै शब्दहरुको खाँचो पर्दछ । डाक्टर वा डेन्टिष्टले तपाईलाई पीडाबारे पीडा सहनै नसक्ने छ कि अलि अलि सहन सक्ने खालको छ ? कुनै बेला धेरै दुःख्ने अनि कुनै बेलामा दुःखाई कम हुने खालको पो छ कि ? भनेर सोध्न सक्छन् । अंग्रेजीमा जस्तै जापानीमा पनि पीडाको व्याख्या गर्न विविध शब्दको प्रयोग गरिन्छ । यी सबैबारे थाहा पाइराख्नु उपयोगी हुन्छ । नत्र डाक्टरलाई पीडाबारे बताउँदा के भन्नु अनि कसरी भन्नु भन्ने टाउको दुखाई सधैं रहन्छ । जापानी भाषमा फरक खालको पीडाको वर्णन गर्न अर्थानुकरण (ओनोमातोपाइया)को प्रयोग गरिन्छ । यसका केही अपवादहरु पनि छन् । यसका केही...
यसरी भर्न सकिन्छ जेएलपिटीको अनलाइन फारम
जानकारी, भाषा

यसरी भर्न सकिन्छ जेएलपिटीको अनलाइन फारम

जापानी ल्यांग्वेज प्रोफिसियन्सी टेष्टबारे यस अघिका लेखहरुमा थुप्रै जानकारीहरु दिइसकिएको छ । आजको लेखमा यो परिक्षाका लागि अनलाइन आवदेन कसरी दिने भन्ने जानकारी प्रस्तुत गरिएको छ । परिक्षा मिति पहिला त परिक्षा शुरु हुने मितिका बारेमा स्पष्ट हुन आवश्यक छ । जेएलपिटीको परिक्षा हरेक बर्ष जुलाई र डिसेम्बर महिनालाई हुने गरेको छ । पार्ट १ः माईजेएलपिटी एकाउण्ट सेट अप गर्ने स्टेप १ः माईजेएलपिटी एकाण्टका लागि आवेदन दिने । आवेदन दिनका लागि यो लिंकमा क्लिक गर्नुहोस् । व्यक्तिगत रुपमा आवेदन दिने भएकाले पहिलो बटनमा क्लिक गर्नुहोस् ।  स्टेप २ः अब आफुलाई जे मा सजिलो हुन्छ सोही भाषा छान्ने । भाषा अंग्रेजी र जापानी दुई मध्येबाट एक छान्न सकिन्छ । स्टेप ३ः टर्म र कण्डिशनहरु एग्रि गर्ने र अघि बढ्ने । त्यसका लागि दायाँतर्फ रहेको आइ एग्रि लेखिएको हरियो बटनमा क्लिक गर्ने । स्टेप ४ः अब खुल्ने पेजमा तपाईक...
जापानी उद्योग र तीनका नाम
भाषा

जापानी उद्योग र तीनका नाम

जापानीमा उद्योगका बारेमा कुरा गर्ने सरल उपाय छन् । शब्दको अन्त्यमा 業界 (ग्योखाई, उद्योग) थपिदिए पुग्छ । आजको लेखमा जापानी उद्योग र तीनका जापानी नामका बारेमा जानकारी दिने तयारी गरेका छौं । १. म्यानुफ्याक्चरिंग उद्योग メーカー (मे-का-)- म्यानुफयाक्चर, निर्माता 食品·農林·水産  (स्योकुहिन,नोउरिन,सुइसान) - खाद्यान्न, कृषि र वन, फिशरी 建設 (केन्चिकु) - निर्माण 繊維( सेन्इ)-टेक्सटाइल 化学 (खागाकु) - रसायन 製薬 (सेइयाकु) - औषधि 化粧品 (खेस्योउहिन्) - कस्मेटिक 鉄鋼·金属 (तेक्कोउ किन्जोकु) - फलाम र स्टिल,धातु 電子·電気機器 (देन्सी देन्कीकिकी) - इलेक्ट्रोनिक्स 自動車·輸送用機器 (जिदोउस्या युसोउयोउकिकी) - अटोमोबाइलरयातायात 精密·医療機器 (सेइमिचु इर्योउकिकी) - प्रेसिजन, मेडिकल उपकरण スポーツ(सुपोअचु) - खेल 玩具(ओमोच्या) - खेलौना २. सेवा उद्योग サービス (सा-बिसु) –सेवा 不動産 (फुदोउसान) - रियलइष्टेट 運輸·物流 (उनयु बुचुर्युउ) - यातायात 電力·ガス·...
जागिरका लागि अन्तवार्तामा सोध्न सकिने प्रश्नहरु
जानकारी, भाषा

जागिरका लागि अन्तवार्तामा सोध्न सकिने प्रश्नहरु

जापानमा पढाई सकेर कम्पनीमा काम गर्नका लागि लिइने अन्तवार्तामा कसरी प्रस्तुत हुने, के–के तयारी गर्ने, कस्तो ड्रेस लगाउने, रिरेकिस्यो कसरी तयार पार्ने लगायतका धेरै विषयहरुमा यसअघिका लेखहरुमा समेत हामीले धेरै जानकारी लेखिसकेका छौं । आजको जानकारी भने कामका लागि अन्तवार्तामा सोध्न सकिने सम्भावित प्रश्नावलीका नमूना प्रस्तुत गरेका छौं । आशा छ यो जानकारी तपाईका लागि उपयोगी हुनेछ । 1.自己紹介をお願いします。(जीको स्योउखाइ वो ओनेगाइसिमास ) - तपाईको बारेमा भन्नुहोस् । 2.ご自身の強み・弱み(得意なこと/苦手な事・ 長所/短所)をお聞かせください。(गो जिसिन् नो चुयोमी•योवामी (तोकुइ ना कोतो/निगाते ना कोतो • च्योउस्यो/तान्स्यो) वो ओकिकासेकुदासाइ) - तपाईको राम्रो पोइन्ट र नराम्रो पोइन्ट भन्नुहोस् । 3.仕事で大切だと思うことは?(सिगोतो दे ताइसेचु दा तो ओमोउ कोतोवा ?)- काममा महत्वपूर्ण लाग्ने चीज के हो ? 4.どんな瞬間で仕事へのやりがいや喜びを感じますか?(द...
जापानी  भाषा सिक्दा हुने तीन ठूला गल्ती
जानकारी, भाषा

जापानी भाषा सिक्दा हुने तीन ठूला गल्ती

जापानी पढ्न निकै कठिन हुन्छ र यसमा माष्टर बन्ने कुरा त करीब करीब असम्भव नै छ । यो कुरा हामीले धेरै पटक सुनिसकेका छौं । जापानी भाषा आफ्नो राष्ट्रिय भाषा नहुनेहरुले कसरी संवाद गर्छन् ?यहाँ आधा जापानी, जापानीसँग विवाहित वा थुप्रै वर्ष जापान बसिसकेर पनि जापानी भाषा नआउने थुप्रै विदेशीहरु छन् । तीनलाई बेशिक भाषा पनि नआउने हुन सक्छ । विदेशी भाषाको सिकाईमा धेरै तत्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । आजको लेखमा जापानी भाषा सिक्न संघर्षरत विद्यार्थीले गर्ने तीन प्रमुख गल्तीका बारेमा जानकारी दिने प्रयास गरिएको छ । १. अनुवाद विद्यार्थीहरु भाषा सिक्नुको प्रमुख लक्ष्य विर्सिएर जानी नजानी अनुवादक बन्छन् । पहिला उनीहरु आफूले भन्न चाहेको कुरा सोच्छन् र अनुबाद गर्छन। हरेक शब्द उनीहरु अनुवाद गर्नतिर लाग्छन् । शुरुमा यो अनुवाद प्रणाली विर्सिएर आफूले सिकेका वाक्य र शब्दको ...
कन्भिनियन्स स्टोरमा प्रयोग हुने वाक्यांशहरु
भाषा

कन्भिनियन्स स्टोरमा प्रयोग हुने वाक्यांशहरु

आजको लेखमा जापानको कन्भिनियन्स स्टोर (कन्बिनी) मा सामान किन्न जाँदा जान्नैपर्ने केही वाक्यांशहरुबारे जानकारी दिन गइरहेका छौं । जापानमा नयाँ हुनुहुन्छ वा जापानी भाषा सिक्दै हुनुहुन्छ भने यि वाक्यांशहरु तपाईलाई अवश्यपनि फलदायी हुनेछन् । १. いらっしゃいませ。 – इरास्स्याइमासे (स्वागत छ।) २. こちらを温めますか? – कोचिरा वो आतातामेमास्का ? (यो तातो गर्दा हुन्छ ?) केही खानेकुरा वा सुप र स्न्याक आइटमका लागि कर्मचारीले खानेकुरा तताउनु पर्छ कि भनेर सोध्न यो वाक्यांशको प्रयोग गर्छन् । जापानी स्टोरहरु सम्पूर्ण सुविधाका लागि हुन् । त्यहाँ भएका उच्च तापमानका माइक्रोवेभमा २० सेकेण्डमै खानेकुरा तताउने व्यवस्था छ । ३. お弁当温めますか? – ओबेन्तोउ आतातामेमास्का ? (बेन्तोउ (प्याक गरेर बेच्न राखिएको खाना) तातो गर्दा हुन्छ ?) ४. お箸रスプーンरストローをお付けしますか。 – ओहासीरसुपु(नरसुतोरो(वो ओचुकेसिमास्का ? (चपस्टिकरचम्चारजुस पि...
जापानको कम्पनीमा काम गर्दा प्रयोग गरिने वाक्यांशहरू
भाषा

जापानको कम्पनीमा काम गर्दा प्रयोग गरिने वाक्यांशहरू

जापानी कम्पनीका नयाँ कामदारहरुले ध्यान दिनुपर्ने कुराहरुका बारेमा केही समय अघिनै हामीले जानकारी लेखिसकेका छौं । पढ्नुभएको छैन भने यहाँ क्लिक गरि पढ्न सक्नुहुनेछ । आजको जानकारी जापानी कम्पनीमा काम गर्दा प्रयोग हुने वाक्याशंहरुका सम्बन्धमा छ । जापानी भाषा सिक्दै हुनुहुन्छ भने यो जानकारी पक्कै पनि तपाईका लागि उपयोगी हुन्छ भन्ने अपेक्षा गरेका छौं । अभिवादनको बेलामा おはようございます。 (ओहायोउ गोजाइमास्) - शुभ प्रभात こんにちは。 ( कोन्निचिवा ) - शुभ दिन , नमस्ते お元気ですか? ( ओगेन्की देस्का ? ) - तपाईलाई कस्तो छ ? ありがとうございます。 (आरिगातोउ गोजाइमास्) - धन्यवाद बाहिर जाने बेलामा いってきます。 (इत्ते किमास्) - बाहिर गएर आउँछु । कम्पनीबाट काम सकेर घर फर्कने बेला お先に失礼します。 (ओसाकि नि निसिचुरेइसिमास्) - म पहिला घर गए है । जवाफ - お疲れ様でした おつかれさまでした (ओचुखारेसामादेसिता) - परिश्रम गर्नुभएकोमा, धन्यवाद...
यि हुन् जापानी भाषा सिक्ने पाँच प्रभावकारी तरिका
भाषा

यि हुन् जापानी भाषा सिक्ने पाँच प्रभावकारी तरिका

तपाई हामीमध्ये धेरैलाई लाग्न सक्छ कि खान्जी नहुँदो हो त जापानी भाषा पढ्न र लेख्न निकै सजिलो हुनेथियो । जापानी भाषामा खान्जी किन आवश्यक छ भनेर हामीले केही पहिलेको पोष्टमा लेखिसकेका छौं । पढ्नुभएको छैन भने यहाँ क्लिक गरि पढ्न सक्नुहुन्छ । धेरैको अनुभवका आधारमा भन्ने हो भने जापानी भाषा विश्वका कठिन भाषाहरु मध्येको एक हो । आजको लेख त्यस्ता व्यक्तिहरुलाई काम लाग्छ जसले यो भाषा सिक्न शुरु गरिसकेका छन् । १. जति सकिन्छ त्यति पढ्ने यदि तपाइले जापानी भाषा सिक्न शुरु गरिसक्नु भएको छ र हिरागाना र काताकाना र केही खान्जीहरु पनि आउँछ भने जापानी पढाइका लागि तपाइ योग्य हुुनुहुन्छ । अब केही थोरै थोरै जापानीबाट पढाइ शुरु गर्न सकिन्छ । सबै पाठ्यक्रम संकलन गरेर पढ्न शुरु गर्ने र केही पछि अलि कठिन जापानी लेख रचना पढ्न शुरु गर्न सकिन्छ । जापानी लेखहरु पढ्दा शुरु शुरुमा केही बुझ्न सकिँदैन । त्यसका लागि लेखको...
उपयोगी ३ खान्जी र तिनबाट बन्ने शब्दहरु
भाषा

उपयोगी ३ खान्जी र तिनबाट बन्ने शब्दहरु

खान्जीलाई प्राय हिरागानासँग मिसाएर लेखिन्छ । खान्जी एउटा चिनियाँ अक्षर हो जसलाई जापानी शब्दको स्वरुप जापानीहरुले प्रयोग गर्छन् । कुनै पनि जापानी शब्द खान्जी र हिरागाना दुईवटा तरिकाले लेख्न सकिन्छ जसको अर्थ पनि एउटै हुन्छ । जस्तै खान्जी – 本、हिरागाना – ほん , यो दुईवटा शब्दको अर्थ पनि र उच्चारण पनि एउटै हो । खान्जी पाठ १ – 前 उच्चारण – जेन, माए अर्थ – पहिले यस खान्जीबाट बन्ने शब्दहरु  名前 (नामाए) – नाम 午前 ( गोजेन ) – बिहान 前進 (जेनसिन) – अग्रसर हुनु , प्रगती गर्नु 前日 ( जेनजीचु ) – अघिल्लो दिन 人前 ( हितोमाए ) – सार्वजनिक, मान्छेको अगाडि 前後 ( जेंगो ) – अगाडि र पछाडि , अघि र पछि 事前 ( जिजेन ) –  अगाडिको, पहिलेको 以前 ( इजेन ) –  बितिसकेको , पूर्व 直前 ( च्योकुजेन ) – अलिकति अगाडि 前例 ( जेनरेई ) – अगुवा, अग्रगामी, नमुना 前回 ( जेन्खाइ ) –  पछिल्लो पटक 前者 (जेनस्या)...
रिरेकिस्यो भर्दा प्रयोग हुने शब्दहरुको नेपाली अर्थ
भाषा

रिरेकिस्यो भर्दा प्रयोग हुने शब्दहरुको नेपाली अर्थ

जापानी भाषामा CV लाई 履歴書 'रिरेकिस्यो' भनिन्छ । यदि तपाई जापानमा काम गर्ने सोचमा हुनुहुन्छ भने यो भर्न सिक्नु एकदमै महत्वपूर्ण छ । CV मा तपाईले तपाई को हो ? तपाईको शैक्षिक योग्यता कति सम्म छ ? र तपाईको क्षमता के छ ? भन्ने कुरा प्रष्ट पार्न जरुरी छ । रिरेकिस्यो कसरी भर्ने र के–के लेख्ने भन्नेबारेमा केही पहिलेनै हामीले जानकारी लेखिसकेका थियौं । (लिंक अन्तिममा छ ) आज भने रिरेकिस्यो भर्दा प्रयोग हुने शब्दहरु र नेपालीमा तिनको अर्थबारे जानकारी दिने प्रयास गरेका छौं । यि शब्दहरु रिरेकिस्यो लेख्ने समयमा मात्र नभई अन्य समयमा पनि काम लाग्न सक्छन् । सामान्य जानकारी 記入日(किन्युउबि ) –  लेखिएको मिति 日現在(निचिगेन्जाई) – सोही दिनको मिति 氏名(सिमेई)। – अग्रेजी अक्षरले लेखिएको आफनो नाम लेख्ने ठाँउ ふりがな(फुरीगाना)- जापानी हिरागाना अझरमा आफ्नो नाम लेख्ने ठाँउ 生年月日(सेइनेनगाप्पी) – जन्म मिति 男(ओ...
यि हुन जापानमा बुद्धका १० लोकप्रिय मूर्तिहरु
भाषा

यि हुन जापानमा बुद्धका १० लोकप्रिय मूर्तिहरु

जापानमा बुद्धिजमको शुरुआत सयौं वर्ष अघि भएको भन्ने मान्यता रहँदै आएको छ । जापानमा पनि यसको प्रभाव अत्यन्त परेको छ र यहाँ बुद्धिष्ट मन्दिर र यसलाई पछ्याउने सङ्ख्या थोरै छैन । यस्ता मन्दिरहरु पर्यटकहरुका लागि आकर्षणका केन्द्र पनि हुन । केही समय पहिले नेपाली मूर्तिकारहरुले जापानको कुमामोतोमा बुद्धको बिशाल मूर्ति कुँदिरहेको समाचार निकै चर्चामा थियो । जापानमा रहेका नेपालीहरुवीच पनि फुर्सदको समयमा बुद्धका मूर्तिहरु भएका स्थानाहरुमा घुमघाम तथा दर्शनका लागि जाने चलन छ । आजको लेखमा जापानमा लोकप्रिय १० स्थानहरु जहाँ बुद्धका मूर्ति छन् तिनका बारेमा जानकारी दिने प्रयास गरेका छौं । जानकारी उपयोगी लाग्यो भने सेयर गरिदिनुस् है । 1. Nara Daibutsu , Todaiji Temple, Nara prefecture नारा डाइबुत्सु, जापानको प्रसिद्ध र पुरानो बुद्ध मन्दिर हो । यो नारा प्रिफेक्चरको तोदाइजि टेम्पलमा रहेको छ । यहाँ रहेको ग्रेट ...