जापानमा सन्तानः जन्माउनु र हुर्काउनुको यथार्थता
हामी सानै छँदा नै सुन्दै आएको कुरा हो, जापान एउटा बिकसित मुलुक हो । धेरै पहिले नेपालबाट जापान आउने नेपालीको संख्या निकै थोरै भएर होला, त्यो बेला नेपालीको लागि जापानएउटा सपनाको संसार जस्तो नै लाग्दथ्यो ।
पहिलेको तुलानामा हाल नेपालीको संख्या बढेको र आउने माध्यम पनि बिभिन्न किसिमका हुने भएकोले पहिले जस्तो महत्व नभएपनि, नेपालमा रोजगारको अभाव, आउनको लागि अलि बढि खर्चिलो भएर होला धेरैका लागि अहिले पनि जापान सपनाको शहर हुन सक्छ । बिभिन्न भिषामा जापान आई आफनो परिवार (श्रीमान वा श्रीमतीलाई) जापान बोलाई सकेपछि बच्चा जन्माएर हुर्काउने, जापानमै राख्ने प्रकृयामा केहि अनुभवहरू यहाँहरु समक्ष राख्न चाहन्छु । यि मेरा नितान्तै व्यक्तिगत विचार र देखेभोगेका अनुभवहरु हुन्, यहाँ बसोबास गर्दै आइरहनुभएका सबैको हकमा यि कुरा लागु नहुन पनि सक्दछन् ।
जापानको स्वास्थ्य क्षेत्र यहाँ बसोबास गर्ने बिदेशी नागरिक (जस...