Sunday, December 4जापानबारे सबै कुरा

टेक कर्नर

जापानमा आइफोन मर्मत कसरी गर्ने?
जानकारी, टेक कर्नर

जापानमा आइफोन मर्मत कसरी गर्ने?

यदि तपाइको आइफोन विग्रियो भने एप्पलको आधिकारीक मर्मत केन्द्र एप्पल स्टोरमा आइफोन बनाउन सक्नुहुन्छ । त्यति मात्र नभएर अन्य रिपेयर शपहरुमा समेत गएर फोन बनाउन सकिन्छ । अन्त कता कता बनाउन सकिन्छ त ? आजको लेखमा आइफोन मर्मत पसलका फाइदा र बेफाइदाका बारेमा केही जानकारी दिने प्रयास गरिएको छ । साथै केही जापानी शब्दका बारमा पनि बताउने प्रयास गर्नेछौं । एप्पलको आधिकारीक सेवा प्रदायको फाइदा सक्कली पूर्जाको प्रयोग पुराना पूर्जा बदल्न नयाँ एप्पलको उत्पादकले बनाएका नयाँ पूर्जाको प्रयोग गरिन्छ । यसले गर्दा मर्मत गरेपछि तपाइको फोन नयाँ जस्तै देखिन्छ । वारेण्टी कभरेजसँगै न्यून मर्मत खर्च एप्पलकेयर र वारेण्टी कभरेज मिलेपछि तपाइले निःशुल्क ब्याट्री परिवर्तन, ३ हजार ४ सय येनमा स्क्रिन बनाउन र ११ हजार ८ सय येनमा दुइपटकसम्म अन्य प्रकारका मर्मतहरु गर्न सक्नुहुन्छ । बेफाइदा लामो समय पर्खिनुपर्ने तपाइको फो...
जापानीमा टाइप गर्दा समय बचाउने तरिका
जानकारी, टेक कर्नर

जापानीमा टाइप गर्दा समय बचाउने तरिका

जापानी व्यवसायिक इ-मेलहरु निश्चित खालको टेम्प्लेट अनुसार लेखिन्छ । तर यसमा कयौं लामो, औपचारिक अभिव्यक्ति हुन्छन् । यसलाई पटक पटक टाइप गर्नु झन्झटिलो र दक्क लाग्दो हुन सक्छ । आजको यस लेखमा हामीहरुले जापानीमा टाइप गर्दा समयको बचत कसरी गर्ने भन्नेबारे बताउन गइरहेका छौं । जापानीमा टाइपिङ कुनै जमानामा हातले कति धेरै लेख्नु पथ्र्यो । तर अहिले ती दिनहरु पुराना भइसकेका छन् । आजभोली अधिकांश कुरा कम्प्युटर वा किबोर्डमा टाइप गरिन्छ । फलतः जापानी भाषा टाइप गर्नु पनि सजिलो भएको छ । कतिपयलाई त यो अति नै सरल लाग्न सक्छ । तर भर्खरै जापानी भाषा सिकिरहेकाहरु अनि खान्जी बुझ्न गाह्रो हुनेलाई भने पक्कै पनि टाइप बरदान नै हो । जापानी किबोर्डमा अन्य प्रतिक चलाउन सकिन्छ । अनि फंशनका रुपमा परिणत गर्न सकिने इमिटिकन्स पनि हुन्छन् । जस्तै やじるしटाइप गरेर तपाईले स्पेश हान्नु भयो भने नोट वा इमेलमा प्रयोग गर्न सकिने विभि...
अनलाइनमा सस्तो सामान कसरी खोज्ने ?
टेक कर्नर

अनलाइनमा सस्तो सामान कसरी खोज्ने ?

जापानमा बस्ने नेपालीहरुमाझ अनलाइन सपिङको चलन बढिरहेको छ । तर सस्तो सामान खोज्दा फेसबुकमार्फत विक्री हुने विभिन्न सामानहरुमा धेरै नेपालीहरु ठगिइएका छन् । जापानमा धेरै अनलाइन सपिङ साइटहरु छन्, ति सबैमा एउटै सामानको पनि फरक-फरक मूल्य हुन्छ । तिमध्ये सस्तो कुनमा पर्छ भन्ने खोज्न समय लाग्छ । त्यस्तो अवस्थामा प्राइस कम्प्यारिजन गर्ने वेवसाइटहरु उपयोगी हुन्छन् । यो जानकारी त्यस्तै वेसाइटका बारेमा हो । चाहे अनलाइनमा शपिङ गर्न होस् वा अफलाइन जापानमा क्रेताहरुको लागि महत्वपूर्ण औजार हो मूल्य तुलना गर्ने साइट काकाकु डट कम । जापानमा त्यति धेरै नाम नसुनेका अनेक इ–कमर्श बजार छन् । राकुतेन र एमाजन जापान अनलाइन खुद्रा क्रेतामाझ निकै चलेको वेवसाइट हो तर आफूलाई चाहिएको वस्तु कहाँ सस्तोमा पाइन्छ भनेर खोज्न भने काकाकु नै उत्तम गन्तव्य हो । व्यवसायिक दृष्टिकोणमा काकाकुडटकमले मूल्यको तुलनात्मक सूचि (यसका ...