आय कर विवरण पेश र कर भुक्तानीमा ढिलाई गरे लाग्ने जरिवाना
जापानमा आय कर विवरण पेश गर्ने भनेको तपाईले आफू पाउनु भएको तलबमा तिर्नु पर्ने करको हिसाब गर्नु हो । तपाईले आय कर विवरण बुझाउनु छ भने आउँदो वर्षको फेब्रुअरी १६ देखि मार्च १५ को बीचमा पेश गर्नु पर्छ । तोकिएको म्यादभित्र विवरण पेश गर्न सकिएन भने तपाईले दन्डको सामना गर्नु पर्ने हुन सक्छ । आजको यस लेखमा हामीहरुले कर विवरण बुझाउन ढिला भयो भने कस्तो खालको दन्ड सजाय भोग्नु पर्छ भनेर बताउन गइरहेका छौं ।
दुई खालको जरिवाना भुक्तानी
कर विवरण बुझाउन ढिला हुँदा दुुई खालको दन्ड छ । त्यो होः अतिरिक्त कर र कर बक्यौता
अतिरिक्त कर - तपाईले समयमै आय कर विवरण बुझाउन सक्नु भएन वा करको रकम गलत हिसाब गर्नु भयो भने यस्तो खालको जरिवाना तिर्नु पर्छ ।
कसुर कर - तपाईले समयमै कर तिर्न सक्नु भएन भने यो कर लगाइन्छ ।
कर विवरण पेश गर्ने र कर भुक्तानीको म्याद गुज्रियो अतिरिक्त कर र कसुर कर दुबै तिर्नु पर्ने हुन सक...