जापानमा ‘हेल्थ इन्स्योरेन्स’ (केन्कोउ होकेन) किन तिर्ने ?
जापानमा हुनुहुन्छ भने राष्ट्रिय स्वास्थ्य बीमा ('कोकुमिन केन्कोउ होकेन'–सजिलोका लागि 'होकेन' मात्र भन्ने गरिएको) को बारेमा धेरथोर जानकार पक्कै हुनुहुन्छ । यो बीमा प्रणालीमा प्रवेश गरेपछि वडा कार्यालयबाट विमा प्रमाण पत्र (होकेन्स्यो) पाइन्छ जसलाई अस्पतालमा जँचाउने बेला, औषधी किन्दा लगायतका चिकित्सा कार्यहरुमा प्रयोग गर्न सकिन्छ ।
उपचारका क्रममा बीमा कार्डको प्रयोग गर्दा सामान्यतया उपचारको लागत खर्चमा ७० प्रतिशत छुट हुन्छ, अर्थात ३० प्रतिशत रकम मात्र तिरे पुग्छ तर ७० बर्ष वा सोभन्दा बढि उमेरका बृद्धबृद्धाको हकमा १० प्रतिशत मात्र रकम तिरे पुग्छ । बृद्धबृद्धाको हकमा जवान व्यक्तिसरह आय भएकाले भने ३० प्रतिशत नै तिर्नुपर्छ । राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा सुत्केरी हुँदा भुक्तानी दिइने बालबालिका हुर्काउने तथा सुत्केरी शिशु स्याहार भत्ता रकम (स्युस्सान इकुजी इचिजि–किन) र मृत्यु हुँदाको दाह...