किन विवाह गर्दैनन् जापानीहरु ?
जापानमा अविवाहितको संख्या उच्च छ । सरकारी तथ्यांकअनसार २० देखि ४९ वर्ष उमेरका करीब एक चौथाई मानिसहरु एकल छन् । यो उमेरका मानिसहरुले प्रायः विवाह गर्ने इच्छा त राख्छन् । तर पुरातन सामाजिक धारणा र बढ्दो आर्थिक् दबाबका कारण विवाह बन्धनलाई झन झन कठिन बनाइरहेको छ । विवाहको उमेरसम्मै अभिभावकसँग बसिरहेकाहरुलाई तत्कालै जीवनसाथी खोज्ने दबाब अलि कम हुने टोकियोस्थित चुओ विश्वविद्यालयमा समाजशास्त्रका प्रध्यापक मासाहिरो यामादाले भने । ‘आफ्ना शर्तहरु पूरा नगर्ने कसैसँग सम्बन्धमा रहनुलाई उनीहरु समयको वर्वादी ठान्छन्,’ उनले भने । अनि उनीहरु राम्रो विकल्पको लागि पर्खन पनि नसक्ने उनको भनाई छ । यस्ता मानिसहरुलाई उनले ‘परजीवित एकल’को संज्ञा दिएका छन् ।
श्रीमान वा श्रीमतिसँग दीर्घकालीन वित्तीय सुरक्षालाई महत्व दिइने भएपनि बुताले धान्न सक्ने घर खोज्न हुने कठिनाईका कारण उनीहरु आमा–बुबासँगै बस्न बढी प्रेरित हु...