जापानमा कोठा भाडामा लिंदा लाग्ने १० थरि शुल्कहरु
पढाई सकेर कम्पनीमा कामदारका रुपमा छिरेका हुन् या नयाँ कलेज तथा युनिभर्सिटीमा पढाई सुरु गरेका विद्यार्थी हुन् यो समयमा धेरै साथीहरु एक स्थानबाट अर्को स्थानमा सर्नुपर्ने हुन्छ । अन्य भिसामा रहनुभएका साथीहरुलाई पनि विभिन्न कारणले बसिरहेको ठाउँ छाडेर अर्को ठाउँमा नयाँ कोठा लिनुपर्ने हुन्छ ।
जापानमा केही लामो समय बसिरहनुभएको हो भने तपाईले यि कुरा भोगेकै हुनुपर्छ तरपनि नयाँ ठाउँमा कोठा भाडामा लिंदा लाग्ने पूरा खर्च के–के कुरामा लाग्ने हो, मासिक भाडासंगै अन्य चार्जहरु लाग्ने हुन् कि होइनन्प, सुरुमा तिर्नुपर्ने रकम कति हो, कन्ट्रयाक्ट रिन्यु गर्दा लाग्ने खर्च के–के हो र लिन लागेको कोठामा बस्दा पालना गर्नुपर्ने नियमहरु के–के हुन भन्ने बारेमा राम्रोसंग बुझेर मात्र कोठा लिनुभयो भने पछि समस्या हुँदैन । जापानमा एक ठाउँबाट अर्को ठाउँमा कोठा सर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा भने हामीले पहिलेनै यो...