Wednesday, September 22जापानबारे सबै कुरा

जानकारी

जापानको जाइर्यु कार्डसंग सम्बन्धित १० प्रश्नोत्तर
जानकारी

जापानको जाइर्यु कार्डसंग सम्बन्धित १० प्रश्नोत्तर

जुलाई ९, २०१२ देखि जापानमा नयाँ बसोबास व्यवस्थापन प्रणाली लागू भएपछि मध्य र लामो समय बसोबास अनुमती पाएका सबै विदेशीहरुलाई रेसिडेन्स कार्ड(जापानी भाषामा जाइर्यु कार्ड भनिन्छ) उपलव्ध गराउन थालिएको हो जसमा फोटो, नाम, राष्ट्रियता, लिंग, बसोबास अवधी र स्थितीका साथै काम गर्न पाउने अवधी लगायतका जानकारीहरु प्रिन्ट गरिएको हुन्छ । तपाइ पनि जापानमा बस्दै हुनुहुन्छ र यो कार्ड बोक्नुभएको छ भने यहाँ लेखिएका सबै कुरा तपाइलाई काम लाग्ने जानकारीहरु हुन । यि बाहेक थप केही उपयोगी जानकारीहरु तपाइलाई थाहा छ भने कमेन्टमा लेख्न पनि सक्नुहुनेछ । यहाँ लेखिएका सबै प्रश्नोत्तरहरु जापानको अध्यागमन ब्यूरोको वेवसाइटमा उपलव्ध गराएको जानकारीका आधारमा लेखिएका हुन । १. जाइर्यु कार्ड भाँचिएमा, हराएमा वा चोरी भएमा के गर्ने ? -यदि तपाइले बोकिरहेको कार्ड हरायो वा भाँचियो भने १४ दिनभित्रै नजिकैको इमिग्रेशन ब्यूरोमा नयाँ कार्ड...
यस्तो हुन्छ जापानमै जन्मेको बच्चाको पासपोर्ट बनाउने प्रक्रिया
जानकारी

यस्तो हुन्छ जापानमै जन्मेको बच्चाको पासपोर्ट बनाउने प्रक्रिया

जापानमा विभिन्न पेशा, व्यवसाय र अन्य क्षेत्रमा संलग्न नेपालीहरुको संख्या लगभग १ लाखको हाराहारीमा पुगेको छ । यसरी नेपालीहरुको संख्या बढेसंगै यहाँ जन्मने नेपाली बच्चाहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै छ । जापानमा बच्चा जन्मेपछि छिट्टै नै नेपाल जान वा बच्चा र आमालाई पठाउनुपर्ने छ भने जापानस्थित नेपाली राजदूतावासबाट यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) बनाउनुपर्ने हुन्छ, हतार छैन भने बच्चाको एमआरपी पासपोर्ट नै बनाउनु राम्रो हुन्छ । एमआरपी बनाउने र आवेदन फारम भर्ने प्रक्रिया सबैको एउटै हो, राहदानीका लागि आवेदन फारम कम्प्युटरबाटै भर्नुपर्छ, हातले लेखेर हुँदैन । प्रिन्ट गर्दा पेपरको मार्जिन पनि मिल्नुपर्ने भएकाले त्यो कुरामा ध्यान दिनुहोला । बच्चाको पासपोर्टको फारम यहाँ क्लिक गरि डाउनलोड गर्न सक्नुहुन्छ भने अस्थायी नावालिग परिचय पत्रका लागि निवेदन फाराम(यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ) ...
जापानमा केही सामान हराएमा के गर्ने ?
जानकारी

जापानमा केही सामान हराएमा के गर्ने ?

हामी मानब हौ, त्यसैले जान अन्जानमा गल्तीहरु गरिरहन्छौ, कहिलेकाही निकै होसियार हुँदाहुँदै पनि, ख्याल गर्दागर्दै पनि हाम्रा सामान तथा महत्त्वपूर्ण चीजहरू वा डकुमेन्टहरु हराउने गरेका छन् । हामी कामना गर्छौ कि तपाइको कुनै सामान नहराओस, तर हराइहाल्यो  भने नआत्तिनु होला ! हामी केहि टिप्स दिदैछौ जसले तपाईलाई आफ्नो हराएको सामान फिर्ता पाउन सहयोग गर्न सक्नेछ । सर्बप्रथम त तपाइलाई आफुले कहाँ हराएँ जस्तो लाग्छ त्यो ठाउँमा गएर खोज्नुहोस्, नजिकै कन्भिनिएन्स स्टोरहरु छन् भने त्यहाँ गएर सोध्न पनि सक्नुहुन्छ । कतिपय जापानी नागरिकहरु व्यस्तताका कारणले पुलिसकहाँ सम्म नपुगी आफुले भेटेका चिजबिज  नजिकैको बिश्वाशिलो स्थानमा छोड्ने गरेको पनि पाइएको छ । यदि त्यसो गर्दा पनि तपाइको हराएको सामान भेट्न सक्नु भएन भने नजिकैको स्थानीय पु'लिस स्टेसन (जसलाई जापानी भाषामा कोबान-交番 भनिन्छ) मा जानुहोस, प्राय स्थानमा कोबानह...