Sunday, August 1जापानबारे सबै कुरा

जानकारी

मोबाइलमा भएको फोटो तथा डकुमेन्ट कम्बिनीबाट प्रिन्ट गर्ने तरिका
जानकारी

मोबाइलमा भएको फोटो तथा डकुमेन्ट कम्बिनीबाट प्रिन्ट गर्ने तरिका

जापानमा रहँदा विभिन्न कामका लागि फोटो तथा डकुमेन्टहरु प्रिन्ट गरिरहनुपर्ने हुनसक्छ । फोटो खिच्नका लागि धेरैले 'फोटो बुथ'को प्रयोग गर्नेगरेको भए पनि प्राविधिक सहजताले गर्दा मोवाइलमै फोटो तयार पारेर वा कम्प्युटरमा फोटो बनाएर कन्भिनियन्स स्टोरहरुमा लगेर प्रिन्ट गर्न पनि सकिन्छ । त्यसका साथसाथै विभिन्न कामका लागि भर्नुपर्ने फारमहरु पनि कन्भिनियन्स स्टोरहरुबाट प्रिन्ट निकाल्न सकिन्छ । तपाइ कम्प्युटरको प्रयोग गर्नुहुन्छ भने तयार भएको फोटो वा डकुमेन्टहरु पेनड्राइभ, सीडी अथवा मेमोरी कार्डमा लगेर पनि प्रिन्ट निकाल्न सक्नुहुन्छ तर आज यो पोष्टमा भने हामी मोवाइलमा भएको फोटो वा पिडिएफ फाइल कसरी प्रिन्ट गर्ने भन्ने बारेमा जानकारी दिदैछौं । यहाँ दिन लागिएको जानकारी अनुसार तपाई, सर्कल के, सनकुस, सेभ अन, सेइकोमार्ट, फ्यामिलीमार्ट र लसन जस्ता कन्भिन्यिन्स स्टोरहरुमा रहेको प्रिन्टरबाट प्रिन्ट गर्न सक्नुहु...
जापानमा कोठा सर्दा ध्यान दिनुपर्ने कुराहरु
जानकारी

जापानमा कोठा सर्दा ध्यान दिनुपर्ने कुराहरु

जापानमा आइसकेपछि धेरै जना होस्टल, सेयर हाउस अथवा आफ्नै नाममा कोठा लिएर बस्ने गर्नुहुन्छ । विद्यार्थीहरुको हकमा नयाँ कलेज भर्ना भएपछि तथा अन्यको हकमा काम परिवर्तन भएपश्चात वा अन्य कारणले बसिरहेको कोठा छाडेर नयाँ कोठा सर्नुपर्ने हुनसक्छ । जापानमा कोठामा बस्दा हुनसक्ने आगलागी बाट जोगिन के गर्ने भन्ने विषयमा हामीले लेखिसकेको जानकारी यो लिंकमा गएर पढ्न सक्नुहुन्छ । आज भने जापानमा कोठा सर्दा ध्यान दिनुपर्ने कुराहरुका वारेमा चर्चा गर्दैछौं । बसिरहेको कोठा छोड्नु अघि ✓ कोठा छोड्ने निर्णय लिई सक्नु भएको हो भने कृपया हाल कायम रहेको घरभाडा सम्झौता सावधानीपूर्वक पढ्नुहोस्, सम्झौता रद्द गर्नको लागि भिविन्न शर्तहरु हुन्छन् । जसमा कोठा छाड्नका लागि पूर्व जानकारी, छाड्दा लाग्नसक्ने खर्च, सरसफाई खर्च, वीचैमा सम्झौता रद्द गर्दा लाग्ने चार्ज आदि वारे लेखिएको हुन्छ । ति सर्तहरु राम्रोसँग बुझ्नुहोस् अनि बल्ल...
जापानमा भूकम्प पश्चात बिर्सेर पनि नगर्नुस् यि काम
जानकारी

जापानमा भूकम्प पश्चात बिर्सेर पनि नगर्नुस् यि काम

जापानमा हुनुहुन्छ भने पक्कै पनि भनिरहनु नपर्ला, जापान भूकम्पिय हिसावले जोखिम देशहरुमध्यमा पर्दछ । ५ देखि ७ म्याग्निच्युडका भूकम्पहरुत जापानमा अनगिन्ति आएका छन् । ३० बर्षभित्र टोकियोमा ठूलो भुकम्प जानसक्ने सम्भावना ७० प्रतिशत रहेको जापान सरकारकै आधिकारिक निकायले बताउँदै आएको छ । यहाँ बनेका संरचनाहरु भूकम्पिय जोखिम न्यूनिकरण हुनेगरिनै बनाइएका छन् त्यसो भन्दैमा ढुक्क भएर बस्नसक्ने अवस्था भने पक्कै छैन । भूकम्पपश्चात के गर्ने, कहाँ जाने लगायतका विषयमा पूर्व तयारी गर्नु अत्यावशेक छ । जापानमा आउनसक्ने भूकम्प, ततपश्चातको सुनामी र अन्य विपत्हरुको समयमा कसरी आफु र आफ्नो परिवारलाई सुरक्षित राख्ने, भुकम्पबाट जोगिन गर्नुपर्ने पूर्व तयारीका बारेमा केही महिना अगाडि हामीले प्रकाशन गरेको जानकारी यो लिंकमा गएर पढ्न सक्नुहुन्छ । यो पोष्टमा भने भूकम्प आएलगत्तै गर्न नहुने ६ कामहरुका बारेमा जानकारी दिंदैछौं...
जापानमा ‘हेल्थ इन्स्योरेन्स’ (केन्कोउ होकेन) किन तिर्ने ?
जानकारी, स्वास्थ्य

जापानमा ‘हेल्थ इन्स्योरेन्स’ (केन्कोउ होकेन) किन तिर्ने ?

जापानमा हुनुहुन्छ भने राष्ट्रिय स्वास्थ्य बीमा ('कोकुमिन केन्कोउ होकेन'–सजिलोका लागि 'होकेन' मात्र भन्ने गरिएको) को बारेमा धेरथोर जानकार पक्कै हुनुहुन्छ । यो बीमा प्रणालीमा प्रवेश गरेपछि वडा कार्यालयबाट विमा प्रमाण पत्र (होकेन्स्यो) पाइन्छ जसलाई अस्पतालमा जँचाउने बेला, औषधी किन्दा लगायतका चिकित्सा कार्यहरुमा प्रयोग गर्न सकिन्छ । उपचारका क्रममा बीमा कार्डको प्रयोग गर्दा सामान्यतया उपचारको लागत खर्चमा ७० प्रतिशत छुट हुन्छ, अर्थात ३० प्रतिशत रकम मात्र तिरे पुग्छ तर  ७० बर्ष वा सोभन्दा बढि उमेरका बृद्धबृद्धाको हकमा १० प्रतिशत मात्र रकम तिरे पुग्छ । बृद्धबृद्धाको हकमा जवान व्यक्तिसरह आय भएकाले भने ३० प्रतिशत नै तिर्नुपर्छ ।  राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा सुत्केरी हुँदा भुक्तानी दिइने बालबालिका हुर्काउने तथा सुत्केरी शिशु स्याहार भत्ता रकम (स्युस्सान इकुजी इचिजि–किन) र मृत्यु हुँदाको दाह...
जापानमा कसरी सुरक्षित रुपमा साइकल चलाउने ? के छन् नियमहरु ?
कानुनी कुरा, जानकारी

जापानमा कसरी सुरक्षित रुपमा साइकल चलाउने ? के छन् नियमहरु ?

साइकल जापानीहरुको दैनिक जिवनको एउटा अभिन्न अंगजस्तै बनिरहेको छ । जापानीहरु यति धेरै साइकलको प्रयोग गर्छन कि, जुन कुराले जापान आउने वित्तिकै तपाईलाई अचम्म पार्नसक्छ । नेपालमा यहाँजस्तो सबै हैसियतका व्यक्तिहरु साइकल चढ्ने चलनको सुरुवात भैसकेको छैन त्यसैले पनि कोट पाइन्ट लगाएर साइकल दौडाइरहेका जापानीहरु देख्दा अचम्म मान्नु स्वभाविकै हो । जापान आएपनि नेपालीहरुको दैनिकीसंग पनि साइकल जोडिएरै आएको हुन्छ, विशेषगरि मुख्य सहरहरु भन्दा भित्री भागमा रहेका क्षेत्रहरुमा बसोबास गर्ने नेपालीहरुका लागि साइकलको महत्व अझ बढि देखिन्छ, काममा जान, किनमेल गर्न, साथीभाइहरुसंग घुमघाम गर्न लगाएतका विभिन्न कार्यहरुमा साइकल दौडाइरहेका नेपालीहरु देख्नु यहाँ नौलो कुरा होईन । अन्य सवारी साधनहरुजस्तै जापानमा साइकल चलाउँदा पनि पालना गर्नुपर्ने विभिन्न नियमहरु छन् र ति नियमहरुको पालना नगरेमा जरिवाना लाग्छ । आज हामी ज...
यस्तो हुन्छ जापानमा क्रेडिट कार्ड लिने प्रकृया
जानकारी

यस्तो हुन्छ जापानमा क्रेडिट कार्ड लिने प्रकृया

जापान आइसक्नुभएको छ भने क्रेडिट कार्ड के हो र यसले के काम गर्छ भन्नेबारेमा बताइरहनु खासै जरुरी नहोला । प्लास्टिकको सानो कार्ड जसमा दिइएको उधारो सुविधा अनुसार आफुलाई आवश्यक सामान एक टच वा कार्डमा भएको जानकारी प्रविष्ट गरेपछि अनलाइन वा स्टोरहरुमा किनमेल गर्न सकिन्छ, सामान्य भाषामा त्यसैलाई नै क्रेडिट कार्ड भनिन्छ । हुन त आजकल भर्चुअल क्रेडिट कार्डको समेत सुरुवाती भैसकेको छ तर हामी यहाँ खल्तीमै बोकेर हिड्न मिल्ने क्रेडिट कार्डकै बारेमा चर्चा गदैछौं । हुन त जापान क्यास मै कारोबार गर्न मन पराउने देश हो । यहाँको जनसंख्याको ठूलो हिस्साले क्रेडिट कार्ड प्रयोग गर्दैनन् । सायद उनीहरु नगद कारोवारमै विश्वास गर्छन । तर पछिल्लो समय अनलाईन सपिङहरुको बढ्दो प्रयोगका कारण क्रेडिट कार्ड प्रयोगकर्ताहरु बढिरहेका समाचार आइरहेका हुन्छन् । बिजनेश गर्नेहरुका लागि त झन क्रेडिट कार्ड अनिवार्य नै हुन्छ । आजकल त मो...
जापानमा तपाईले जान्नै पर्ने, ‘मेइसी नियम’
जानकारी

जापानमा तपाईले जान्नै पर्ने, ‘मेइसी नियम’

जापानमा कम्पनी स्थापित गर्नुभएको छ अथवा गर्ने योजनामा हुनुहुन्छ ? त्यसो त कुनै कम्पनीमा एक कर्मचारीको रुपमा काम गर्नुहुन्छ ? त्यसो हो भने तपाइँले आफ्नो विजनेश कार्ड (विजनेश कार्डलाई हामी 'भिजिटिङ कार्ड' भनेर पनि चिन्छौं , जापानमा यसलाई 'मेइसी-名刺' भनिन्छ । ) पक्कै बनाउनु भएको छ । बनाईनसक्नु भएको भए पनि तपाइँको लागि अति आवश्यक चिज हो । आकर्षक र आफ्नो परिचय झल्कने डिजाइनको विजनेश कार्ड बनाउन ढिला नगर्नुहोस् । जापानमा व्यवसाय अथवा कामको शिलशिलामा भेटनुहुने व्यक्तिहरुबीच आ–आफ्नो विस्तृत परिचय हुने गरी बनाइएको विजनेश कार्ड साटासाट गर्ने चलन छ । तपाइँको विजनेश कार्ड तपाइँको परिचय हो । तपाइँको विजनेश कार्डले तपाइँको परिचय दिन्छ, तपाइँको कामको परिचय दिन्छ अनि तपाइँको कम्पनीको परिचय दिन्छ । तपाइँ व्यवसाय प्रवर्धनको लागि मार्केटमा निस्कनुहुन्छ, विभिन्न क्षेत्रका थरीथरीका व्यक्तिहरुसँग भेटघाट हुन्छ अन...
पोष्टमा आएको सामान फर्कियो भने यसो गर्नुस्
जानकारी

पोष्टमा आएको सामान फर्कियो भने यसो गर्नुस्

तपाई जापानमा हुनुहुन्छ र पढाई, काम वा व्यवसाय गर्नुहुन्छ भने  पक्कै पनि व्यस्त हुनुहुन्छ । विशेषगरि हालसालै जापान आएका र लामो समय जापानमै रहेर पनि भाषाको राम्रो ज्ञान नभएका  व्यक्तिहरुका लागि सधै झण्झटलाग्दो कुरा भनेको आफुँ घरमा नभएको बेला सामान वा डकुमेन्टहरुको डेलिभरी आएर फर्कनु हो । तपाई वा घरमा अन्य कोही नभएको बेला हातमै बुझ्नुपर्ने चिठीपत्र वा सामान आयो र डेलिभरी दिन असमर्थ भएका खण्डमा सामान ल्याउने व्यक्तिले एउटा सानो नोटिस ( Undeliverable Item Notice )  पोष्टबक्समा हालेर छाडिदिएका हुन्छन् । प्राय सबै  कम्पनीहरुले छाड्ने त्यस्ता नोटिसहरु जापानी भाषामै हुनेभएकाले अब के गर्ने भन्ने कुरामा धेरैलाई समस्या हुनेगरेको छ । कहिलेकाँही सामान आएको जानकारी पत्रको वेवास्ता गर्दा महत्वपूर्ण चिठीपत्र, इन्स्योरेन्स कार्ड तथा अन्य महत्वपूर्ण सामानहरु पठाउने व्यक्ति वा स्थानमै फिर्ता गएका कारण समस्याम...
नेपाल जाँदा जापानमा चलाइराखेको फोन बोकेर जानुहुन्छ? यो पढ्नुहोस्
जानकारी

नेपाल जाँदा जापानमा चलाइराखेको फोन बोकेर जानुहुन्छ? यो पढ्नुहोस्

२०१५ अगस्त ११ मा सफ्टबैंकको आइफोन ६ मोडलको मोवाइल बोकेर नेपाल गएका  झापाका अनिल गुरुङ सेप्टेम्बर ११ मा जापान फर्कदा ४४ लाख जापानी येनको बिल घरैमा आइपुग्यो । किन यति धेरै बिल आयो भनेर सफ्टबैंकसंग कुरा गर्दा मोवाइल डाटा अन नै रहेको र तिर्नैपर्ने भन्ने जवाफ पाएछन्, धेरै दिनको गलफती पछि बिल मिनाह भएको खबर आएको थियो । तर सबैको हकमा मिनाह हुने भन्ने हुँदैन । यो त एउटा प्रतिनिधी घटनामात्र हो, ४ मान देखी १८-२० मान सम्म तिरेका नेपालीहरु धेरै छन् जापानमा ।  जसले यस प्रकारका सामान्य जानकारीहरुकै  अभावमा लाखौं रकम मोवाइल प्रदायक संस्थाहरुलाई तिरेका छन् आगामी दिनमा कोही पनि नेपाली समस्यामा नपरुन भन्ने हेतुले यो पोष्ट तयार पारिएको हो । (यस्तो थियो ४४ लाखको बिल) किन हुन्छ यस्तो ? जापानका मुख्य सेवा प्रदायकहरु जस्तै एनटिटी डोकोमो, सफ्टबैंक र एयुका सिमहरु अन्तराष्ट्रिय रुपमा पनि प्रयोग गर्न मिल्ने ग...
यसकारण आकर्षक छ जापानी शिक्षा, विश्वले गर्छ लोभ
जानकारी

यसकारण आकर्षक छ जापानी शिक्षा, विश्वले गर्छ लोभ

जापानीहरू प्रतिभा र बौद्धिकताका लागि मात्र होइन, शिष्टता र सुसंस्कृत व्यवहारका लागि पनि संसारभर परिचित छन्। तुलनात्मक रूपमा उनीहरू स्वास्थ्य र लामो जीवन बिताउँछन्। आखिर जापान कसरी विश्वका अन्य देशभन्दा अत्यन्तै भिन्न छ त? यसको मुख्य कारण हो, यहाँको शैक्षिक प्रणाली । आउनुस् जापानी शिक्षा प्रणालीका केही विशेषताहरुका बारेमा चर्चा गरौं । ज्ञानभन्दा पहिला चरित्रमा जोड यहाँका विद्यालयमा विद्यार्थीले ४ कक्षा अर्थात् १० वर्षको उमेर नपुगिकन कुनै पनि तनावपूर्ण परीक्षामा सामेल हुनु पर्दैन। उनीहरूले केवल सानातिना जाँच दिन्छन् । विद्यालय प्रवेश गरेको तीन वर्षसम्म बच्चालाई शैक्षिक ज्ञान दिने र त्यसलाई जाँच्ने होइन, बरु असल व्यवहार र चरित्र सिकाउनु पर्छ भन्ने जापानी मान्यता छ। यो समयमा अरूलाई आदरसत्कार गर्न र प्रकृति प्रेम तथा जनावरप्रति असल व्यवहार गर्न सिकाइन्छ। दश वर्षको उमेरसम्म मुख्यतः प्रेम, दया ...
जापानबारे रोचक १० कुराहरु
जानकारी

जापानबारे रोचक १० कुराहरु

पूर्वी एसियाली मुलुक जापानमा धेरै नेपाली बसोबास गर्छन्। पढ्न होस् या काम गर्न नेपालीहरुले जापानलाई रोज्छन् । जापान आउनेहरुको संख्या उल्लेखनीय भएकाले काठमाडौंमा जापनिज भाषा सिकाउने र भिसा प्रोसेसिङ गर्ने कन्सल्ट्यान्सी थुप्रै खुलेका छन्। जापान आउने क्रममा रहेका र जापानबारे चासो राख्नेलाई थाहा नभएका केही रोचक कुरा यहाँ प्रस्तुत गरिएको छ । यी रोचक कुरा जापान आउने र जापानबारे रुचि राख्नेलाई ज्ञानबर्धक हुनेछन्। महँगा फलफुल : जापानमा सामान्यतयाः तरकारी वा पकाएका खानेकुरा सस्तै हुन्छन्। तर फलफुलको कुरा गर्ने हो भने जापान घुम्न आएका पर्यटकले फलफुलको भाउ सुनेर एक पटक जिब्रो टोक्छन्। नेपालमा एक केजी स्याउ आउने पैसाले जापानमा मुस्किलले एक दाना स्याउ आउँछ। त्यस्तै आँप किन्नुपर्यो भने दुईवटा आँपको २ हजार येन अर्थात् लगभग २ हजार नेपाली रुपैयाँ, अनि नेपालमा गर्मी महिनामा धैरैले रुचाउने तरभुजा यहाँ सिं...
जापानमा पासपोर्ट हराएमा नयाँ बनाउन के गर्ने ?
जानकारी

जापानमा पासपोर्ट हराएमा नयाँ बनाउन के गर्ने ?

"दाई हेर्नुस् न, मेरो पासपोर्ट हरायो के गरम् ?" यो पछिल्लो समय हाम्रो म्यासेज बक्समा धेरै आउने गरेको म्यासेज मध्येको एक हो ।  जापानमा नेपालीहरुको संख्या बढेकै अनुपातमा पासपोर्ट हराउनेहरुको संख्या बढिरहेको तिनै म्यासेजका आधारमा अनुमान गर्न सकिन्छ । टोकियोमा एमआरपी फारम भर्ने काम समेत गर्ने संस्थाका एक कर्मचारीले पनि पासपोर्ट हरायो भनेर बनाउन आउनेहरुको संख्या पछिल्लो समय बढेको बताए । किन हराउँछ पासपोर्ट ? हामीले देखेभोगेका आधारमा जापानमा रहेका नेपालीहरुले निम्न अवस्थामा आफ्नो पासपोर्ट लगाएतका महत्पूर्ण डकुमेन्टहरु गुमाउने गरेका छन् : १. कोठा सर्नेबेला २. फोटोकपी गर्न लगेको, पछि नभेटिएको ३. यात्राका क्रममा ४. अन्य ससर्ती हेर्दा तपाइहाम्रै लापरवाही र वेवास्ताका कारण धेरैजनाको महत्वपूर्ण सामान र कागजातहरु हराउने गरेका छन् । पासपोर्ट हरायो, अव के गर्ने ? कुनैपनि सामान हराएपछि सबै...
जापानमा बच्चा जन्मियो ? पूरा गर्नुपर्छ यस्ता कानूनी प्रकृयाहरु
कानुनी कुरा, जानकारी

जापानमा बच्चा जन्मियो ? पूरा गर्नुपर्छ यस्ता कानूनी प्रकृयाहरु

केहिदिन अघि पेजमा एकजना बहिनीको म्यासेज आयो, "दाई बच्चाको भिषा जन्मेको कति दिनभित्र एप्लाई गर्नपर्ने हो ?कुयाक्सोमा गएर दर्ता गरेपछि पनि भिषा चाहिन्न होला भन्ने सोचेर बच्चाको भिषा नै एप्लाई नगरि बसेको पछि पो थाहा भयो, भिषा चाहिने रैछ भन्ने । भिषा एप्लाई गरेको १ महिना भयो के–के कागज लिएर आइजा भनेर एक पाना चिठी पठाएको छ इमिग्रेसनले, यि कागज पठायो भने भिषा त दिन्छ होला नि है ?"  भाषाको समस्याका कारण नै बच्चाले भिषा नपाउने स्थितीसम्म उहाँहरु पुगेको आँकलन गर्न मलाई समय लागेन । बच्चा जन्मेपछि हस्पिटलमै अथवा दर्ता गर्न जाँदा सिटी अफिसमा पक्कै वहाँहरुलाई अब के गर्ने भन्नेबारे बताइएकै थियो, तर वहाँहरुले बुझ्नुभएन र समस्यामा पर्नुभयो । तपाइलाई झट्ट सुन्दा यस्तो पनि हुन्छ र ? भन्ने लाग्नसक्छ तर आवश्यक जानकारीहरुको अभावमा विभिन्न समस्याबाट गुज्रिरहेका नेपालीहरुको जमात ठूलै छ जापानमा, यो हामीले नेपा...