जापानीहरु किन राम्ररी अंग्रेजी बोल्न सक्दैनन् ?
जापानमा प्राथमिक तहदेखि नै अंग्रेजी भाषा पढाइन्छ । विश्वविद्यालयमा पनि अंग्रेजी भाषा शिक्षा छ । तर पनि जापानमा कयौंलाई अंग्रेजी बोल्न सकस हुन्छ । जापानीहरुले अंग्रेजी भाषा राम्ररी नजान्नुको कारण के होला त ?
१. परीक्षा उत्तिर्णमा केन्द्रीत पठन पाठन
अंग्रेजी भाषाका कुरा आउँदा जापानी विद्यालयहरु पठन र लेखनमा मात्रै केन्द्रीत छन् । यी सिप पनि परीक्षा उत्तिर्ण गर्नमा मात्रै सीमित छ । बोलाई र सुनाई जस्ता व्यवहारिक सिपमा थोरै समय मात्रै दिइन्छ । यसलाई अझ स्पष्ट भाषामा भन्ने हो भने जापानी शिक्षा प्रणालीले व्यवहारिक जीवनमा अंग्रेजीको सही उपयोग गर्ने तरिका सिकाउन सकेको छैन । जसले गर्दा विद्यार्थीहरुले अंग्रेजीमा लामो निबन्ध त लेख्न जान्छन् । तर अन्त्यमा यसले उनीहरुको अंग्रेजी सम्बन्धि सिपमा भने कुनै योगदान दिँदैन । पढाई कुनै परिच्छेद पढेर सोसम्बन्धी उत्तर दिनमा सीमित हुन्छ । धेरैजसो अवस्थामा शिक्ष...