Wednesday, September 22जापानबारे सबै कुरा

स्वास्थ्य

जापानमा तपाईलाई आवश्यक पर्न सक्छन् यि ४ औषधीहरु
स्वास्थ्य

जापानमा तपाईलाई आवश्यक पर्न सक्छन् यि ४ औषधीहरु

विभिन्न पोष्टहरुमा हामीहरुले जापानी भाषाको राम्रो ज्ञान नभएपनि कसरी सजिलै हस्पिटलमा गई उपचार गराउन सकिन्छ भन्ने विषयमा लेखिसकेका छौं । जापानमा साधारण विरामी पर्दा पनि औषधीको नाम थाहा नभएमा जटिल परिस्थितिको पनि सामना गर्नुपर्ने हुन सक्छ । डाक्टरलाई नदेखाइकन पनि औषधी खान त सकिन्छ तर जापानको केसमा भने यहाँका फार्मेसीबारे पूर्व जानकारी नभइकन त्यतातिर दौडिने हो भने त्यो बेकार हुन्छ । पहिलो त उपलव्ध औषधीहरुमा अङ्ग्रेजी भाषामा केही पनि लेखिएको हुँदैन दोस्रो धेरै औषधी खरिदका लागि डाक्टरमो प्रेस्किप्सनको आवश्यकता पर्छ । त्यसैकारण आजको लेखमा जापानमा सजिलै उपलब्ध हुने र अत्यावश्यक औषधीका नामबारे केही बताउन प्रयास गरेका छौ । पाबुरोन यो सबै प्रकारका रुघाखोकीमा अत्यावश्यक औषधी हो । यसलाई खाना खाएको ३० मिनेट भित्रै खाइसक्नुपर्छ । धूलोमा उपलब्ध यो औषधीको स्वाद एकदमै नमिठो हुने हुँदा यसलाई मुखमा हालेर पा...
यसकारण जापानमा बच्चा जन्माउनु सुरक्षित छ
स्वास्थ्य

यसकारण जापानमा बच्चा जन्माउनु सुरक्षित छ

जापानका बारेमा सोधिने धेरै प्रश्न मध्येको एक हो 'जापानमा बच्चा जन्माउन कस्तो हुन्छ ? समस्या पर्छ कि पर्दैन ?' जापानमा नेपालीहरुको संख्या ८० हजार भन्दा बढि पुगिसकेको छ र यहीं बच्चा जन्माउनेहरुको सख्यापनि विगतमा भन्दा बढिरहेको नेपाल एम्बेसी श्रोत बताउँदछ । सबैलाई थाहा छ जापानमा कयौं अत्याधुनिक सुबिधाहरु उपलब्ध छन । ति मध्ये गर्भवती महिला र नवजात शिशुका हकमा संसारकै सर्बश्रेष्ठ मानिन्छ ।बच्चाको मृत्युदरको तथ्यांक हेर्ने हो भने जापानले रेकर्ड नै तोड्छ । युनिसेफले गत फेब्रुअरीमा प्रकाशन गरेको रिपोर्टमा पनि जापान जन्मनका लागि विश्वभरीमै सबैभन्दा उपयुक्त देश मध्येमा परेको छ । एउटा विदेशीको हिसावले जापानमा बच्चा जन्माउँदा झेल्नुपर्ने कठिनाइहरु यहींका नागरिकका भन्दा अवश्यपनि धेरै हुन्छन् तर आज हामी अन्य देशको तुलनामा जापानमा बच्चा जन्माउनु किन सुरक्षित छ भन्ने विषयमा चर्चा गर्दैछौं । तपाई पनि जापान...
यसरी खोज्नुस् अंग्रेजी भाषामा कुरा गर्न सकिने हस्पिटलहरु
स्वास्थ्य

यसरी खोज्नुस् अंग्रेजी भाषामा कुरा गर्न सकिने हस्पिटलहरु

जापानी भाषाको राम्रो ज्ञान नभएका कारण दैनिक जीवनयापनमा धेरै समस्या आउँनसक्छन् भन्ने कुरा सायद हामीले भनिरहनु आवश्यक विषय नै रहेन । थोरै जापानी भाषा जानेकै भरमा पनि कसरी सजिलै उपचार गराउन सकिन्छ भन्ने विषयमा यो पोष्टमा हामीले लेखिसकेका छौं भने हस्पिटलमा गएर कसरी कुरा गर्ने भन्ने विषयमा यो पोष्टमा लेखिसकेका छौं । जापानका धेरै डाक्टरहरुले प्राय जापानी भाषामै सेवा दिन्छन् । आफुलाई लागेको रोगका लक्षण तथा आफ्नो समस्या खुलस्त डाक्टरलाई बताउनका लागि जापनी भाषाको दक्षता नभएका व्यक्तिहरुलाई गाह्रो हुने गर्दछ । कुनै रोग लागेको शंका छ वा विरामी हुनुहुन्छ भने कोही सहयोगीको साथ लिएर हस्पिटल जान भने नहिच्किचाउनुहोला । उपचारका लागि तपाई गएपछि अंग्रेजी भाषा नजान्ने डाक्टरनै भएपनि ट्रान्सलेटरको मद्दतले तपाईको रोगको उपचार अवश्य हुनेछ तर यस लेखमा हामी तपाईलाई अंग्रेजीमा कुराकानी गर्न सकिने डाक्टरहरु उपलब्ध...
जापानमा ‘हेल्थ इन्स्योरेन्स’ (केन्कोउ होकेन) किन तिर्ने ?
जानकारी, स्वास्थ्य

जापानमा ‘हेल्थ इन्स्योरेन्स’ (केन्कोउ होकेन) किन तिर्ने ?

जापानमा हुनुहुन्छ भने राष्ट्रिय स्वास्थ्य बीमा ('कोकुमिन केन्कोउ होकेन'–सजिलोका लागि 'होकेन' मात्र भन्ने गरिएको) को बारेमा धेरथोर जानकार पक्कै हुनुहुन्छ । यो बीमा प्रणालीमा प्रवेश गरेपछि वडा कार्यालयबाट विमा प्रमाण पत्र (होकेन्स्यो) पाइन्छ जसलाई अस्पतालमा जँचाउने बेला, औषधी किन्दा लगायतका चिकित्सा कार्यहरुमा प्रयोग गर्न सकिन्छ । उपचारका क्रममा बीमा कार्डको प्रयोग गर्दा सामान्यतया उपचारको लागत खर्चमा ७० प्रतिशत छुट हुन्छ, अर्थात ३० प्रतिशत रकम मात्र तिरे पुग्छ तर  ७० बर्ष वा सोभन्दा बढि उमेरका बृद्धबृद्धाको हकमा १० प्रतिशत मात्र रकम तिरे पुग्छ । बृद्धबृद्धाको हकमा जवान व्यक्तिसरह आय भएकाले भने ३० प्रतिशत नै तिर्नुपर्छ ।  राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा सुत्केरी हुँदा भुक्तानी दिइने बालबालिका हुर्काउने तथा सुत्केरी शिशु स्याहार भत्ता रकम (स्युस्सान इकुजी इचिजि–किन) र मृत्यु हुँदाको दाह...
यसो गरे : भाषाले छेक्दैन उपचार
जानकारी, सल्लाह, स्वास्थ्य

यसो गरे : भाषाले छेक्दैन उपचार

जापानमा हुनुहुन्छ भने अवश्यपनि भोग्नुभएकै छ, भाषाका कारण यहाँ उत्पन्न हुनसक्ने समस्याहरुका वारेमा । सुरुवाती दिनहरुमा भाषाकै कारण एसीको रिमोर्ट चलाउन नजानेर रातभर चिसोमा बस्नुपरेको, बस्ने कोठाको ठेगाना बिर्सेर खोज्न भौतारिएको, फरक ट्रेन चढेर अर्कै ठाउँमा पुगेको, चिनी किने भनेर नुन ल्याएको आदि समस्याबाट जापान आउने धेरै जना गुज्रिएकै हुन्छन् । त्यसकारण पनि दैनिक जिवनयापनमा काम लाग्ने बोलिचालीको भाषासम्म भएपनि नेपालमै पढेर आयो भने जापानको बसाई केही हदसम्म सहज हुन्छ । यि त भए सामान्य जीवनयापनका कुरा, लागौ आजको विषयतर्फ नै अर्थात भाषाका कारण हस्पिटलमा जाँदा हुने अफ्ठ्यारो न्यूनिकरण गर्ने तरिकाबारे । मेडिकल क्षेत्रमा प्रयोग हुने जापानी भाषाका शब्दहरु सामान्यभन्दा कठिन किसिमका हुन्छन्, राम्रोसंग भाषा बोल्न जान्नेहरुले समेत हस्पिटलमा डाक्टरले भनेका कुरा नबुझ्ने अवस्था आउनसक्छ, अझ भाषा कत्तिपनि नजा...