खाफुन्स्योबाट जोगाउने १० सामाग्रीहरु
वर्षको सबैभन्दा रमाइलो मौसम हो बसन्त ऋतु । तापक्रम विस्तारै बढिरहेको छ । फुलहरु फुलिरहेका छन् । हामी चाँडै नै जाडो यामको लुगा थन्काएर गर्मीयामको लुगा झिक्ने तयारीमा हुनेछौं ।
तर कसैकसैलाई भने यो मौसममा हे फिभर (खाफुन्स्यो) लाग्छ । बारम्बार हाँच्छियू आउँछ, आँखा चिलाउँछ अनि रुघाखोकी लाग्छ । यस वर्ष हे फिभरको सिजन यस अघिको भन्दा अलि चाँडै शुरु भएको छ । यति बेला परागका कणहरु जापानभर उडिरहेका छन् । यो क्रम मार्चको अन्त्यसम्म रहनेछ । बसन्त ऋतुको एलर्जीसँग लड्न तपाइले आफ्नो डाक्टरबाट पनि प्रेस्क्रिप्शन लिन सक्नु हुन्छ । तर आजको यस लेखमा यो एलर्जीसँग लड्दै यो मौसमको मज्जा लिन तपाइको लागि उपयोगी अनि जापानी बजारमा सजिलै उपलब्ध हुने हे फिभरसँग लड्न आवश्यक एयर प्यूरिफायरदेखि फेशन मास्कसम्म १० वस्तुको बारेमा जानकारी दिन गइरहेका छौं ।
१. मास्क
हे फिभरको तत्कालीन समान चाहिएको बेलामा मास्क तपाइको राम...