Monday, May 17जापानबारे सबै कुरा

विचार

दह्रो मन चाहिन्छ जापानमा
विचार

दह्रो मन चाहिन्छ जापानमा

विदेश भनेपछि नेपालमा मरिहत्ते गर्ने प्रवृत्तिको विकास भएको धेरै समय भैसक्यो । यो पोष्ट लेख्ने म र पढ्ने तपाई पक्कै यही प्रवृतिकै एक हिस्सा हौं । चाहे छोरालाई पढाउन होस् या छोरीको बिहे गर्न अभिभावकहरुले विदेश नै रोज्छन्, भनौ ज्वाई त विदेशमै बस्ने चाहिन्छ । त्यसैको परिणामस्वरुप यतिखेर ‘प्लस टु' को पढाई सकिनासाथ अब माथिल्लो तहमा के पढ्ने भन्दा पनि कुन देश जाने भनेर रोज्नुपर्ने अवस्था दिनप्रतिदिन बढ्दो छ । राजनीतिक रूपमा अस्थिर देशमा भ्रष्ट्राचारका कारण आर्थिक सम्पन्नता र करिअर विकाको कुनै संभावना नै नदेखेर युवा पुस्ता हरेक अन्तराष्ट्रिय उडानमा सपना बोकेर उड्नुपर्ने बाध्यता नै बनेको छ । यो बाध्यता विस्तारै अनिवार्य हुन लागेको जस्तो देखिन्छ, धेरै अवस्थाहरुमा चै अभिभावकहरुले नै यसखालको वातावरण घरमा पैदा गर्छन् । जसले सानो उमेरमा नै युवाहरूलाई आर्थीक, मानसिक र सामाजिक दबाबमा राख्न थालेको छ। जसको ...