Sunday, December 4जापानबारे सबै कुरा

समाचार

टाइम्सको विश्वविद्यालयको सूचीमा जापानका दुई शीर्ष विश्वविद्यालयको वरियता खस्कियो
समाचार

टाइम्सको विश्वविद्यालयको सूचीमा जापानका दुई शीर्ष विश्वविद्यालयको वरियता खस्कियो

टोकियो । बेलायती पत्रिका टाइम्स हाइएर एजुकेशनको विश्वभरका उत्कृष्ट विश्वविद्यालयको सूचीमा जापानका शीर्ष दुई विश्वविद्यालयहरुको वरियता खस्किएको छ । बुधवार सार्वजनिक सूचमा टोकियो विश्वविद्यालय ३५ औं स्थानबाट झरेर ३९ औं स्थानमा आएको छ । क्योटो विश्वविद्यालय पनि गत वर्षको ६१ औं स्थानबाट झरेर ६८ औं स्थानमा सीमित भएको छ । पत्रिकाले विश्वका १०४ देश तथा क्षेत्रका १ हजार ७९९ ओटा शैक्षिक संस्थाहरुलाई शिक्षण, अनुसन्धान, ज्ञान स्थानान्तरण र अन्तरराष्ट्रिय परिदृश्य गरी चार क्षेत्रमा मूल्यांकन गरेको थियो । टोकियो विश्वविद्यालय र क्योटो विश्वविद्यालय शीर्ष २०० भित्र पर्न सफल दुई मात्रै जापानी संस्था हुन् । सिकाई वातावरण र प्रकाशित पेपरहरुमा साइटेशन नम्बर घट्दा वरियता खस्किएको क्योदो न्यूजलाई पत्रिकाले बताएको छ । तोहोकु विश्वविद्यालय, ओसाका विश्वविद्यालय, नागोया विश्वविद्यालय र टोक्यो इन्ष्टिच्यू...
कोभिडका कारण लगाइएको प्रवेश सीमा छिटै हटाउँला त जापानले ? 
समाचार

कोभिडका कारण लगाइएको प्रवेश सीमा छिटै हटाउँला त जापानले ? 

टोकियो । जापानले कोरोना भाइरसको संक्रमणका कारण सीमा लगाएको प्रवेश सीमालाई सम्भव भएसम्म छिटै हटाउन चाहिरहेको बुझिएको छ । आइतवार एक वरिष्ठ सरकारी अधिकारीले यस्तो संकेत गरेको भन्दै जिजी प्रेसले समाचार छापेको हो । सरकारले गएको बुधवारदेखि दैनिक आगन्तुकको अधिकतम् संख्या बढाएर ५० हजारमा पुर्याएको थियो । तर मन्त्री परिषद्का उपमुख्य सचिव सेइजी किहाराले भने एक टिभी अन्तर्वातामा सो कदम पर्याप्त छ कि छैन भनेर सोध्दा छैन भनेर बताएका थिए । किहाराले एक्लै जापान भ्रमणमा आउने विदेशी पयर्टकमाथि लगाइएको प्रतिबन्ध हटाउन सम्भव भएको र भिसारहित यात्रा सुचारु हुन सक्ने पनि बताएका छन् । आफूहरुले सीमा नियन्त्रणको उपायहरुको बृहत समीक्षा गरिरहेको उनको भनाइ छ । आफूहरुले ढिलो चाँडो नियन्त्रण हटाउन जरुरी रहेको पनि उनले बताए ।...
टोकियो विश्वकै उत्कृष्ट शहरहरुको सूचिमा
समाचार

टोकियो विश्वकै उत्कृष्ट शहरहरुको सूचिमा

टोकियो । जापानको राजधानी टोकियो संसारको सबैभन्दा उत्कृष्ट शहरहरुको सूचिमा परेको छ । टाइम आउट इन्डेक्स सर्भेले यस्तो देखाएको हो । हरेक वर्ष विश्वभर सर्वेक्षणमा सूचिकृत शहरका बासिन्दाहरुलाई शहरी जीवनबारे प्रश्न सोधिन्छ । यस सर्वेक्षणमा सहभागीहरुलाई सो शहरमा जीवनयापनका क्रममा के मन परेको छ अनि के चाँहि घृणा लाग्छ, कामकाज अनि खेलकूद आदिबारे सोधिन्छ । सहभागीहरुले छिमेकमा आफूलाई मन परेको सबैभन्दा कूल ठाउँ र फेरि फेरि पनि जान मन लागेको ठाउँ पनि रोज्न सक्छन् । यस वर्षको सर्वेक्षणमा विश्वभरका २० हजार जनालाई सहभागी गराएर ५३ शहरको सूचि तयार पारिएको थियो । टोकियो सन् २०२१ को सूचिमा शीर्ष १० भित्र परेको थियो । यस वर्षको सूचिमा यो स्टकहोम र सन फ्रान्सिसको बीचमा २४ औं स्थानमा रहेको छ । विश्वको सबैभन्दा उत्कृष्ट शहर एडिनबर्ग रहेको छ । दोस्रोमा सिकागो र तेस्रोमा मेललिन छ । ९१ प्रतिशत स्थानीय बासिन...
जापानमा अनौठो बाल हेपाटाइटिसका बिरामी फेला
समाचार

जापानमा अनौठो बाल हेपाटाइटिसका बिरामी फेला

टोकियो । जापानमा १७ वर्ष भन्दा कम उमेरका एक बालकमा अनौठो खालको हेपाटाइटिस फेला परेको छ । स्वास्थ्य मन्त्रालयले बताएअनुसार ती बालकमा हेपाटाइटिस कसरी भयो भनेर थाहा हुन सकेको छैन । यो पछिल्लो समय विश्वका केही देशमा देखा परिरहेको रहस्यमयी बाल हेपाटाइटिसको गम्भीर प्रकार हुन सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले बताएअनुसार बिहिबार सम्ममा १२ देशमा बाल हेपाटाइटिसका कम्तिमा पनि १६९ जना फेला परेका छन् । यसका कारण एक जनाको मृत्यु पनि भइसकेको छ । ७४ जनामा अदेनोभाइरस पाइएको भएपनि बाल हेपाटाइटिसको कारण भने थाहा हुन सकेको छैन । सीमापार बिरामी बढ्न थालेपछि जापानको स्वास्थ्य मन्त्रालयले बुधबार स्थानीय सरकारहरुलाई सतर्क गराउँदै सम्बन्धित डेटा पनि मागेका थियो । सो कदम लगत्तै जापानमा त्यस्तै खालको रहस्यमय बाल हेपाटाइटिसका बिरामी फेला परेका हुन् । हेपाटाइटिस एक किसिमको कलेजो सुन्निने रोग ...
थप नेपाली कामदार लैजाने कोशिश गर्दै जापान
समाचार

थप नेपाली कामदार लैजाने कोशिश गर्दै जापान

जापानले थप नेपालीहरुलाई कामदारका रुपमा जापान लैजाने कोशिश गरिरहेको छ । जापानको विदेश मामिला मन्त्रालयका दक्षिण एशिया र दक्षिण पूर्वी एशियाली मामिला विभाग डेपुटी महानिर्देशक र उप सहायक मन्त्री इवामोतो केइचीले नेपालको अंग्रेजी भाषाको सरकारी पत्रिका द राइजिङ नेपालसँगको अन्तरवार्तामा यस्तो बताएका हुन् । जापान सरकारले हालैका वर्षमा नेपाललाई पनि श्रम बजारको स्रोत देशको रुपमा राखेको छ ।  सन् २०१९ मा नै दुई देशबीच जापानमा विशेष खालको दक्ष कामदार लैजाने विषयमा सम्झौता पनि भएको थियो । जापानले नर्सरी, कृषि र रेष्टुराँलगायत उद्योगका लागि कामदार लैजाने अपेक्षा गरिएको इवामोतोले बताएका छन् । केही क्षेत्रमा भने कामदारहरुले सम्बन्धित परीक्षा उत्तिर्ण गर्नु पर्ने पनि उनले बताए । नेपालीहरुको समस्या राम्रोसँग बुझ्नका लागि टोकियोमा रहेको नेपाली दूताबाससँग थप जानकारी लिने कोशिश भइरहेको पनि उनले बताए । नेप...
जापानले १०६ देशमाथिको प्रवेश प्रतिबन्ध खुलाउँदै, पयर्टकमाथिको प्रतिबन्ध यथावत
समाचार

जापानले १०६ देशमाथिको प्रवेश प्रतिबन्ध खुलाउँदै, पयर्टकमाथिको प्रतिबन्ध यथावत

टोकियो । जपानले सरकारले १०६ देशहरुबाट आउने गैर आवासीय बासिन्दाका लागि प्रवेश प्रतिबन्ध फुकाउने भएको छ । बुधबार अबेर जारी एक सरकारी विज्ञप्तिमा यस्तो भनिएको हो । तर यो खबरसँगै सरकारले पयर्टकलाई समेत प्रवेशको अनुमति दिने झुठो आशा उत्पन्न भएको छ । खबरले भ्रम उत्पन्न गराएको सामाजिक सञ्जालहरुमा देखिएको छ । यद्यपि, सरकारले डिसेम्बर २ अघि जारी भएका कूटनितिज्ञ, जापानी नागरिक र स्थायी बासिन्दाका जहान लगायत केही बाहेक अन्यको भिसा वैधता भने अहिले पनि निलम्बित नै गरेको छ । ‘वास्तवमा, जापानमा को छिर्न पाउँछन् भन्नेमा कुनै हेरफेर गरिएको छैन,’ न्याय मन्त्रालयका एक अधिकारीले विज्ञप्तिमाथि प्रष्टिकरण गर्दै भनेका छन् । यो परिवर्तनका कारण जापानमा प्रवेश गर्न पाउनेहरु नयाँ कोही नभएको उनले बताए । मार्च १ यता जापानमा विदेशी विद्यार्थी, अनुसन्धाता, व्यवसायिक यात्रीहरुलाई प्रवेशको अनुमति दिइएको छ । तर पय...
जापानको सर्वाधिक लोकप्रिय बियरआसाहीको सुपर ड्राइ
समाचार

जापानको सर्वाधिक लोकप्रिय बियरआसाहीको सुपर ड्राइ

टोकियो । जापान रक्सीका लागि चर्चित छ । यहाँका अधिकांश मानिसको रोजाईमा बियर पर्ने गरेको छ । हरेक पार्टी बियरबाट शुरु हुन्छ । महामारीका कारण रेष्टुराँ र व्यापार व्यवसाय चाँडै बन्द गर्नु परेपनि मानिसहरुले अनलाइन ड्रिङकिङ पार्टीहरुमा बियर पियर यस उद्योगलाई टेवा दिइरहेका छन् । बियरप्रतिको माया मोह जापानमा बलियो छ । जापानमा लोकप्रिय बियर कुन होला ? हालै मार्केटिङ कम्पनी सीसीसी मार्केटिङले यो प्रश्नको उत्तर खोज्न २० देखि ६९ वर्ष उमेरका टी–प्वाइन्ट सदस्य रहेका ७ करोड बियर प्रेमीहरुको डेटाको विश्लेषण गरेको थियो । विश्लेषणअनुसार आसाही बियरको सुपर ड्राई सबैभन्दा लोकप्रिय बियर हो । जापानमा लोकप्रिय ३० बियरको सूचिमा आसाहीको बियर आठ ओटा छ । प्रतिस्पर्धी कम्पनी किरिनको बियर ११ ओटा रहेको छ । शीर्ष १० मा ५ ओटा बियर किरिनको छ । आसाशीको बियर तीन ओटा छ । जापानको दोस्रो लोकप्रिय बियर सन्टोरीको किनमुगी...
तोहोकु विश्वविद्यालय लगातार तेस्रो वर्ष पनि जापानको शीर्ष विश्वविद्यालय
समाचार

तोहोकु विश्वविद्यालय लगातार तेस्रो वर्ष पनि जापानको शीर्ष विश्वविद्यालय

टोेकियो । तोहोकु विश्वविद्यालय जापानको शीर्ष विद्यलायको रुपमा रहेको छ । योसँगै लगातार तेस्रो पटक पनि विश्वविद्यालय टाइम्स हाइएर एजुकेशन (टीएचई)को जापानी विश्वविद्यालयको वरियतामा शीर्ष स्थानमा आएको हो । टीएचईले हरेक वर्ष विश्वभरका उत्कृष्ट विश्व विद्यालयहरुको सूचि सार्वजनिक गर्छ । यसले जापानी विश्वविद्यालयको पनि छुटै सूचि सार्वजनिक गर्ने गरेको छ । सूचि अनुसार टोकियो विश्वविद्यालय एक स्थान माथि उक्लिएर दोस्रो स्थानमा आएको छ । तेस्रो स्थानमा ओसाका विश्वविद्यालय र टोकियो इन्ष्टिच्यूट अफ टेक्नोलोजीले बराबरी गरेका छन् । शीर्ष स्थानमा राष्ट्रिय र सरकारी विश्वविद्यालयको वचश्र्व छ । यो सूचिमा सात पूर्व शाही विश्वविद्यालय छन् । निजी क्षेत्रमध्येबाट सूचिमा सबैभन्दा माथि रहेको विश्वविद्यालय केइओ युनिभसिर्टी हो । यो सूचिको ११ औं स्थानमा छन् । १२ र १३ औं स्थानमा इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटी र...
जापानमा अप्रिलदेखि बढ्ने भयो खाद्यान्न, दैनिक उपभोग्य सामान
समाचार

जापानमा अप्रिलदेखि बढ्ने भयो खाद्यान्न, दैनिक उपभोग्य सामान

टोकियो । जापानी उपभोक्ताहरुको खर्च बढ्ने क्रममा रहेको छ । कोरोना भाइरसको महामारी र युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण कच्चा पदार्थको भाउ बढेपछि खाद्यान्न र दैनिक उपभोग्य वस्तुको भाउ शुक्रबारदेखि शुरु हुन लागेको नयाँ आर्थिक वर्षमा महँगो हुँदैछ । आर्थिक वर्ष २०२२ मा आम मानिसको दैनिक जीवनयापनसँग सम्बन्धित केही सामाजिक प्रणालीमा हेरफेर हुने भएकोले सार्वजनिक पेन्सन भत्ता घट्नेछ, बढ्दो महँगीले पेन्सनमा आश्रीत व्यक्तिहरुलाई झनै मार पर्ने देखिएको छ । मेगमिल्क स्नो ब्रान्ड कम्पनी, मेईजी कम्पनी र मोरिनागा मिल्क इन्डष्ट्रीले चिजको मूल्य बढाउँदैछन् । निशिन ओलिओ ग्रुप र जे–आयल मिल्स इंकले पनि घरायशी प्रयोजनमा प्रयोग हुने खाने तेलको मूल्य वृद्धि गर्दैछन् । कागोमे कम्पनीको टोमेटो केचअप र याओकिन कम्पनीको उमाइबोको पनि भाउ बढ्दैछ ।टिस्यू र ट्वाइलेट पेपरका साथै डाइपर पनि महँगिदैंछ । यसमाथि याताया...
मेमा महँगिने भयो जापानमा बिजुली
समाचार

मेमा महँगिने भयो जापानमा बिजुली

टोकियो । जापानमा बिजुलीको भाउ महँगिने क्रममा रहेको छ । जापानका शीर्ष १० बिजुली आपूर्तिकर्ता कम्पनीहरुले मेदेखि घरायशी प्रयोजनमा प्रयोग हुने बिजुलीको भाउ बढाउने भएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा तरलीकृत प्राकृतिक ग्यास र कोइलाको भाउ बढेको छ । जापानमा थर्मल ऊर्जा केन्द्रबाट बिजुली निकाल्न तरलीकृत प्राकृतिक ग्यास र कोइला प्रयोग गरिन्छ । बिजुली उत्पादनको लागत भएको वृद्धिको भार उपभोक्ताहरुमा सार्न लागिएको हो । १० मध्ये पाँच ऊर्जा कम्पनीहरु होकुरिकु इलेक्ट्रिक पावर कम्पनी, कान्साई इलेक्ट्रिक पावर कम्पनी, चुगोकु इलेक्ट्रिक पावर कम्पनी, शिकोकु इलेक्ट्रिक पावर कम्पनी र ओकिनावा इलेक्ट्रिक पावर कम्पनीले आ–आफ्नो दर २४ येनले बढाउने भएका छन् । टेप्को इनर्जी पार्टनरले पनि घरायशी प्रयोजनको स्टयान्डर्ड दर १४६ येनले बढाएर ८ हजार ५०५ येनमा पुर्याउने भएको छ । यो बाँकी रहेका पाँ...
जापानमा जग्गाको भाउ बढ्यो
समाचार

जापानमा जग्गाको भाउ बढ्यो

टोकियो । जापानमा जग्गाको भाउ बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा जनवरी १ सम्ममा भाउ शून्य दशमलव ६ प्रतिशतले बढेको छ । जग्गाको भाउमा देखिएको यो २ वर्षयताको पहिलो वृद्धि भएको भूमि मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यसले कोरोना भाइरसको महामारीले  सुस्ताएको जग्गा बजारमा पुनःबहाली आइरहेको संकेत गरेको छ । केही पर्यटकीय क्षेत्र र मनोरञ्जन क्षेत्रमा भने जग्गाको भाउ घट्ने क्रम जारी देखिएको छ । ‘जग्गाको भाउ महामारी पूर्वको स्तरबाट माथि आएको छैन, तर यो क्रमिक रुपमा बढिरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भनेका छन् । यातायातको सुविधा भएको स्थानआसपास रहेको जग्गाको माग धेरै हुँदा समीक्षा अवधिमा आवासीय जग्गाको मूल्य औसतमा शून्य दशमलव ५ प्रतिशतले बढेको छ । ब्याजदर निकै न्यून स्तरमा रहेको र घर खरिदलाई सरकारी टेवाका कारण पनि यस्ता जग्गाको माग बढेको हो । समीक्षा अवधि...
बिजुली खपत कम गर्न टोकियो र अन्य ८ प्रिफेक्चरलाई अनुरोध
समाचार

बिजुली खपत कम गर्न टोकियो र अन्य ८ प्रिफेक्चरलाई अनुरोध

टोकियो । जापानका उद्योगमन्त्री कोइची हागिउदाले टोकियो र अन्य ८ प्रिफेक्चरलाई बिजुलीको खपत घटाउन अनुरोध गरेका छन् । गत हप्ता गएको भुँइचलोका कारण बिजुली आपूर्ति सीमित भइरहेकै समयमा एक्कासी चिसो बढेको अवस्थामा बिजुलीको खपत बढेर धान्नै नसक्ने अवस्था देखिएपछि उनले मंगलबार सो अनुरोध गरेका हुन् । सरकारले बिजुलीको उपलब्धताबारे चेतावनी जारी गरेको र टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्सले आफ्नो क्षेत्रमा बिजुलीको आपूर्ति अभाव हुन सक्ने बताएको एक दिनपछि यस्तो अनुरोध आएको हो । गत बुधबार उत्तरपूर्वी जापानमा गएको शक्तिशाली भुँइचालोका कारण केही थर्मल ऊर्जा केन्द्रहरु बन्द छन् । सरकारले अवस्था अनुसार भविष्यमा पनि खपत कम गर्न बृहत सहकार्यका लागि अनुरोध गर्न सक्ने पत्रकार सम्मेलनमा हागिउदाले बताए । बिहान ७ बजेदेखि आफूले अन्य सात प्रमुख ऊर्जा वितरकहरुबाट बिजुली पाइरहेको टेप्कोले बताएको छ । टेप्को ...
प्रवेश प्रतिबन्धप्रति जापानले लचिलो दृष्टिकोण अपनाउनेछः यामागिवा
समाचार

प्रवेश प्रतिबन्धप्रति जापानले लचिलो दृष्टिकोण अपनाउनेछः यामागिवा

टोकियो । जापान सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सीमामा विदेशीहरुको प्रवेशमा लगाएको प्रतिबन्धतर्फ लचिलो दृष्ष्टिकोण अपनाउने शुक्रबार यहाँका कोभिड–१९ नियन्त्रणको जिम्मा पाएका मन्त्री दाइशिरो यामागिवाले बताएका छन् । उनको यो अभिव्यक्तिलाई सीमा नियन्त्रणका उपायहरु खुकुलो हुने संकेतका रुपमा हेर्न थालिएको छ । तल्लो सदनको एक समितिको बैठकमा सरकारले प्राविधिक प्रशिक्षार्थीहरु समेत विदेशीहरुलाई जापान छिर्न दिनेबारे विचार गरिरहेको छ कि छैन भनेर सोधिएको प्रश्नमा यामागिवाले उक्त जवाफ दिएका थिए । यसबारे सरकारले पहिले नै विचार गरिरहेको र अहिले कायम भएको नीति कम्तिमा पनि फेब्रुअरीसम्म कायमै रहने भएपनि यसमा काम गर्ने तरिकाहरु भएको उनले बताए । सरकारले छिटोमा आगामी हप्ता सीमामा लगाइएको बन्देज खुकुलो बनाउने कि नबनाउने भन्नेबारे नीति ल्याउने भन्दै टीबीएसले समाचारमा भनेको थियो । बिहिबार नै जापा...