Wednesday, September 22जापानबारे सबै कुरा

जापानको पिआर अधबैंशे पोइ र कलिली श्रीमति

उमेरले भर्खरै १८ टेकेकी गरिमा (नाम परिवर्तन), बाह्र कक्षामा गाउँकै क्याम्पसमा अध्यायनरत थिइन । शिल–स्वभाव अनि रुपले धपक्कै बलेकी उनको बान्की परेको बाटुलो अनुहार, सर्लक्क परेका हात गोडा, सिल्की कपाल, टम्म मिलेका जिउँडाल, मृगनयनी आँखा, मसिनो मृदुभाषी बोली, अत्यन्तै संस्कासी चरित्र अनि पढाइमा तिक्ष्ण दिमाग उनको चारित्रीक विशेषता हो । ग्रामिण मध्यम बर्गिय परिवारबाट प्रतिनिधित्व गर्ने उनी परिवारकी कान्छी छोरी हुन । उनको दुइजना दिदीहरु गाउकै क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् । जेठी र माहिली पनि औषत राम्रा नै छन यद्यपी दुर्इ दिदीहरु भन्दा रुप मा बिछट्टै राम्री गरिमा परिवारमा मात्र नभएर आफ्नो साथी–सङ्गी हरुमा पनि सबैभन्दा बढी नै राम्री थिइन ।

बाह्र कक्षाको अन्तिम परिक्षा आउनलाई तीन महिना जति बाँकी हुदो हो , उनका १ जना आफन्त उनको घरमा एक पुरुषको तस्बिर बोकेर कन्यार्थको लागी कुरा गर्न आउँछन ।

निर्मल घिमिरे, जापान

केटो शाहरमा घर परिवार भएको कुल–घराना खानदानी बर्गको मान्छे, बिगत पन्ध्र–सोर्ह बर्श देखी जापानमा बसोबास गर्ने, पिआर पाइसकेको हुनेखाने सम्पन्न भनेको सुन्ना साथ गरिमाको परिवारले नकार्ने कुरै भएन । अनि लमीले धारा प्रबाह रुपमा कहे अनुसार उनकी आमाले सो फोटो उसकी जेठी दिदीलाई देखाइदिइन । र धर्म–कर्मको फल हो भन्दै आफ्नी छोरीको अहोभाग्यको कारण यस्तो केटाको प्रस्ताब आएकोले खुशी हुँदै छोरीलाई मनाइन ।

जेठी दिदीले पनि जापान कै पिआरवाला माग्न आउँदा कम्परमाइज नगर्ने कुरै थिएन । “हुन्छ” भनिन र जापान जाने स्वेर–कल्पनामा डुबुल्की खेल्न थालिन । बहिनीहरुले जिस्काउन थाले । उनी लजाएर “मोरीहरु ऐले कुटाइ खाउलाउ नि” भन्दै सर्माइन । कुरा लगभग फिक्स भए पछी लमिले केटा र उसका परिवार सहित अर्को हप्ता टिकाटालो गर्न आउने निर्क्यौल निकाली मिती निर्धारण गरि बिदा भयो ।

उनकी दिदीलाई त्यो एक हप्ता कटाउन पनि एक साल झै लाग्न थाल्यो । छिमेकी आफन्त, नातागोता, साथी–सङ्गीहरु बाट बधाइको भेल नै बग्न थाल्यो । सार्है खुशी थिइन उनी । गाउँले महिलाहरुले आपसमा साउती गर्न थाले– “भाग्यमा त लिएर आएकी रहिछिन नि हाम्री पोखरेल्नी ठुलीले, जापानको पिआरवाला माग्न आयो गाँठे” आदी इत्यादी ।

हप्ता दिन बित्यो, मोटर रिजर्भ गरेर दुलाहा पक्षबाट कन्यार्थका लागी लगभग १० जना जति मानिसहरु आए । झ्यालबाट तीन दिदी बहिनीले चिहाउदै हेरे तर फोटोमा जस्तो राम्रो कारको ढोकामा उभिएर बसेको राम्रो चमकदार मान्छे चाही त्यो ग्रुपमा ठम्याउनै सकिरहेका थिएनन् । कुराकानी चल्दै गर्दा पाहुना हरुलाई चिया खाजा ल्याउन बुवाले आमालाई भने । त्यत्तिकैमा आमाले छोरीलाई चिया खाजा ल्याउन र सिकाए अनुसार खाजा राखिसके पछी थोरै लजाउदै व्यबहार गर्न भित्र गएर अर्हाइन । सोही अनुसार छोरीले पनि चिया–खाजा लिएर आइन भने उसकी माइली बहिनी र गरिमा दिदीको पछि–पछि साथी आए ।

तर फोटोमा देखेको भन्दा सो केटा बिल्कुल फरक थियो । फोटो चाही १० बर्स अघीको डि एस एल आर क्यामेराले खिचिएको हुदो हो सायद । फोटो त्यत्ती राम्रो आएको तर हकिकतमा अहिले हेर्दा त जुङ्गामुठे अनी कपाल खुइलिएर झरिसकेको, छिचरा परेको लामो लामो दात्, रुप पनि चित्त नबुझ्दो कुरुप नै जस्तो, नाके बोली, ख्याउटे अनुहार्, हिड्दा एउटा खुट्टा खोल्च्याएर हिड्ने गरेको केटोको बिशेशता एकापट्टी सास्वत सत्य अगाडी देखिन्थे भने अर्का तिर जापानको पिआर, एक प्रतिस्ठित कम्पनीमा काम गर्ने रहेछ, पिआरपाएको पनि पाँच साल भइसकेको । मासिक कमाइ न्युनतम पनि चार लाख जती हुने, गाडीअनि अपार्टमेण्ट समेत किनिसकेको जानकारी केटा पक्षले बताए ।

यो सब देख्दा, बुझ्दा उसको रुप र अवस्थालाई भन्दा पनि पिआरको कागजले जित्यो र सबै कम्परमाइज गर्दै अभिभावकले कुरा अगाडी बढाउदै अघि सर्दै चिना टिप्पन मिलाउनलाई गुरुबालाई आग्रह गरे, गुरुले सोध खोज गर्दा केटाको उमेर चाही गरिमाको बुवा भन्दा ठ्याक्कै १ बर्स मात्र कम यानिकी ४१ बर्सको रहेछ । त्यो थाह पाउन साथ गरिमाको परिवारका सबैले मन खिन्न बनाए भने भित्र गएर आमा सँग छोरीले आनाकानी गर्दै बेखुस प्रकट गरे पनि भबिश्यको लोभ र जापानको पिआरलाई हाइलाईट गर्दै दुश्प्रभावको पारिवारिक प्रेसरले गर्दा बडो मुश्किलले राजी भइन । परिवारका सबैले चित्त नबुझ्दा–नबुझ्दै पनि पिआर सम्झेर मन बुझाए ।

बाहिर पट्टी खाजा खादै बसेको अधबैसे केटोलाई जेठी भन्दा पनि कान्छी पट्टी आखा गएछ । उसले बुवालाई खुसुक्क भन्यो – “त्यो राम्री सँग चाही कुरा गर्नु न बुवा, खाजा ल्याउने केटी भन्दा सुन्दर त पछि–पछि आउने चाही रैछे के” । केटाको बुवाले लमीलाई सोही राम्री चाही मिलाईदिन साउती गर्‍यो ।

लमीले पनि गरिमाको बुवालाई भन्यो “कान्छी भए हुन्छ अरे नत्र त जेठी त मन परेन रे हाम्रो दिनेश बाबुलाई” यो सुन्ना साथ सबै जना अचम्ममा परे । भित्र बल्ल बल्ल तयार भएकी जेठी छोरीलाई सबै सुनाएर “गरिमा भए मात्र ओके रे नत्र बिहे नगर्ने भनेर कुरा आयो “ सुनाए । जेठीले मन असाध्यै कुड्याएर भक्कनिन र बहिनीको लागी आफुले छोड्ने बताइन ।

“गर्दिन म त्यस्तो बुढो अनि तालु खुइले सँग बिहे, मेरो बेहे गर्ने बेला पनि भएको छैन” भनेर अड्डी कस्छिन गरिमा । बुवा–आमाले सम्झाउदै भन्छन् –“हेर नानी पैसा भए पछी कपाल हाल्न मिलिहल्छ नि, दात पनि सिधा बनाउन मिल्छ रे । चिन्ता नगर नानि, तेरै भबिस्यको लागी हो हामिले भनेको, यस्ता गाँउ घरमा घाँस दाउरा गरेर बस्ने कि विश्वकै सबै भन्दा राम्रो देश जापान गएर रानी भएर बस्छेस ? एकछिन कल्पना गर त जापानको लाईफ स्टाइल अनि त्यहाँ को रमाइलो “यत्तिको कुल घरानको केटालाई नाइ भन्छस भने हामीलाई बाउ–आमा नभन्नु अबदेखी ” भनेर इमोसनल्ली दबाब दिन थालछन ।

केही बेर अघिमात्र जेठीलाई मनाएका बाउआमाले अर्की छोरीलाई एकै छिन पछी मनाउन बाध्य हुन्छन केवल पि आरको प्रभावले । सबै जना धेरै रोए भित्र गएर तर पि आर को अगाडी त्यसले पनि हार खायो र निरिह भएर आफ्नी १८ बर्स टेक्दै गरेकी अङ्गुर जस्ती छोरी पिआर भएकै भरमा त्यस्तो लङ्गुर जस्तोलाई दिन तयार भए परिवार ।

उनिहरुको बिहे हुन्छ, जापान आउँछन । पढाइ, उमेर अनुसारको रहर, चाहाना, र्इच्छा सबैलाई तिलान्जली दिएर आफ्नो भन्दा डब्बल भन्दा बढी उमेरको जुङ्गा मुठे श्रीमानलाई आफ्नो तन मन सुम्पिएर परदेशी गृहस्थी जिवन बिताउदै छिन गरिमा । पुगेको केहि महिना त चित्तै नबुझ्ने रुप रङको श्रीमान । न त रिती रिवाज मिल्नु, न त भाषा, न त ब्यबहार, उनमा उदाशिनता (फ्रस्टेशन) सुरु हुन्छ । खान मन नलाग्ने, दिग्दारी लाग्ने, आफ्नै पति हेर्दा पनि दिक्कै लाग्ने खालको मनोदशा सिर्जना हुन्छ ।

कतै संगै हिड्दा युगल जोडी कसैले नभन्ने, बाउ छोरी झै देखिने जोइ–पोइको जोडी देख्दा उनी आफैलाई लाज लाग्ने हुँदा खासै बाहिर निस्किन्नन । तर जिवन एक केवल सम्झौता नै रहेछ भनेर बहिरी चित्त बुझाइ आफुले आफैलाई सम्हाल्ने कोसिस गर्छिन । बिस्तारै अवस्था सामान्यकृत हुँदै जान्छ र खुशी देखिन गरिमा कहिलेकाही समुन्द्र तिर्, चिल्ला सडकमा राम्रो कार कुदाउदै, राम्रा राम्रा फुलबारीमा, झिलिमिली बत्तीमा, नेपाली रेस्टुरेण्ट तिर गइ खाना खादै गरेको होस या दोहोरी साझ तिर गइ नृत्य गर्दै गरेको फोटो सामाजिक सन्जालमा पोस्ट गर्छिन । नेपालमा हुने उसका साथी सङ्गी, छिमेकी नातागोता, परिवारका सदस्यहरुले “कत्ती लक्की पोखरेल्नी कान्छी” भनेर इर्श्या गरिरहेका छन । झिलिमिली बिजुली शहरले सबै उज्यालो छ जापानमा तर उनको मन केवल सम्झौतामा अडिएको छ ‘पिआर’ को कागजमा ।

अनमेल बिबाहको के छ कानुनी ब्यबस्था ?

भन्न लाई पन्ध्र बर्स भन्दा उमेरले फरक परेमा सो लाई अनमेल मानिने छ भनिए ता पनि सो लाई केहि मसिनो लाईनमा उल्लेख गरिएको पाइन्छ तर यति भन्दैमा हामी मा नेपालमा अनमेल बिवाह समबन्धी कानुनी प्रावधान हुँदै नभएको होईन तर सो मा धेरै छेदहरु छन । ‘बिबाह गर्न कानुन त योग्य महिलाले आफु खुशी बिबाह गर्न योग्य पुरुष सँग बिबाह गर्दा सो लाई अनमेल मानिने छैन’ भन्ने क्लज विवाह दर्ता ऐन २०२८ को कानुन किताबमा उल्लेख छ । तर माथी उल्लेख भएको गरिमाको कथामा दुबै जना बालिग नै हुन तर अवस्था र परिवेस फरक छ । हो यस्तो कुरामा कानुन मौन छ । बेचबिखान बिरुद्दको कानुनमा पनि यस्ता प्रभावले दिने प्रेसरलाई उल्लेख गर्न सकेको देखिदैन । हाम्रो बिद्यमान मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले केवल देहायको कुनै कार्य गरेमा मानव बेचबिखन गरेको ठहर्छ
– कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने
– कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने,
– प्रचलित कानून बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने,
– वेश्यागमन गर्ने ।

उल्लेखित बुँदा हेर्ने हो भने यी र यस्ता उल्लेखित गरिमाको जस्तो प्रतिनिधी केसमा व्यबहारगत त्रुटी कुराहरुलाई कानुनको बुदा भित्र समेटिएको पाईदैन । तर त्यस्ता आधुनिक समस्याहरु अहिले हाम्रो देशको ग्रामिण क्षेत्रमा बसोबास गर्ने मध्यम बर्गिय विशेष गरी आर्यन समाजमा बढ्दो क्रममा छ । महिला अधिकारको क्षेत्रमा काम गर्ने संघ सस्थाहरु र अभियन्ताहरुले यी र यस्ता कुराहरुमा बहस र चर्चा गरिनु पर्ने टड्कारो आवश्यकता नै भैसकेको छ ।

यत्तिका मनोबैज्ञानिक तनाब र भित्र मन बेखुश हुँदा सम्म पनि सबैले पि आर वाला बुढो पाउनु लाई वाहवाही गर्ने र सौभाग्यबति भनेर चित्रित गरिदै गरेको मानशिकतालाई पनि सचेतना जगाइ भित्रै बाट चिर्नु जरुरी छ ।

मेरो ब्यक्तिगत मत चाही यस्ता बिसङगती र प्रभावको प्रेसरलाई महिला बेचबिखन कै एक फरक पाटो हो भन्दा अत्युक्ती नहोला । कानुनले निर्धारण गरेको सिमा पुरा भएकै भोली पल्ट नै इमोसनल्ली ब्लाकमेल गरी प्रभावमा परेर वा पारिएर यदी कसैले आफ्नो कालीला नानीहरु भुसतिघ्रेलाई सुम्पन्छन भने सो लाई पनि बेचबिखनको परिभाषा भित्र समेटिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *