विकास र प्रविधिको श्रेत्रमा आज जापान जुन स्थानमा छ त्यसको मुख्य श्रेय यहाँका परिश्रमी र लगनशील नागरिकहरुलाई जान्छ । नियमको पालना, कर भुक्तानी, समयको महत्व बुझ्नु, काममा लगनशील हुनु जस्ता विशेषताहरु यहाँका नागरिकहरुमा पाइन्छ । उनीहरुको चालचलन र व्यवहारले नै जापानलाई आज यो स्थानमा ल्याएको छ । जापानमा भएका यि राम्रा कुराहरु हामी नेपालीहरुले पनि सिकेर त्यसलाई व्यवहारमा उतार्ने प्रयास गर्यौ भने पक्कै पनि राम्रा उपलव्धीहरु हासिल हुन सक्छन् ।
१. जापानमा सामान चो’री हुने घ’टना एकदमै न्यून हुन्छन् । यदि ट्रेन, बस वा ट्याक्सी चढ्दा तपाइको महत्वपूर्ण सामान वा कागजात छुटेको छ भने नजिकैको स्टेशनमा सम्पर्क गर्नुभयो भने सकुसल पाउन सकिन्छ ।अधिकांश जापानीहरु बाटोमा भेटेका सामान हत्तपत्त उठाउँदैनन, उठाए भनेपनि नजिकैको लष्ट एण्ड फाउन्ड वा प्रहरी चौकिमा बुझाउँदछन् ।
२. जापानको जुनसुकै गाउँको कुनाबाट ट्याक्सी चढ्दा पनि तपाई सुरक्षित अनुभुती गर्नुहुन्छ किनभने जापानमा ट्याक्सी ड्राइभरले आफ्नो ग्राहकलाई भगवान सरह मान्छन् । ठग्ने वा मौकाको अवसर छोपी लु’टपा’ट गर्ने गर्दैनन् । मिटरमा उठेभन्दा बढी पैसा पनि लिंदैनन ।
३. जापानमा घरका मुख्य ढोकाबाहेक अन्य ढोका वा दराजहरुमा चुकुल वा ताल्चा लगाउन नमिल्ने किसिमले बनाइएको हुन्छ। घर भित्र प्रवेश गर्ने आगन्तुकले पनि अरुको घरको सामान, सम्पत्तिमा खासै चासो पनि दिँदैनन् ।
४. यहाँ महिला हिं’शा अन्य देशमा भन्दा धेरै कम छ । केटीलाई सिटी बजाएर जिस्काउने, एकोहोरो हेरिरहने, आँखा झिम्काउने, ओठ चुच्चो पार्ने, जिब्रो पड्काउने जस्ता क्रियाकलाप कतै पनि देख्न पाइदैन। त्यही भएर महिला अन्य पुरूष सरह रातिको १२ बजे पनि हिँड्डुल गरिरहेका देखिन्छन् । यस बाहेक कुनै महिलालाई पुरूषले जिस्काएको जस्तो लागेमा प्रहरीलाई खबर गरे ति व्यक्तिलाई तुरुन्तै कारवाही हुन्छ ।
५. जापानमा अन्य देश जस्तै अत्याधिक प्लाष्टिक खपत हुन्छ तर, जापानको शहर वा कुनै पनि गाउँका सडकमा प्लास्टिक वा अन्य फोहोर यत्र तत्र छरिएको, फालिएको देख्न पाइदैन । यदि कहि कसैले फालिहाले पनि प्रत्येक महिना वा हप्तामा टोलबासीले सामूहिक रूपमा आफ्नो टोल आफै सफा गर्छन् । अरुले सफा गर्देला भनेर मुख ताकेर बस्दैनन् ।
६. जापानीजहरू कुकुर वा बिरालोलाई निक्कै मन पराउँछन् । त्यही भएर अधिकांश घरमा कुकुर वा बिरालो पालेको पाइन्छ । साँझ वा बिहान जापानी नागरिकहरु आफ्नो कुकुरलाई घुमाउन लैजाँदा साथमा एउटा ब्याग र पानीको बोतल लिएर बाहिर निस्किन्छन् र कुकुरले बाटोमा दिसापिसाब गरेमा टिपेर त्यस ब्यागमा राख्छन् र बोतलका पानीले बाटो सफा गरिदिन्छन् ।
७. जापानमा तपाई अकस्मात गम्भिर बिरामी पर्नु भयो खल्तीमा पैसा छैन भने नआत्तिनुस् । तपाईँको अवस्था हेरेर अस्पतालले पहिले उपचार सुरू गर्छ । त्यसपछि मात्र अस्पतालले तपाईँको आवश्यक फर्म, विवरण भर्न लगाउँछ र उपचार सकिएपछि रकम भुक्तानी माग्छ । एम्बुलेन्स सेवा पनि जापानभरी नि: शुल्क छ ।
८. यहाँका पसलमा सामान किन्न जाँदा पनि ठगिने डर हुँदैन् । सामान किन्दा बार्गेनिङ पनि गर्नु पर्दैन। सस्तोदेखि महँगो सबै क्वालिटीका कपडा तथा खाद्यान्न आफ्नो हैसियत अनुसार रोज्न र किन्न पाइन्छ ।
९. जापानमा ६० वर्ष काटेका वृद्धहरु पनि आफू बुढो भएँ भनेर काम गर्न छाड्दैनन् । आफूले सकुन्जेलसम्म केही न केही काममा सरिक भइराख्छन् । आफूलाई शारीरिक रूपमा स्वस्थ राखेकै कारण जापान विश्वमा सबैभन्दा बढी औसत आयु भएको देशको रूपमा समेत चिनिन्छ ।
१०. जापानमा बच्चाबच्चीले चुरोट किन्न पाउँदैनन्, त्यसैले छोरा छोरी कलिलो उमेरमै कुसंगतमा लाग्लान् भन्ने पिर मान्नुपर्दैन् । यहाँका युवाहरूमा ड्रग्स खाने, बाटो बाटोमा हल्ला गर्ने चलन एकदमै न्यून छ ।
११. जापानीहरु समयको मामलामा एकदमै निष्ठ हुन्छन्, पुग्नुपर्ने ठाउँ वा भेट्नुपर्ने स्थानमा तोकेभन्दा न्यूनतम पनि ५ मिनेट अगाडि पुग्दछन् ।
१२. जापानीहरु माफी माग्न र धन्यवाद भन्न कत्तिपनि कन्जुस्याई गर्दैनन् । आरिगातोउ र सुमिमासेन यहाँ सबैभन्दा धेरै बोलिने शब्दमध्यमै पर्छ ।
१३. जापानीहरु सहयोगी हुन्छन्, आफु जाने ठेगाना बिर्सेर बाटोमा हिडेका कसैलाई सोध्नुभयो भने तपाइलाई त्यो ठेगाना सम्म पुर्याउन जान जापानीहरु पछि पर्दैनन् ।
यि र यस्तै राम्रा व्यवहारहरु जुन हामी नेपालीहरुले पनि अनुकरण गर्न सक्यौं भने व्यक्तिगत, सामाजिक र राष्ट्र विकासमा सहयोग पुग्छ जस्तो लाग्छ ।तपाइलाई के लाग्छ ? अन्य थप केही कुरा छन् भने कमेन्टमा लेख्नुहोला न है ।