Saturday, August 13जापानबारे सबै कुरा

मेमा महँगिने भयो जापानमा बिजुली

टोकियो ।

जापानमा बिजुलीको भाउ महँगिने क्रममा रहेको छ । जापानका शीर्ष १० बिजुली आपूर्तिकर्ता कम्पनीहरुले मेदेखि घरायशी प्रयोजनमा प्रयोग हुने बिजुलीको भाउ बढाउने भएका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा तरलीकृत प्राकृतिक ग्यास र कोइलाको भाउ बढेको छ । जापानमा थर्मल ऊर्जा केन्द्रबाट बिजुली निकाल्न तरलीकृत प्राकृतिक ग्यास र कोइला प्रयोग गरिन्छ । बिजुली उत्पादनको लागत भएको वृद्धिको भार उपभोक्ताहरुमा सार्न लागिएको हो ।

१० मध्ये पाँच ऊर्जा कम्पनीहरु होकुरिकु इलेक्ट्रिक पावर कम्पनी, कान्साई इलेक्ट्रिक पावर कम्पनी, चुगोकु इलेक्ट्रिक पावर कम्पनी, शिकोकु इलेक्ट्रिक पावर कम्पनी र ओकिनावा इलेक्ट्रिक पावर कम्पनीले आ–आफ्नो दर २४ येनले बढाउने भएका छन् ।

टेप्को इनर्जी पार्टनरले पनि घरायशी प्रयोजनको स्टयान्डर्ड दर १४६ येनले बढाएर ८ हजार ५०५ येनमा पुर्याउने भएको छ । यो बाँकी रहेका पाँच ऊर्जा कम्पनीहरुमध्ये सबैभन्दा चर्को वृद्धि हो । १० मध्ये ९ ऊर्जा आपूर्तिकर्ताहरुले आफ्ना कर्पोरेट ग्राहकलाई उपलब्ध गराउँदै आएको बिजुलीको भाउ पनि बढाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *