Monday, May 16जापानबारे सबै कुरा

जापानमा अप्रिलदेखि बढ्ने भयो खाद्यान्न, दैनिक उपभोग्य सामान

टोकियो ।

जापानी उपभोक्ताहरुको खर्च बढ्ने क्रममा रहेको छ । कोरोना भाइरसको महामारी र युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण कच्चा पदार्थको भाउ बढेपछि खाद्यान्न र दैनिक उपभोग्य वस्तुको भाउ शुक्रबारदेखि शुरु हुन लागेको नयाँ आर्थिक वर्षमा महँगो हुँदैछ ।

आर्थिक वर्ष २०२२ मा आम मानिसको दैनिक जीवनयापनसँग सम्बन्धित केही सामाजिक प्रणालीमा हेरफेर हुने भएकोले सार्वजनिक पेन्सन भत्ता घट्नेछ, बढ्दो महँगीले पेन्सनमा आश्रीत व्यक्तिहरुलाई झनै मार पर्ने देखिएको छ ।

मेगमिल्क स्नो ब्रान्ड कम्पनी, मेईजी कम्पनी र मोरिनागा मिल्क इन्डष्ट्रीले चिजको मूल्य बढाउँदैछन् । निशिन ओलिओ ग्रुप र जे–आयल मिल्स इंकले पनि घरायशी प्रयोजनमा प्रयोग हुने खाने तेलको मूल्य वृद्धि गर्दैछन् । कागोमे कम्पनीको टोमेटो केचअप र याओकिन कम्पनीको उमाइबोको पनि भाउ बढ्दैछ ।टिस्यू र ट्वाइलेट पेपरका साथै डाइपर पनि महँगिदैंछ । यसमाथि यातायात प्रणाली पनि महँगो बन्दैछन् । इष्ट जापान रेल्वे कम्पनीले हाइ सिजनमा शिन्कान्सेन बुलेट रेलको टिकटको भाउ बढाउँदैछ । क्युशु रेल्वे कम्पनीले पनि केही कुपन टिकटको भाउ बढाउने भएको छ ।

जापान एयरलाइन्स कम्पनीले अप्रिल १५ देखि केही घरेलु उडानको टिकट मूल्य बढाउँदैछ । अल निप्पोन एयरवेज कम्पनीको घरेलु उडान आइतबारदेखि नै महँगिदैंछ । ब्रिजस्टोन टायर र फ्रान्सेली टायर कम्पनी मिचिलिनको जापानी एकाई पनि टायरको भाउ बढाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *