Monday, September 26जापानबारे सबै कुरा

कोभिडका कारण लगाइएको प्रवेश सीमा छिटै हटाउँला त जापानले ? 

टोकियो ।

जापानले कोरोना भाइरसको संक्रमणका कारण सीमा लगाएको प्रवेश सीमालाई सम्भव भएसम्म छिटै हटाउन चाहिरहेको बुझिएको छ । आइतवार एक वरिष्ठ सरकारी अधिकारीले यस्तो संकेत गरेको भन्दै जिजी प्रेसले समाचार छापेको हो ।

सरकारले गएको बुधवारदेखि दैनिक आगन्तुकको अधिकतम् संख्या बढाएर ५० हजारमा पुर्याएको थियो । तर मन्त्री परिषद्का उपमुख्य सचिव सेइजी किहाराले भने एक टिभी अन्तर्वातामा सो कदम पर्याप्त छ कि छैन भनेर सोध्दा छैन भनेर बताएका थिए ।

किहाराले एक्लै जापान भ्रमणमा आउने विदेशी पयर्टकमाथि लगाइएको प्रतिबन्ध हटाउन सम्भव भएको र भिसारहित यात्रा सुचारु हुन सक्ने पनि बताएका छन् । आफूहरुले सीमा नियन्त्रणको उपायहरुको बृहत समीक्षा गरिरहेको उनको भनाइ छ । आफूहरुले ढिलो चाँडो नियन्त्रण हटाउन जरुरी रहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *