Monday, May 16जापानबारे सबै कुरा

तोहोकु विश्वविद्यालय लगातार तेस्रो वर्ष पनि जापानको शीर्ष विश्वविद्यालय

टोेकियो ।

तोहोकु विश्वविद्यालय जापानको शीर्ष विद्यलायको रुपमा रहेको छ । योसँगै लगातार तेस्रो पटक पनि विश्वविद्यालय टाइम्स हाइएर एजुकेशन (टीएचई)को जापानी विश्वविद्यालयको वरियतामा शीर्ष स्थानमा आएको हो । टीएचईले हरेक वर्ष विश्वभरका उत्कृष्ट विश्व विद्यालयहरुको सूचि सार्वजनिक गर्छ । यसले जापानी विश्वविद्यालयको पनि छुटै सूचि सार्वजनिक गर्ने गरेको छ ।

सूचि अनुसार टोकियो विश्वविद्यालय एक स्थान माथि उक्लिएर दोस्रो स्थानमा आएको छ । तेस्रो स्थानमा ओसाका विश्वविद्यालय र टोकियो इन्ष्टिच्यूट अफ टेक्नोलोजीले बराबरी गरेका छन् । शीर्ष स्थानमा राष्ट्रिय र सरकारी विश्वविद्यालयको वचश्र्व छ । यो सूचिमा सात पूर्व शाही विश्वविद्यालय छन् । निजी क्षेत्रमध्येबाट सूचिमा सबैभन्दा माथि रहेको विश्वविद्यालय केइओ युनिभसिर्टी हो । यो सूचिको ११ औं स्थानमा छन् । १२ र १३ औं स्थानमा इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटी र वासेदा युनिभर्सिटी छन् ।

जापानी विश्वविद्यालयहरु संसोधन, आबद्धता, नतिजा र वातावरणका आधारमा सूचिकृत गरिएका छन् । समग्र सूचिमा तोहोकु अगाडि छ । संसाधनको सूचिमा टोकियो विश्वविद्यालय ३ स्थानमाथि उक्लिएर पहिलो स्थानमा आएको छ । यो सूचिमा विद्यालयहरुको प्रभावकारी शिक्षण उपलब्ध गराउने क्षमता हेरिन्छ । टोकियो मेडिकल एन्ड डेन्टल युनिभर्सिटी एक स्थान तल झरेर दोस्रोमा आएको छ । ह्योगो कलेज अफ मेडिशिन पनि एक स्थान ओलिएर तेस्रो स्थानमा सीमित भएको छ ।

आबद्धताको सूचिमा आकिता इन्टरनेशनल युनिभर्सिटी पहिलो स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटी र रिचुमेइकान एशिया प्यासिफिक युनिभर्सिटी छ । नतिजाका आधारमा क्योतो विश्वविद्यालय शीर्ष स्थानमा छन् । दोस्रो र तेस्रो स्थानमा तोहोकु विश्वविद्यालय र क्युशु विश्वविद्यालय छ । वातावरणको सूचिमा आकिता इन्टरनेशनल युनिभर्सिटी शीर्ष वरियतामा छ । रिचुमेइकान एशिया प्यासिफिक युनिभर्सिटी र इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटी दोस्रो र तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *