Monday, September 26जापानबारे सबै कुरा

टोकियो विश्वकै उत्कृष्ट शहरहरुको सूचिमा

टोकियो ।

जापानको राजधानी टोकियो संसारको सबैभन्दा उत्कृष्ट शहरहरुको सूचिमा परेको छ । टाइम आउट इन्डेक्स सर्भेले यस्तो देखाएको हो । हरेक वर्ष विश्वभर सर्वेक्षणमा सूचिकृत शहरका बासिन्दाहरुलाई शहरी जीवनबारे प्रश्न सोधिन्छ ।

यस सर्वेक्षणमा सहभागीहरुलाई सो शहरमा जीवनयापनका क्रममा के मन परेको छ अनि के चाँहि घृणा लाग्छ, कामकाज अनि खेलकूद आदिबारे सोधिन्छ । सहभागीहरुले छिमेकमा आफूलाई मन परेको सबैभन्दा कूल ठाउँ र फेरि फेरि पनि जान मन लागेको ठाउँ पनि रोज्न सक्छन् । यस वर्षको सर्वेक्षणमा विश्वभरका २० हजार जनालाई सहभागी गराएर ५३ शहरको सूचि तयार पारिएको थियो ।

टोकियो सन् २०२१ को सूचिमा शीर्ष १० भित्र परेको थियो । यस वर्षको सूचिमा यो स्टकहोम र सन फ्रान्सिसको बीचमा २४ औं स्थानमा रहेको छ । विश्वको सबैभन्दा उत्कृष्ट शहर एडिनबर्ग रहेको छ । दोस्रोमा सिकागो र तेस्रोमा मेललिन छ । ९१ प्रतिशत स्थानीय बासिन्दाहरुले टोकियोलाई यहाँका अद्भूत खानेकुरा र पेय पदार्थको लागि प्रशंसा गरेका छन् ।

यो शहरमा सर्वाधिक धेरै मिसेलिन स्टार रेष्टुराँ छन् । धेरै पैसा खर्च गर्नु नपर्ने खालका केही सस्ता मेशिलिन रेटेड रेष्टुराँ पनि छन् । यहाँको यातायात प्रणालीले निकै राम्रो समीक्षा पाएको छ । यस वर्ष टोकियो दोस्रो लोकप्रिय यात्रा गन्तव्य मनोनित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *