Monday, May 16जापानबारे सबै कुरा

जापानले १०६ देशमाथिको प्रवेश प्रतिबन्ध खुलाउँदै, पयर्टकमाथिको प्रतिबन्ध यथावत

टोकियो ।

जपानले सरकारले १०६ देशहरुबाट आउने गैर आवासीय बासिन्दाका लागि प्रवेश प्रतिबन्ध फुकाउने भएको छ । बुधबार अबेर जारी एक सरकारी विज्ञप्तिमा यस्तो भनिएको हो । तर यो खबरसँगै सरकारले पयर्टकलाई समेत प्रवेशको अनुमति दिने झुठो आशा उत्पन्न भएको छ । खबरले भ्रम उत्पन्न गराएको सामाजिक सञ्जालहरुमा देखिएको छ ।

यद्यपि, सरकारले डिसेम्बर २ अघि जारी भएका कूटनितिज्ञ, जापानी नागरिक र स्थायी बासिन्दाका जहान लगायत केही बाहेक अन्यको भिसा वैधता भने अहिले पनि निलम्बित नै गरेको छ । ‘वास्तवमा, जापानमा को छिर्न पाउँछन् भन्नेमा कुनै हेरफेर गरिएको छैन,’ न्याय मन्त्रालयका एक अधिकारीले विज्ञप्तिमाथि प्रष्टिकरण गर्दै भनेका छन् । यो परिवर्तनका कारण जापानमा प्रवेश गर्न पाउनेहरु नयाँ कोही नभएको उनले बताए ।

मार्च १ यता जापानमा विदेशी विद्यार्थी, अनुसन्धाता, व्यवसायिक यात्रीहरुलाई प्रवेशको अनुमति दिइएको छ । तर पयर्टकहरुलाई भने प्रतिबन्ध लगाइएको छ । सूचनाबारे उत्पन्न भएको पछिल्लो भ्रमले जापानको कर्मचारीतन्त्रलाई प्रवेश प्रतिबन्धको अवस्थाबारे व्याख्या गर्न कति गाह्रो भएको छ भन्ने उजागर गरेको छ । कोरोना भाइरसको महामारीभर नै विदेशी नागरिकहरुमाझ जापानको प्रवेश प्रतिबन्धका कारण भ्रम र द्विविधा उत्पन्न भइरहेको छ ।

मन्त्री परिषद्को कार्यालयको राष्ट्रिय सुरक्षा विभागले जारी गरेको विज्ञप्तिअनुसार सरकारले अमेरिका, बेलायत, फ्रान्स समेत १०६ ओटा देशमाथि लगाएको प्रवेश प्रतिबन्ध शुक्रबारदेखि फुकाउँदैछ । यो विज्ञप्ति न्याय मन्त्रालयको वेबसाइटमा पनि पोष्ट गरिएको छ । न्याय मन्त्रालयले विदेश मन्त्रालयले संक्रमणका कारण यात्रासम्बन्धी सतर्कता जारी गरेका देशहरुबाट आउने यात्रीको प्रवेश रोकेको छ ।

जापानी नागरिकका जहान लगायत केही विशेष अवस्थामा भने छूट छ । यस्तो खालको सतर्कता १ देखि ४ सम्म छ । १ सबैभन्दा थोरै हो भने ४ सबैभन्दा धेरै हो । कुनै देशलाई तेस्रो वा सो भन्दा माथि राखिएको छ भने यस्ता देशबाट आउने यात्रीहरुको प्रवेश न्याय मन्त्रालयले स्वत रोक्छ । पछिल्लो संसोधन अप्रिल १ देखि ती १०६ देशका लागि सतर्कता स्तर घटाउने विदेश मन्त्रालयको कदममा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *