Saturday, August 13जापानबारे सबै कुरा

जापानमा अनौठो बाल हेपाटाइटिसका बिरामी फेला

टोकियो ।

जापानमा १७ वर्ष भन्दा कम उमेरका एक बालकमा अनौठो खालको हेपाटाइटिस फेला परेको छ । स्वास्थ्य मन्त्रालयले बताएअनुसार ती बालकमा हेपाटाइटिस कसरी भयो भनेर थाहा हुन सकेको छैन । यो पछिल्लो समय विश्वका केही देशमा देखा परिरहेको रहस्यमयी बाल हेपाटाइटिसको गम्भीर प्रकार हुन सक्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले बताएअनुसार बिहिबार सम्ममा १२ देशमा बाल हेपाटाइटिसका कम्तिमा पनि १६९ जना फेला परेका छन् । यसका कारण एक जनाको मृत्यु पनि भइसकेको छ । ७४ जनामा अदेनोभाइरस पाइएको भएपनि बाल हेपाटाइटिसको कारण भने थाहा हुन सकेको छैन ।

सीमापार बिरामी बढ्न थालेपछि जापानको स्वास्थ्य मन्त्रालयले बुधबार स्थानीय सरकारहरुलाई सतर्क गराउँदै सम्बन्धित डेटा पनि मागेका थियो । सो कदम लगत्तै जापानमा त्यस्तै खालको रहस्यमय बाल हेपाटाइटिसका बिरामी फेला परेका हुन् ।

हेपाटाइटिस एक किसिमको कलेजो सुन्निने रोग हो । यो भाइरसले कलेजोमा संक्रमण गर्ने सरुवा रोग हो । यसका ए देखि ईसम्म ५ प्रकार छन् । ती बालक हेपाटाइटिसको यी पाँच प्रकारमध्ये कुनैमा पनि पर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *