Monday, May 16जापानबारे सबै कुरा

जापानको सर्वाधिक लोकप्रिय बियरआसाहीको सुपर ड्राइ

टोकियो ।

जापान रक्सीका लागि चर्चित छ । यहाँका अधिकांश मानिसको रोजाईमा बियर पर्ने गरेको छ । हरेक पार्टी बियरबाट शुरु हुन्छ । महामारीका कारण रेष्टुराँ र व्यापार व्यवसाय चाँडै बन्द गर्नु परेपनि मानिसहरुले अनलाइन ड्रिङकिङ पार्टीहरुमा बियर पियर यस उद्योगलाई टेवा दिइरहेका छन् । बियरप्रतिको माया मोह जापानमा बलियो छ ।

जापानमा लोकप्रिय बियर कुन होला ? हालै मार्केटिङ कम्पनी सीसीसी मार्केटिङले यो प्रश्नको उत्तर खोज्न २० देखि ६९ वर्ष उमेरका टी–प्वाइन्ट सदस्य रहेका ७ करोड बियर प्रेमीहरुको डेटाको विश्लेषण गरेको थियो । विश्लेषणअनुसार आसाही बियरको सुपर ड्राई सबैभन्दा लोकप्रिय बियर हो । जापानमा लोकप्रिय ३० बियरको सूचिमा आसाहीको बियर आठ ओटा छ । प्रतिस्पर्धी कम्पनी किरिनको बियर ११ ओटा रहेको छ ।

शीर्ष १० मा ५ ओटा बियर किरिनको छ । आसाशीको बियर तीन ओटा छ । जापानको दोस्रो लोकप्रिय बियर सन्टोरीको किनमुगी बियर हो । सूचिको ९ औं स्थानमा साप्पोरोको ब्ल्याक लेबल छ । लोकप्रियको बियरको सूचिमा नो माल्ट बियर अर्थात् शिनजानरु पनि छन् । सूचीको २३, २४, २५ र २८ स्थानमा रहेका बियर शिनजानरु बियर हुन् । ११ देखि १९ को सूचिमा नियमित र शिनजारु बियरहरुको समिश्रण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *